प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

बागमती, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर १ मा चुनावी माहोल तीव्र बन्दै गएको छ । पटकपटक चुनावी प्रतिस्पर्धा गरेका पुरानो अनुभवी नेतासँगै नयाँ युवा पुस्ताका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यस क्षेत्रको चुनावी माहोल रोचक बनेको छ । यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १३ र स्वतन्त्र १० गरी २३ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

 

यो क्षेत्रमा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्यय (डिना), नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा चुनावी मैदान छन् ।

 

नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट महेश नेपाली, जनता समाजवादी पार्टी नेपालबाट रूपक लामा, जनता समाजवादी पार्टीबाट दीपक सिंतान र मङ्गोल नेशनल अर्गनाइजेशनबाट युवराज लामा चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र रूपमा राकेशकुमार शर्मा, अमिक परियार, राजाराम बोगटी, मठु पुलामीमगर, अमर दङ्गाल, टीकाप्रसाद चौलागाईं, सुशीला सुवेदी, ज्ञान सागर लामा र राजकुमार खड्का चुनावी प्रतिस्पर्धामा छन् ।

 

यीमध्ये केही पुराना र लामो राजनीतिक अनुभव भएका पाका उम्मेदरवार छन् भने केही नयाँ युवा उमेरका उम्मेदवार छन् । उम्मेदवारहरूमध्ये कांग्रेसका उपाध्याय र राप्रपाका सिंह पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।  मकवानपुर क्षेत्र नम्बर १ मा पर्ने हेटौँडा उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि २०७४ र २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेका राप्रपाका सिंह अघिल्लो २०७९ को निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसका उपाध्याय प्रतिनिधिसभा भने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएपनि हालसम्म सफल हुन सक्नुभएको छैन ।

 

एमालेका राना, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतम पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका हुन् । तत्कालीन जिल्ला विकास समिति मकवानपुरका सभापति भइसक्नुभएका एमालेका राना पाका उमेरका अनुभवी नेताको रूपमा चिनिनुुहुन्छ । उम्मेदवारी दर्ता गराएसँगै यति बेला उम्मेदवारहरू आफ्ना एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुग्न थालेका छन् । यो क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाको १५ वटा वडा, मकवानपुरगढी गाउँपालिका चार वटा वडा, बागमती गाउँपालिका र बकैया गाउँपालिका पर्छन् ।

 

मकवानपुर क्षेत्र नम्बर १ मा ७९ हजार ६२१ पुरुष र ७८ हजार ८१० महिला गरी एक लाख ५८ हजार ४३५ मतदाता छन् । यस क्षेत्रमा ग्रामीण भेगभन्दा सहरी क्षेत्र बढी पर्छन् । पार्टीको सङ्गठित मत कम भए पनि अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका सिंह निर्वाचित हुनुभएको थियो । अघिल्लो विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका सिंहले २७ हजार ८१६ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका उपाध्यायले २५ हजार ४३४ मत प्राप्त गर्नुभएको थियो भने एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लड्नुभएका तत्कालीन राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभएको थियो ।

 

गत २०७४ र २०७९ को निर्वाचनमा सो क्षेत्रमा गठबन्धन गरेका कारण तत्कालीन नेकपा (माओवादी केन्द्र) को आफ्नो उम्मेदवार थिएनन् । तर पहिलो संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर पुलामी (छिन्तु) र दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र) का प्रल्हाद लामिछानेले जित्नुभएको थियो । त्यसयता माओवादीले प्रतिनिधिसभामा यो क्षेत्रबाट जित्न सकेको छैन ।

 

कम्युनिष्ट पार्टीको गढ मानिने मकवानपुर क्षेत्र नम्बर १ मा पहिलो पटक अघिल्लो २०७९ को निर्वाचनमा गैरकम्युनिष्टले जितेको इतिहास छ । कांग्रेसले यो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी हुन सकेको छैन । यसपटक फरक परिस्थिति र समयमा प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले चुनाव आफूले जित्ने उम्मेदवारहरूले दाबी गर्दै आएका छन् ।

 

राप्रपाका उम्मेदवार सिंहले आफू तीन वर्षको छोटो कार्यकालमा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक विस्तार तथा दुवै साइडमा नाला निर्माणका साथै जिल्लाका शैक्षिक विकाका लागि थुप्रै योजना अघि बढाएकोले ती अधुरा योजनालाई पूरा गर्न मतदाताले यस पटक आफूलाई विजयी बनाउने दाबी गर्नुहुन्छ । ‘‘म जितेर गएपछि हेटौँडामा क्षेत्रको विकासका लागि थुप्रै योजना ल्याए, ती योजना सञ्चालनमा छ”, सिंहले भन्नुभयो, ‘‘ती अधुरा योजना पूरा गर्न फेरि जनताले जिताउने छ, भन्नेमा म विश्वस्त छु ।” जितेर गएपछि यहाँको विकास र मतदाताकै बीचमा रहेर काम गरेकाले आफू जित्ने ढुक्क रहेको उहाँको भनाइ छ । आफ्नो एजेण्डा हिन्दू राज्य र सनातन धर्मको संरक्षण रहेको उहाँ बताउनुहुन्छ ।

 

 

नेपाली कांग्रेसका उम्मेदवार उपाध्यायले आफू यसै क्षेत्रमा जन्मेको र निरन्तर यहाँको जनतासँग बसेर राजनीति र सामाजिक कार्य गर्दै आएकाले जित्ने दाबी गर्नुहुन्छ । ‘‘म पटक चुनाव हारे पनि निरन्तर यहाँका जनताको बीचमा रहेर दुःख र सुखमा काम गरेकी छु”, उपाध्यायले भन्नुभयो, ‘‘आफू नजिते पनि जनताका लागि काम गरेकी छु, अझ अधुरा रहेका कतिपय काम पूरा गर्नका लागि आफूलाई मतदाताले जिताउने छ ।”

 

 

विगतको निर्वाचनभन्दा यसपटक पार्टीको आन्तरिक समस्या हल भई पार्टीका नेता कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेकाले चुनाव जित्ने बलियो आधार बनेको उहाँको कथन छ । हेटौँडा औद्योगिक क्षेत्रको अवस्थामा सुधार गर्दै हेटौँडालाई औद्योगिक हबको रूपमा विकास गर्ने आफ्नो प्रमुख एजेण्डा भएको उपाध्याय बताउनुहुन्छ । आफू तत्कालीन जिल्ला विकास समिति मकवानपुरको सभापति भएका बेला जिल्लालाई समृद्ध बनाउन उद्योग र यातायातको क्षेत्रमा काम गरेकाले मतदाता विश्वास गरी मत दिने दाबी गर्नुहुन्छ ।

 

 

‘‘म जिल्ला विकासको सभापति हुँदा मैले इमान्दारितापूर्वक गरेको काम यहाँका जनताले देखेका छन्, त्यसैले यस पटक मतदाताले मलाई भोट दिन्छ”, नेकपा (एमाले) का उम्मेदवार राना भन्नुहुन्छ, ‘‘पार्टीको मजबुत सङ्गठन, अघिल्लो निर्वाचनमा पार्टीको मत परिणामबाट म चुनाव जित्छु ।” मुलुकको स्वाधिनता, भौगोलिक अखण्डता र लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने उहाँको भनाइ छ । यो क्षेत्रमा पार्टीको सङ्गठित आधार बलियो भएको र अहिलेको अवस्थामा मतदाताले नयाँ अनुहार, युवा अनुहार खोजिरहेकोले यसपटक आफूले जित्ने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतम बताउनुहुन्छ ।

 

 

‘‘सुशासन, समृद्धि नै मेरो एजेण्डा हो, जेनजी आन्दोलनले उठाएको एजेण्डा पनि यही नै हो”, विजय गौतमले भन्नुभयो, ‘‘अहिले सुशासन, समृद्धि, जनमुखी नीति र स्थानीय विकासका ऐजण्डा बोकेर मतदाताहरूको बीचमा पुगिरहेको छु, मतदाता आकर्षण बढेको छ, त्यसैले मत जित्छु ।” विगतमा आफ्नो पार्टीले यो क्षेत्रबाट जितेर राम्रो काम गरेकाले आफ्नो पार्टीप्रति मतदाताको भरोसा बढेको उहाँको जिकिर छ ।  उम्मेदवारहरूले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिहँदा मतदाताहरू भने कृषि र उद्योगमा लगानीको वातावरण बनाउँदै रोजगारीको सृजना गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९