कैलाली । कैलालीको बर्दगोरियाबाट अवैध लागू औषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्। मङ्गलबार साँझ करिब ६ बजेको समयमा बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा क्षेत्रबाट करिब ३ सय ३० मिलिग्राम खैरो हिरोइनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–१ निवासी अन्दाजी १८ वर्षीय दिपेश भण्डारी रहेका छन्। इलाका प्रहरी कार्यालय बौनियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


















































































































































