झापा, पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।उहाँले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो ।उहाँको समर्थकमा एकराज कार्की र प्रस्तावकमा चिन्तन पाठक रहनुभएको छ ।
यसैगरी पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले अर्जुनधारा नगरपालिकास्थित–२ नम्बर निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































