दशरथचन्द (बैतडी), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनु भएका भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराउनु भएको हो । भण्डारी यसअघि पनि तीन पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































