आलेखः रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

धरान (सुनसरी),  भिरालो पहाड र कडा चट्टानबीच नेपाली सेनाले च्याम्ताङ–घोङघप्पा सडक निर्माणको काम दू्रतगतिमा गरिरहेको छ । विस्फोट र डोजरको गर्जनबीच खुल्दै गएको ‘ट्र्याक’ले दुर्गम सङ्खुवासभाका बासिन्दालाई केवल आवागमनको सुविधा मात्र होइन, स्वास्थ्य, शिक्षा, व्यापार र स्थानीय जीवनमा पहुँच विस्तार गर्ने नयाँ ढोका खोल्दैछ । भिरालो भू–भाग, ठूला ढुङ्गा र जोखिमपूर्ण पहाडी संरचनाबीच निर्माण भइरहेको यस सडकले दुर्गम क्षेत्रका नागरिकको दैनिकीमा प्रत्यक्ष परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

 

यो सडक अब केवल आवागमनको साधन मात्र नभई सीमा सुरक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक पहुँच विस्तार र भविष्यको समग्र विकाससँग जोडिएको अत्यन्तै रणनीतिक महत्वको परियोजना बन्नेछ । यो सडकले उत्तर–दक्षिण राजमार्गका रूपमा चीन र भारतसँगको भौतिक सम्पर्कमा पनि योगदान पु¥याउने भएकाले राष्ट्रिय सुरक्षा र क्षेत्रीय समन्वयको दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

 

कोशी करिडोरअन्तर्गत पर्ने खाँदबारी–किमाथाङ्का सडकको च्याम्ताङ–घोङघप्पा खण्डमा हाल नेपाली सेनाले कठिन परिस्थितिका बाबजुद निरन्तर रूपमा निर्माण कार्य अघि बढाइरहेको छ । कडा भू–बनोट, ठूला चट्टानी संरचना, भिरालो पहाड र जोखिमपूर्ण भौगोलिक अवस्थाबीच विस्फोट (ब्लाष्टिङ), डोजर तथा भारी मेसिनरीको प्रयोग गर्दै सडकको ट्र्याक निर्माण र स्तरोन्नतिको काम भइरहेको सेनाले जनाएको छ ।

 

खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ–घोङघप्पा खण्डको १० दशमलव ५१ किलोमिटर लामो ट्र्याक निर्माण कार्यको जिम्मेवारी मन्त्रिपरिषद्को निर्णयअनुसार २०७६ भदौ २२ गते नेपाली सेनालाई प्रदान गरिएको सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताउनुभयो । उहाँका अनुसार सो खण्डको कुल लम्बाइ १० दशमलव ५१ किलोमिटर र चौडाइ नौ मिटर रहेको छ । ट्र्याक खोल्ने प्रारम्भिक लागत अनुमान रु ६२ करोड ९० लाख रहेको छ, जसमा कडा चट्टान फुटाउने, ब्लाष्टिङ, ढुङ्गा हटाउने तथा ट्र्याक मिलाउने कार्यहरू रहेका छन् ।

 

आर्थिक वर्ष २०७७ सालदेशि सुरु भएको निर्माण कार्यअन्तर्गत गत आर्थिक वर्ष २०८१÷८२ मा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ । चालु आव २०८२÷८३ मा चार दशमलव ३१ किलोमिटर सडक स्तरोन्नति गरी आवश्यक मापदण्ड पूरा गरेर सडक विभागलाई हस्तान्तरण गरिने प्रवक्ता बस्नेतले बताउनुभयो ।

 

सेनाका अनुसार उक्त सडक कडा चट्टान, साँघुरो भिर, जोखिमपूर्ण भू–बनोट र प्राकृतिक चुनौतीका कारण निर्माण गर्न अत्यन्तै कठिन रहेको छ । सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो, “कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक उत्तर दक्षिण राजमार्गका रूपमा विकास हुँदैछ । च्याम्ताङ–घोङघप्पा खण्ड उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतसँग जोडिने भएकाले यसको रणनीतिक महत्व अत्यन्तै उच्च छ ।” सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका बासिन्दाले दैनिक आवागमन, कृषि तथा व्यापारिक गतिविधि, खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र शैक्षिक पहुँचमा ठूलो सहजता पाउनाका साथै यसले स्थानीय जनजीवनलाई प्रत्यक्ष रूपमा परिवर्तन गर्ने विश्वास लिइएको छ ।

 

 

सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो, “कडा भू–बनोट र पहाडी चट्टानबीच सडक निर्माण गर्दा विभिन्न प्राविधिक र प्राकृतिक चुनौती आए पनि यस सडकले राष्ट्रको रणनीतिक सुरक्षामा दीर्घकालीन भूमिका खेल्नेछ ।” उहाँका अनुसार सीमा क्षेत्रमा सहज आवागमनका साथै आपत्कालीन सेवा, प्राकृतिक विपद् व्यवस्थापन, राहत सामग्री ढुवानी तथा सुरक्षात्मक गतिविधिमा समेत सडक अत्यन्तै उपयोगी हुनेछ । च्याम्ताङ–घोङघप्पा खण्डमा नेपाली सेनाले ‘एक्सप्लोसिभ’ प्रयोग गरी ब्लाष्टिङमार्फत होल खोप्ने, विस्फोट गर्ने, ढुङ्गा हटाउने र त्यसपछि ट्र्याक मिलाउने कार्य गर्दै आएको छ । भिरालो पहाड, ठूला ढुङ्गा र निरन्तर ढुङ्गा, माटो झर्ने जोखिमबीच भारी मेसिनरी प्रयोग गरी सडकको आधार तयार पारिँदै आएको सेनाले जनाएको छ ।

 

 

 

सडक निर्माण कार्यमा स्थानीय जनशक्तिको सहभागिता सुनिश्चित गरिएको छ । यसले दुर्गम भेगका बासिन्दालाई रोजगारीको अवसर प्रदान गर्नाका साथै सडक निर्माणसम्बन्धी प्राविधिक ज्ञान, सीप र अनुभव विकास गर्न समेत सहयोग पुगेको छ । सडक निर्माणले स्थानीय पर्यटन प्रवद्र्धन, कृषि उत्पादनलाई बजारसम्म पु¥याउने, व्यापारिक गतिविधि विस्तार गर्ने र क्षेत्रीय आर्थिक चलायमानता बढाउन सहयोग पुग्नेछ । सडक पूर्ण रूपमा स्तरोन्नति भई सञ्चालनमा आएपछि स्थानीय तथा क्षेत्रीय विकासमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

 

निर्माण कार्य सम्पन्न भएपछि नेपाली सेनाले आवश्यक समन्वय गर्दै उक्त सडकलाई सडक विभागलगायत सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने जनाएको छ । कोशी करिडोरअन्तर्गत उत्तर–दक्षिण राजमार्गका रूपमा विकास हुने यो सडकले चीन र भारतसँगको भौतिक सम्पर्क मजबुत बनाउने भएकाले यसको रणनीतिक, आर्थिक र सामाजिक महत्व अझ बढ्नेछ । कडा श्रम, जोखिमबीच निर्माण भइरहेको च्याम्ताङ–घोङघप्पा सडकले सङ्खुवासभाको दुर्गम पहाडी भेगमा विकासको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

 

दुर्गम पहाडी भू–भाग, भिरालो भू–भाग र कडा चट्टानको कारण सामान्य सिभिल निर्माण पद्धतिले सडक निर्माण गर्न सम्भव छैन । नेपाली सेनाले निर्माण कार्य नगरेको भए च्याम्ताङ–घोङघप्पा सडकको ट्र्याक खोल्न नै असम्भव हुने स्थानीयवासी बताउँछन् । स्थानीय नोर्वु लामाले भन्नुभयो, “निर्माण भइरहेको सडक अत्यन्तै अप्ठेरो छ । जुन चट्टान नै चट्टान मात्र छ त्यो पनि सामान्य चट्टान होइनन्, कठिन र जटिल संरचनाका छन्, जसमा सडक बनाउनु सहज छैन ।”

 

नेपाली सेनाले आफ्नो अनुभव, प्राविधिक क्षमता प्रयोग गर्दै निर्धारित लक्ष्यअनुसार काम गरिरहेको छ । सेनाको मिहेनत, व्यवस्थित कार्यप्रणाली र दक्षताका कारण मात्र यो दुर्गम भू–भागमा सडक निर्माण सम्भव भएको उहाँले बताउनुभयो । यसले स्थानीय जनताको आवागमन सहज बनाउने मात्र होइन, व्यापार, कृषि र दैनिक जीवनमा समेत प्रत्यक्ष योगदान पु¥याउनेछ ।

 

सङ्खुवासभाको दुर्गम पहाडी भू–भागमा निर्माण भइरहेको च्याम्ताङ–घोङघप्पा सडकको भौगोलिक चुनौती अत्यन्तै जटिल रहेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । सडकखण्डको ढाँचामा सामान्य ब्लाष्टिङ पर्याप्त नहुँदा कतिपय स्थानमा डबल ब्लाष्टिङ गरी ढुङ्गा र माटो हटाएर ट्र्याक तयार गर्नुपर्ने भएकाले निर्माण कार्य थप चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । यो सडक भू–भागको हिसाबले अत्यन्त जोखिमयुक्त मानिन्छ । कठिन परिस्थितिका बाबजुद पनि नेपाली सेनाले निर्माण कार्य निरन्तर जारी राखेको छ । सामान्य सिभिल इन्जिनियरले डिजाइन गर्न नसक्ने जटिल भू–भाग भएकाले सेनाले आफ्नै प्राविधिक क्षमता प्रयोग गर्दै निर्माण गरिरहेको छ । उहाँले भन्नुभयो, “जुन हामी सबैका लागि गर्वको विषय हो । भौगोलिक चुनौतीका कारण सडक स्टेबल हुन केही समय भने लाग्छ ।”

 

निर्माणसम्पन्न भएपछि यस सडकले खाँदबारीदेखि किमाथाङ्का सडकखण्डमा पर्ने तीन पालिका जसमा चिचिला गाउँपालिका, मकालु गाउँपालिका र भोटखोला गाउँपालिकालाई सिधा जोड्ने भएकाले स्थानीय जनताको आवागमन अत्यन्त सहज हुने प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । साथै, दुर्गम क्षेत्रका नागरिकले दैनिक जीवन, कृषि, व्यापार र स्वास्थ्य शिक्षासम्बन्धी सेवामा पहुँच विस्तार गर्ने सहयोग पुग्ने उहाँको भनाइ छ । यो सडकले स्थानीय आवागमन सहज बनाउनाका साथै नजिकका सदरमुकाम, अन्य गाउँपालिका र आर्थिक केन्द्रसँग पनि प्रत्यक्ष सम्पर्क स्थापित गर्ने भएकाले क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ । सडक निर्माण पूरा भएपछि यसले व्यापार, सेवा–सुविधा र सामाजिक विकासमा समेत ठूलो प्रभाव पार्नेछ ।

 

नेपाली सेनाले निर्माण गरिरहेको सडक सम्पन्न भएपछि यस सडकसँग जोडिएका अगाडि–पछाडिका खण्डलाई निजी कम्पनीहरूले ठेक्का लिएर निर्माण गरिरहेका छन् । ती कामलाई सहज बनाउने र ‘ब्रेक थ्रू’ गर्न थप सहयोग पुग्ने प्रमुख थपलियाको भनाइ छ । यसरी च्याम्ताङ–घोङघप्पा सडकले केवल आवागमनको मार्ग मात्र नभई दुर्गम सङ्खुवासभामा विकास, सुरक्षा र समग्र भौगोलिक पहुँचको नयाँ ढोका खोल्नेछ । कडा भू–बनोट, भिरालो पहाड र जोखिमपूर्ण चट्टानी संरचनाबीच निर्माण भइरहेको यस सडक परियोजना नेपाली सेनाको उदाहरणीय काममध्ये एक बनेको छ । निर्माणसम्पन्न भएपछि यो सडक क्षेत्रीय आवागमन, व्यापारिक गतिविधि र स्थानीय जनताको जीवनस्तर सुधारमा दीर्घकालीन योगदान पु¥याउने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ...

पूर्वप्रधानमन्त्री नेपाल रौतहट –१ बाट उम्मेदवार

रौतहट (चन्द्रपुर),  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न रौतहट निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी केन्द्रीय सदस्य रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहनुभएको उहाँका...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ,  स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु  र चाँदीको मूल्य आज पनि बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

कांग्रेसको आधिकारिकता विवाद न्यायाधीश पोखरलेको इजलासमा

काठमाडौँ,  विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा नेतृत्वमा रहेको समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्न आज पेसी तोकिएको छ ।   न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसी तोकिएको हो । नेपाली कांग्रेस देउवा नेतृत्वको...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु (नवलपरासी),  यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।   “गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ,  वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९