झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

भद्रपुर (झापा),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नं–३ मा चुनावी चहलपहल बढ्दै गएको छ । सडक छेउका चिया पसलदेखि खेत–खलियान र टोल–टोलमा चुनावी चर्चा हुने गरेको छ ।

 

झापा क्षेत्र नं–३ मा १७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार झापा–३ मा एक लाख ४० हजार ८५७ मतदाता रहेका छन् । सो क्षेत्रमा ६७ मतदान स्थल र १६४ मतदान केन्द्र तोकिएका छन् । झापा–३ अन्तर्गत भद्रपुर नगरपालिका–१ देखि ८, बिर्तामोड नगरपालिका–१०, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिका पर्छन् ।

 

झापा–३ मा यसपटक नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले) का हरिबहादुर राजवंशी, नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी, नेपालका कर्णलाल राजवंशी, जनमत पार्टीका हरसलाल राजवंशी र नेकपा (माओवादी केन्द्र) का  सन्तोष कटुवाल चुनावी मैदानमा छन् । यस्तै उज्यालो नेपाल पार्टीका श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीका विनिताकुमारी राजवंशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला सावा, नेशनल रिपब्लिक पार्टीका जयेन मगर, श्रम संस्कृति पार्टीका दिपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीका धर्मलक्ष्मी दुवाल, मङ्गोल नेशनल अर्गनाइजेसनका यामकुमार श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आगामी फागुन ४ देखि फागुन १८ गतेसम्म प्रचारप्रसारको समय निर्धारण गरेको छ । सो अवधिमा मात्रै सभा, जुलुस, घरदैलो, पोस्टर–पम्पलेटलगायत गतिविधि गर्न पाइनेछ । हाल उम्मेदवारलाई मतदाता तथा कार्यकर्तासँग भेटघाट गर्न अनुमति दिइएको छ ।

 

हाल उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । कांग्रेस उम्मेदवार राजेन्द्रकुमार घिमिरेले राणा शासनदेखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म नागरिक अधिकार सुनिश्चित गर्न पार्टीले निर्वाह गरेको भूमिका नै मतदाताको विश्वास जित्ने आधार भएको बताउनुभयो ।

 

एमाले उम्मेदवार हरिबहादुर राजवंशीले झापा–३ अन्य क्षेत्रको तुलनामा विकासमा पछाडि परेको उल्लेख गर्दै अब एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । स्वतन्त्र उम्मेदवार मानप्रकाश सङ्ग्रौलाले संसद्मा वास्तविक किसानको प्रतिनिधित्व नभएकाले आफू किसानको आवाज बनेर संसदमा जाने दाबी गर्नुभयो । किसानका समस्या उठाउनकै लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले सुशासन र स्थिरताका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

 

विसं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा झापा–३ बाट राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन ४० हजार ६६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । त्यतिबेला राप्रपाले एमालेसँग तालमेल गरेको थियो । उहाँले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको थियो । कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी गठबन्धनबाट उम्मेदवार बन्नुभएका सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गर्नुभएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले तीन हजार ४६१ मत प्राप्त गर्नुभएको थियो । यसपटक सबै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । आउँदो निर्वाचनमा प्रत्येक दलको वास्तविक जनाधार कति छ भन्ने कुरा स्पष्ट पार्ने भद्रपुरका स्थानीय बासिन्दा ईश्वर भट्टराई बताउनुहुन्छ ।

 

विसं २०७९ को निर्वाचनमा झापा–३ मा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बनेको थियो । आयोगको तथ्याङ्कअनुसार कांग्रेसले २५ हजार ५३५, राप्रपाले १९ हजार ७४३, एमालेले १९ हजार ४६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८१२ र नेकपा (माओवादी केन्द्र)ले ७ हजार ५९५ मत प्राप्त गरेको थियो ।

 

विसं २०७९ को स्थानीय तह निर्वाचनमा झापा–३ का २८ वडामध्ये कांग्रेसले १६, एमालेले ४, नेकपा (माओवादी केन्द्र)ले २, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ वडामा जितेको थियो बाह्रदशी गाउँपालिका–४ मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको थियो । वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा कांग्रेसले २५ हजार ९४९, एमालेले २१ हजार ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ हजार ८४ र नेकपा (माओवादी केन्द्र)ले ६ हजार ६८८ मत प्राप्त गरेको थियो । सो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएको थिएन ।

 

झापा–३ बाट २०७४ साल र २०७९ सालमा एमालेसँग गठबन्धन गरेका राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन विजयी हुनुभएको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस र २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी विजयी भएको थियो । झापा–३ मा २०५६ सालमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुनुभएको थियो ।  राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९