आलेखः रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

धरान (सुनसरी),  भिरालो पहाड र कडा चट्टानबीच नेपाली सेनाले च्याम्ताङ–घोङघप्पा सडक निर्माणको काम दू्रतगतिमा गरिरहेको छ । विस्फोट र डोजरको गर्जनबीच खुल्दै गएको ‘ट्र्याक’ले दुर्गम सङ्खुवासभाका बासिन्दालाई केवल आवागमनको सुविधा मात्र होइन, स्वास्थ्य, शिक्षा, व्यापार र स्थानीय जीवनमा पहुँच विस्तार गर्ने नयाँ ढोका खोल्दैछ । भिरालो भू–भाग, ठूला ढुङ्गा र जोखिमपूर्ण पहाडी संरचनाबीच निर्माण भइरहेको यस सडकले दुर्गम क्षेत्रका नागरिकको दैनिकीमा प्रत्यक्ष परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

 

यो सडक अब केवल आवागमनको साधन मात्र नभई सीमा सुरक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक पहुँच विस्तार र भविष्यको समग्र विकाससँग जोडिएको अत्यन्तै रणनीतिक महत्वको परियोजना बन्नेछ । यो सडकले उत्तर–दक्षिण राजमार्गका रूपमा चीन र भारतसँगको भौतिक सम्पर्कमा पनि योगदान पु¥याउने भएकाले राष्ट्रिय सुरक्षा र क्षेत्रीय समन्वयको दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

 

कोशी करिडोरअन्तर्गत पर्ने खाँदबारी–किमाथाङ्का सडकको च्याम्ताङ–घोङघप्पा खण्डमा हाल नेपाली सेनाले कठिन परिस्थितिका बाबजुद निरन्तर रूपमा निर्माण कार्य अघि बढाइरहेको छ । कडा भू–बनोट, ठूला चट्टानी संरचना, भिरालो पहाड र जोखिमपूर्ण भौगोलिक अवस्थाबीच विस्फोट (ब्लाष्टिङ), डोजर तथा भारी मेसिनरीको प्रयोग गर्दै सडकको ट्र्याक निर्माण र स्तरोन्नतिको काम भइरहेको सेनाले जनाएको छ ।

 

खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ–घोङघप्पा खण्डको १० दशमलव ५१ किलोमिटर लामो ट्र्याक निर्माण कार्यको जिम्मेवारी मन्त्रिपरिषद्को निर्णयअनुसार २०७६ भदौ २२ गते नेपाली सेनालाई प्रदान गरिएको सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताउनुभयो । उहाँका अनुसार सो खण्डको कुल लम्बाइ १० दशमलव ५१ किलोमिटर र चौडाइ नौ मिटर रहेको छ । ट्र्याक खोल्ने प्रारम्भिक लागत अनुमान रु ६२ करोड ९० लाख रहेको छ, जसमा कडा चट्टान फुटाउने, ब्लाष्टिङ, ढुङ्गा हटाउने तथा ट्र्याक मिलाउने कार्यहरू रहेका छन् ।

 

आर्थिक वर्ष २०७७ सालदेशि सुरु भएको निर्माण कार्यअन्तर्गत गत आर्थिक वर्ष २०८१÷८२ मा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ । चालु आव २०८२÷८३ मा चार दशमलव ३१ किलोमिटर सडक स्तरोन्नति गरी आवश्यक मापदण्ड पूरा गरेर सडक विभागलाई हस्तान्तरण गरिने प्रवक्ता बस्नेतले बताउनुभयो ।

 

सेनाका अनुसार उक्त सडक कडा चट्टान, साँघुरो भिर, जोखिमपूर्ण भू–बनोट र प्राकृतिक चुनौतीका कारण निर्माण गर्न अत्यन्तै कठिन रहेको छ । सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो, “कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक उत्तर दक्षिण राजमार्गका रूपमा विकास हुँदैछ । च्याम्ताङ–घोङघप्पा खण्ड उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतसँग जोडिने भएकाले यसको रणनीतिक महत्व अत्यन्तै उच्च छ ।” सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका बासिन्दाले दैनिक आवागमन, कृषि तथा व्यापारिक गतिविधि, खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र शैक्षिक पहुँचमा ठूलो सहजता पाउनाका साथै यसले स्थानीय जनजीवनलाई प्रत्यक्ष रूपमा परिवर्तन गर्ने विश्वास लिइएको छ ।

 

 

सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो, “कडा भू–बनोट र पहाडी चट्टानबीच सडक निर्माण गर्दा विभिन्न प्राविधिक र प्राकृतिक चुनौती आए पनि यस सडकले राष्ट्रको रणनीतिक सुरक्षामा दीर्घकालीन भूमिका खेल्नेछ ।” उहाँका अनुसार सीमा क्षेत्रमा सहज आवागमनका साथै आपत्कालीन सेवा, प्राकृतिक विपद् व्यवस्थापन, राहत सामग्री ढुवानी तथा सुरक्षात्मक गतिविधिमा समेत सडक अत्यन्तै उपयोगी हुनेछ । च्याम्ताङ–घोङघप्पा खण्डमा नेपाली सेनाले ‘एक्सप्लोसिभ’ प्रयोग गरी ब्लाष्टिङमार्फत होल खोप्ने, विस्फोट गर्ने, ढुङ्गा हटाउने र त्यसपछि ट्र्याक मिलाउने कार्य गर्दै आएको छ । भिरालो पहाड, ठूला ढुङ्गा र निरन्तर ढुङ्गा, माटो झर्ने जोखिमबीच भारी मेसिनरी प्रयोग गरी सडकको आधार तयार पारिँदै आएको सेनाले जनाएको छ ।

 

 

 

सडक निर्माण कार्यमा स्थानीय जनशक्तिको सहभागिता सुनिश्चित गरिएको छ । यसले दुर्गम भेगका बासिन्दालाई रोजगारीको अवसर प्रदान गर्नाका साथै सडक निर्माणसम्बन्धी प्राविधिक ज्ञान, सीप र अनुभव विकास गर्न समेत सहयोग पुगेको छ । सडक निर्माणले स्थानीय पर्यटन प्रवद्र्धन, कृषि उत्पादनलाई बजारसम्म पु¥याउने, व्यापारिक गतिविधि विस्तार गर्ने र क्षेत्रीय आर्थिक चलायमानता बढाउन सहयोग पुग्नेछ । सडक पूर्ण रूपमा स्तरोन्नति भई सञ्चालनमा आएपछि स्थानीय तथा क्षेत्रीय विकासमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

 

निर्माण कार्य सम्पन्न भएपछि नेपाली सेनाले आवश्यक समन्वय गर्दै उक्त सडकलाई सडक विभागलगायत सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने जनाएको छ । कोशी करिडोरअन्तर्गत उत्तर–दक्षिण राजमार्गका रूपमा विकास हुने यो सडकले चीन र भारतसँगको भौतिक सम्पर्क मजबुत बनाउने भएकाले यसको रणनीतिक, आर्थिक र सामाजिक महत्व अझ बढ्नेछ । कडा श्रम, जोखिमबीच निर्माण भइरहेको च्याम्ताङ–घोङघप्पा सडकले सङ्खुवासभाको दुर्गम पहाडी भेगमा विकासको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

 

दुर्गम पहाडी भू–भाग, भिरालो भू–भाग र कडा चट्टानको कारण सामान्य सिभिल निर्माण पद्धतिले सडक निर्माण गर्न सम्भव छैन । नेपाली सेनाले निर्माण कार्य नगरेको भए च्याम्ताङ–घोङघप्पा सडकको ट्र्याक खोल्न नै असम्भव हुने स्थानीयवासी बताउँछन् । स्थानीय नोर्वु लामाले भन्नुभयो, “निर्माण भइरहेको सडक अत्यन्तै अप्ठेरो छ । जुन चट्टान नै चट्टान मात्र छ त्यो पनि सामान्य चट्टान होइनन्, कठिन र जटिल संरचनाका छन्, जसमा सडक बनाउनु सहज छैन ।”

 

नेपाली सेनाले आफ्नो अनुभव, प्राविधिक क्षमता प्रयोग गर्दै निर्धारित लक्ष्यअनुसार काम गरिरहेको छ । सेनाको मिहेनत, व्यवस्थित कार्यप्रणाली र दक्षताका कारण मात्र यो दुर्गम भू–भागमा सडक निर्माण सम्भव भएको उहाँले बताउनुभयो । यसले स्थानीय जनताको आवागमन सहज बनाउने मात्र होइन, व्यापार, कृषि र दैनिक जीवनमा समेत प्रत्यक्ष योगदान पु¥याउनेछ ।

 

सङ्खुवासभाको दुर्गम पहाडी भू–भागमा निर्माण भइरहेको च्याम्ताङ–घोङघप्पा सडकको भौगोलिक चुनौती अत्यन्तै जटिल रहेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । सडकखण्डको ढाँचामा सामान्य ब्लाष्टिङ पर्याप्त नहुँदा कतिपय स्थानमा डबल ब्लाष्टिङ गरी ढुङ्गा र माटो हटाएर ट्र्याक तयार गर्नुपर्ने भएकाले निर्माण कार्य थप चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । यो सडक भू–भागको हिसाबले अत्यन्त जोखिमयुक्त मानिन्छ । कठिन परिस्थितिका बाबजुद पनि नेपाली सेनाले निर्माण कार्य निरन्तर जारी राखेको छ । सामान्य सिभिल इन्जिनियरले डिजाइन गर्न नसक्ने जटिल भू–भाग भएकाले सेनाले आफ्नै प्राविधिक क्षमता प्रयोग गर्दै निर्माण गरिरहेको छ । उहाँले भन्नुभयो, “जुन हामी सबैका लागि गर्वको विषय हो । भौगोलिक चुनौतीका कारण सडक स्टेबल हुन केही समय भने लाग्छ ।”

 

निर्माणसम्पन्न भएपछि यस सडकले खाँदबारीदेखि किमाथाङ्का सडकखण्डमा पर्ने तीन पालिका जसमा चिचिला गाउँपालिका, मकालु गाउँपालिका र भोटखोला गाउँपालिकालाई सिधा जोड्ने भएकाले स्थानीय जनताको आवागमन अत्यन्त सहज हुने प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । साथै, दुर्गम क्षेत्रका नागरिकले दैनिक जीवन, कृषि, व्यापार र स्वास्थ्य शिक्षासम्बन्धी सेवामा पहुँच विस्तार गर्ने सहयोग पुग्ने उहाँको भनाइ छ । यो सडकले स्थानीय आवागमन सहज बनाउनाका साथै नजिकका सदरमुकाम, अन्य गाउँपालिका र आर्थिक केन्द्रसँग पनि प्रत्यक्ष सम्पर्क स्थापित गर्ने भएकाले क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ । सडक निर्माण पूरा भएपछि यसले व्यापार, सेवा–सुविधा र सामाजिक विकासमा समेत ठूलो प्रभाव पार्नेछ ।

 

नेपाली सेनाले निर्माण गरिरहेको सडक सम्पन्न भएपछि यस सडकसँग जोडिएका अगाडि–पछाडिका खण्डलाई निजी कम्पनीहरूले ठेक्का लिएर निर्माण गरिरहेका छन् । ती कामलाई सहज बनाउने र ‘ब्रेक थ्रू’ गर्न थप सहयोग पुग्ने प्रमुख थपलियाको भनाइ छ । यसरी च्याम्ताङ–घोङघप्पा सडकले केवल आवागमनको मार्ग मात्र नभई दुर्गम सङ्खुवासभामा विकास, सुरक्षा र समग्र भौगोलिक पहुँचको नयाँ ढोका खोल्नेछ । कडा भू–बनोट, भिरालो पहाड र जोखिमपूर्ण चट्टानी संरचनाबीच निर्माण भइरहेको यस सडक परियोजना नेपाली सेनाको उदाहरणीय काममध्ये एक बनेको छ । निर्माणसम्पन्न भएपछि यो सडक क्षेत्रीय आवागमन, व्यापारिक गतिविधि र स्थानीय जनताको जीवनस्तर सुधारमा दीर्घकालीन योगदान पु¥याउने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९