आलेख : चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेताहरु

जलेश्वर (महोत्तरी), प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरु जनताका घरदैलोमा पुग्न थालेका छन् । विगत तीन वर्षमा एकपटक पनि नेता नपुगेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पनि यतिखेर नेताहरु पुग्न थालेको सो बस्तीका अगुवा अमृत सदाले बताउनुभयो । उहाँका अनुसार सधैँ बेलुका ७/८ बजे सुतिसक्ने यहाँका बासिन्दा अहिले राति १/२ बजेसम्म पनि जाग्राम बस्ने गरेका छन् । बस्तीमा दिनहुँजसो नेताहरुको चहलपहल बढ्न थालेपछि यहाँका मुसहरहरु रातिसम्म नै जाग्राम बस्न थालेका हुन् ।

 

 

पहिले पहिलेका चुनावमा जस्तै अहिले पनि यस मुसहर बस्तीमा नेताहरु पुगेर आश्वासन बाँड्न थालेको भए पनि यस बस्तीका बासिन्दामा नेताहरुले कुनै काम गरिदिने विश्वास भने छैन । उनीहरु पहिलेजस्तै नेताहरुको आश्वासन सुन्न मात्र भए पनि राजनीतिक दलका कार्यक्रमहरुमा सहभागी हुने र आफ्ना विगत लामो समयदेखिका पुरानै माग राख्ने गरेको उनीहरुको भनाइ छ ।

 

 

“विसं २०७९ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरुले आफू जितेपछि मुसहर समुदायका लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाँडेर चुनाव जितेका थिए । तर ती नेताहरु मुसहर बस्तीमा एकदिन पनि पुग्न सकेका छैनन् । अहिले मुसहर बस्तीका मतदाता नेताको रङ फेरियो, बस्ती फेरिएन भनेर दुःख व्यक्त गर्ने गर्दछन्”, अगुवा मुसहर अमृतले भन्नुभयो, “सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु । तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएन् अब यसपालिको चुनावमा भने हामी निकै सोचविचार गरेर मात्र मत दिने योजना बनाएका छौँ ।”

 

महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट मात्रै एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदाय कुनै नेतालाई भेट्न जाँदा नेताहरु बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाज लिएर जाँदा पनि सहयोग नगर्ने गरेको अनुभव सुनाउँछन् । बस्तीका ६३ वर्षीया मुसहर महिला तेतरी सदाले दुःखेसो गर्दै भन्नुभयो, “मुसहरलाई आपत विपद् पर्दा पनि जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे । फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पनि पन्छिने गर्दथे  ।” तर त्यही बस्तीमा अहिले नियमित नेताहरूको भिड लाग्न थालेको छ । चुनावको मिति नजिकिँदै जाँदा अहिले दिनहुँ आएर नेताहरु फेरि आफूले आसन्न निर्वाचनमा मुसहरको मत पाएर जितेपछि समुदायमा विकासको लहर ल्याउने भाषण सुरु गरिसकेका छन । मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ रहेको बस्तीका अर्का ७३ वर्षीया महिला सिलिया सदाले बताउनुभयो ।

 

 

जलेश्वर नगरपालिका–३ खैरा गाउँमा करिब ९० घर मुसहर समुदायको बस्ती छ । तर उनीहरुका लागि न शौचालयको व्यवस्था छ, नत खानेपानीकै सहजता । सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी पाइप (ह्याण्डपाइप) छ, भने प्रत्येक ८/१० घरमा एउटा शौचालय छ । त्यो पनि तीन वटा रिङ भएको । जुन एक÷दुई महिनामै भरिन्छ । त्यसपछि वनमै शौच गर्ने बाध्यता रहने गरेको स्थानीय ४८ वर्षीया महिला सुकमरिया सदाले बताउनुभयो ।

 

 

सुकमरियाका अनुसार नेताहरुले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेर प्रत्येक चुनावमा आफूहरु नेताको भाषण सुन्न जाने गरेको र भरोसा गरेर मत पनि दिने गरेको बताउँदै तर बस्तीमा खानेपानी, नाला र सडकको वर्षौंदेखिको आवश्यकता अहिले पनि यथावत् नै रहेको सुनाउनुभयो । सबै चुनावमा घर बनाइदिने, खानेपानी पाइप, स्कुल, नाला लगायतका विकासको काम गरिदिने आशले नेतालाई भोट दिने गरे पनि अहिलेसम्म बन्न नसकेको स्थानीय लड्डु सदाले बताउनुभयो ।

 

 

भारतीय सीमासँग जोडिएको यो जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको सबै भन्दा गहिरो ठाउँ हो । वर्षात्का बेला घरघरमा पानी पस्छ । मुसहर बस्ती ऐलानी जमिनमा छ । ९० घरधुरी रहेको यो बस्तीमा करिब १७५ जनासँग नागरिकतासमेत छैन भने उनीहरु पुस्तौँ पुस्तादेखि यहीँ बस्दै आएका छन् । बुबाको नागरिकता नभएकै कारण छोराछोरीको जन्मदर्ता नबन्दा यो बस्तीका बालबालिकालाई विद्यालय जान पनि समस्या छ । स्थानीय अर्जुन सदा भन्नुहुन्छ, “बस्तीमा एउटा मात्र चापाकल (खानेपानी पाइप) छ । यसले नपुग्दा गर्मीमा पानीको हाहाकार हुन्छ । लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ । नाला नबन्दा वर्षात्मा उनीहरूको घर डुब्छ । त्यसैले हरेक निर्वाचनमा उनीहरूले यी माग अघि सार्छन् र बढी आश्वासन दिने नेतालाई मत दिन्छन् । तर, उनीहरूका माग अहिलेसम्म पूरा भएका छैनन् ।”

 

 

खैरा गाउँभरि बिजुली बत्ती पुगे पनि गाउँमै रहेको मुसहरबस्ती वर्षौंदेखि अध्याँरो रहेको छ । गरिबी र विपन्नताले गर्दा कतिले बिजुली  जडान नै गर्न सकेका छैनन् भने एक÷दुई जनाले जडान गर्न चाहेपनि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मिटर पाउन सकेका छैनन् । गाउँमा बिजुली बत्ती छ, तर लालपुर्जा नभएकालाई विद्युत् कार्यालयले मिटर दिँदैन । स्थानीय सिरिया सदाले भन्नुहुन्छ, “मुसहर बस्ती अझै उस्तै छ । यहाँका सबै सधैँ अभावमा बाँचिरहेका छन् । यो बस्तीमा नेता चुनावका  बेलामा मात्रै आउँछन् । मत पाएपछि नेताको रङ फेरिन्छ । तर बस्तीको रङ फेरिँदैन । प्रत्येक निर्वाचनमा नेताले झुठो आश्वासन दिएर बस्तीको भोट बटुल्ने काम मात्रै गरेका छन् ।”

 

नेपाल सरकारले देशलाई खुला दिसामुक्त घोषणासमेत गरिसकेको अवस्थामा यस बस्तीमा शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ । सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको स्थानीय बिरु सदाको गुनासो छ । जमिनदारको जमिन उनीहरु अधियाँमा उनीहरु खेती गर्छन् । तर वर्षाका बेला खेत डुबानमा पर्छ । वर्षा नभएको बेला खडेरी लागेर बाली नष्ट हुन्छ । तर पनि यसको व्यवस्थापन गर्न तथा गरिबको भोको पेट भर्न कसैले पहल नगरिदिएको स्थानीय विमलेश सदाले गुनासो गर्नुभयो । उहाँले भोट माग्ने बेला हामीले नै सबै गरिदिन्छौँ जस्तो गरेर नेताहरु बस्तीमा आउने गर्छन् तर कसैले सहयोग गर्दैनन् भन्नुभयो ।

 

सो बस्ती जिल्लाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं ३ मा पर्दछ ।  विसं २०७४ र २०७९ को निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा तत्कालीन लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको थियो । गरिबीमा रहेको यस बस्तीका एक सय पाँच बालबालिकाको जन्मदर्ता बन्न पनि सकेको छैन । यसका लागि आफूहरु पटक–पटक वडा कार्यालय नगरपालिकाको कार्यालय र आफ्ना प्रदेश तथा सङ्घीय सांसदकोमा पुगेको भए पनि कतैबाट सहयोग नपाएको स्थानीय बिरजु सदाले दुखेसो पोख्नुभयो । जन्मदर्ताको अभावमा सो बस्तीका बालबालिका नेपाल सरकारबाट प्राप्त हुने पोषणभत्तासहित बालबालिकासँग सम्बन्धित अन्य सुविधा र निःशुल्क शिक्षाबाटसमेत बञ्चित रहेको जिबछी सदाले बताउनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ यस क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३९ जनाले उम्मेदवारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९