बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

धरान (सुनसरी),  बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपले खेलकुद प्रवर्द्धन मात्र नभई धरानको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

 

 

धरानलाई खेलकुदको सहरको रूपमा चिनाउन बुढासुब्बा गोल्डकपले महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताउनुभयो । “धरानलाई खेलकुदको सहर भनेर चिनाउन बुढासुब्बा गोल्डकपले ठूलो योगदान पुर्‍याएको छ, यसको वर्णन गरेर सकिँदैन”, अध्यक्ष तामाङले भन्नुभयो, “नेपालका प्रतिष्ठित क्लबहरूसँगै अन्तरराष्ट्रिय टिमहरूको सहभागिता रहने यस प्रतियोगिताले खेल क्षेत्रको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्थानीय युवा पुस्तालाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।”

 

 

विगत वर्षहरूमा १२ टिमसम्म सहभागी गराइएको बुढासुब्बा गोल्डकप विभिन्न कारणले केही समय आठ टिममा सीमित रहँदै आएकामा यस वर्ष भने १० टिमको सहभागिता रहनेछ । तामाङले भन्नुभयो, “यस वर्ष दश टिमको सहभागितामा यही माघ २२ गतेदेखि २६औँ संस्करणको प्रतियोगिताको सुरु हुँदैछ, यो हामी सबैका लागि खुसीको कुरा हो ।”

 

 

प्रतियोगिता बीचमा कोरोना महामारीका कारण दुई वर्ष आयोजना हुन नसके पनि त्यसपछि भने निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । बुढासुब्बा गोल्डकप धरानका लागि एउटा पहिचानजस्तै बनेको छ । अध्यक्ष तामाङले भन्नुभयो, “प्रतियोगिता सञ्चालनमा आर्थिक पक्ष पनि महत्त्वपूर्ण हुन्छ, हामीले प्रत्येक वर्ष बुढासुब्बा गोल्डकपको स्तर वृद्धि गर्न गम्भीर भएर लागेका छौँ ।”

 

 

यस वर्ष धरान उपमहानगरपालिकाले पहिलो र दोस्रो पुरस्कारको रकम सहयोग गर्ने भएपछि प्रतियोगिता सञ्चालन केही सहज भएको उहाँको भनाइ छ । फुटबलप्रेमीहरूको माग र चाहनाअनुसार यस वर्ष टिम सङ्ख्या आठबाट बढाएर १० पुर्‍याइएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । यस वर्षको बुढासुब्बा गोल्डकपले फुटबलप्रेमीहरूलाई थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

 

 

कोशी पहाडको प्रवेशद्वारका रूपमा परिचित धरान सौखिन, ‘फेसनेबल’ र लाहुरेको सहरका रूपमा परिचित छ । पछिल्लो समय भने धरान खेलकुदप्रेमीहरूको सहरका रूपमा समेत परिचित हुँदै गएको छ । यसमा बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्त्वपूर्ण रहेको खेलप्रेमीहरूको भनाइ छ ।

 

 

बुढासुब्बा गोल्डकप सुरु भएसँगै धरानमा फुटबल तथा खेलप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । अन्य खेलहरूको पनि आफ्नै महत्त्व भए पनि बुढासुब्बा गोल्डकप नेपालकै पुरानो तथा सम्मानित फुटबल प्रतियोगितामध्ये एक मानिन्छ । प्रतियोगिताले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा धरानलाई योगदान पुर्‍याएको छ ।

 

 

बुढासुब्बा गोल्डकपले धरानलाई मात्र नभई यहाँका खेलाडीहरूलाई पनि चिनाएको अध्यक्ष तामाङले बताउनुभयो । “आज नेपालका ‘ए’ डिभिजन क्लबहरूमा धरानका खेलाडीले प्राथमिकता पाएका छन् । सयौँ युवाले फुटबललाई भविष्य बनाएका छन्”, उहाँले भन्नुभयो ।

 

 

अहिले धरानका विभिन्न फुटबल एकेडेमीहरूमा सयौँ युवा प्रशिक्षणरत छन् । राष्ट्रिय खेलाडी बन्ने सपना बोकेर उनीहरू फुटबलकै माध्यमबाट देश चिनाउने लक्ष्यसहित अभ्यासमा जुटिरहेका छन् ।

 

 

राष्ट्रिय खेलाडी बन्ने सपना बोकेका सोलुखुम्बुका १५ वर्षीय प्रजल भुजेल छ वर्षको उमेरदेखि नै फुटबलप्रति आकर्षित हुँदै आएको बताउनुहुन्छ । बुढासुब्बा गोल्डकप खेल्ने सपना बोकेका भुजेल हाल धरान एन्फा एकेडेमीमा नियमित अभ्यासरत हुनुहुन्छ । “गाउँमा गल्लीहरूमा फालिएका मोजामा कपडा खाँदेर बनाइएको बल खेल्थ्यौँ”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ बारीमा फलेका भोगटे टिपेर पनि साथिहरूसँग फुटबल खेल्थ्यौँ, राष्ट्रिय फुटबल खेलाडी बन्ने ठूलो लक्ष्य छ ।”

 

 

प्रकृति सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण धरानलाई खेलकुदको थप पहिचान दिलाउन बुढासुब्बा गोल्डकपले सहयोग गर्दै आएको छ । धरान उपमहानगरपालिका–१५ का सागर घिमिरेले सानै उमेरदेखि खेलाडी बन्ने सपना बोकेर फुटबल खेल्न सुरु गर्नुभयो । चार वर्षको उमेरदेखि फुटबल सुरु गर्नु भएका घिमिरे हाल बुढासुब्बा गोल्डकपमा कोचको भूमिकासमेत निर्वाह गर्दै आउनुभएको छ । उहाँले फुटबलमै भविष्य देख्नुभयो, अहिले पनि यसै खेलमा हुनुहुन्छ ।

 

 

घिमिरेले बुढासुब्बा गोल्डकपमा मात्रै २३ पटक कोचको भूमिका निर्वाह गरिसक्नुभएको छ । “लाहुरे बन्ने सपना पनि थियो, तर धरान फुटबल क्लबबाट फुटबल खेल्न थालेपछि त्यो सपना त्यागे”, उहाँले भन्नुभयो । हालसम्म ताइवान, भुटान, चीनलगायत देशमा फुटबल लिग खेलिसक्नुभएको घिमिरे आफ्नो सफलताको श्रेय बुढासुब्बा गोल्डकपलाई दिनुहुन्छ ।

 

 

उहाँकाक अनुसार अहिले हरेक सहरको गल्लीगल्लीका युवाहरू केबल गोल हानिरहेका मात्र छैनन्, उनीहरू जीवनमा गोल सेट पनि गरिरहेका छन् । फुटबल भनेको खेल मात्र नभएर धेरैको सपना हो । त्यो सपना गल्लीदेखि सुरु हुन्छ र एकेडेमीजस्तो ठाउँमा आएर आकार लिन्छ ।

 

 

खेलले सफल खेलाडीलाई राम्रो आर्थिक लाभ, प्रसिद्धि तथा विभिन्न अवसर प्रदान गर्ने भएकाले फुटबललाई पेशाका रूपमा अपनाउन सकिने अवस्था बनेको छ । यही कारणले पछिल्लो पुस्ताका युवाहरू खेलकुद, विशेषगरी फुटबलतर्फ बढी आकर्षित हुँदै गएको आयोजक धरान फुटबल क्लबका महासचिव नवीन राईले बताउनुभयो । फुटबल खेलले शारीरिक रूपमा स्वस्थ राख्नुका साथै सहनशीलता, शक्ति, गतिशीलता तथा मानसिक रूपमा पनि तन्दुरुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

 

 

महासचिव राईका अनुसार बुढासुब्बा गोल्डकप ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको प्रतियोगिता हो । यस प्रतियोगिताको नाम धरानको ऐतिहासिक तथा धार्मिकस्थल बुढासुब्बा मन्दिरसँग जोडिएको छ । उहाँले भन्नुभयो, “बुढासुब्बा गोल्डकपले धरानलाई खेलकुदको सहरका रूपमा मात्र नभई पर्यटनको केन्द्रका रूपमा स्थापित गर्नमा ठूलो योगदान छ ।”

 

 

“अहिले बुढासुब्बा गोल्डकप धरानको एउटा सानका रूपमा उभिएको छ”, उहाँले भन्नुभयो । बुढासुब्बा गोल्डकपले खेलकुदको विकाससँगै युवा खेलाडीलाई आवश्यक ‘प्लेटफर्म’ प्रदान गर्नुका साथै राष्ट्रिय फुटबलको स्तर सुधारमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको भनाइ छ । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगिताले खेलाडीलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन र फुटबललाई लोकप्रिय बनाउन ठूलो सहयोग पुर्‍याएको छ ।

 

 

प्रत्येक वर्ष आयोजना हुने बुढासुब्बा गोल्डकप सञ्चालन गर्न करिब रु एक करोड बराबरको लगानी लाग्ने गर्दछ । जसमध्ये केही प्रतिशत सहयोग स्थानीय सरकारबाट प्राप्त हुन्छ भने बाँकी रकम हङकङ, बेलायत, सिङ्गापुरलगायत विभिन्न देशमा रहेका सहयोगी व्यक्तिहरूको चन्दा तथा सहयोगबाट जुटाइनेछ । बुढासुब्बा गोल्डकप हेर्न सुनसरीका विभिन्न स्थानसँगै प्रदेशका मोरङ, धनकुटा, झापा, इलाम, पाँचथर, सङ्खुवासभालगायत जिल्लाबाट समेत खेलप्रेमी दर्शकहरू धरान आउने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको...

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो । बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सबइन्जिनियर दीपकबहादुर शाहीले राससलाई जानकारी दिनुभयो । त्यसका लागि...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३६, गोलभेँडा सानो...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ,  जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट यस वर्ष ११ मुरी तिते फापर उत्पादन गरेको हो ।     गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय...

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा (सर्लाही), सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन थालिएको हो ।     विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्लाका २० पालिकालाई...

साफ महिला च्याम्पियनसिपको उद्घाटनमा बङ्गलादेश र भुटान भिड्दै

कास्की, देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२ः०० बजे भिड्दैछन् । यसैगरी घरेलु टोली नेपालले पनि आजै भारतसँग पहिलो खेल खेल्दैछ । नेपाल र...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९