महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?

महोत्तरी,  प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ जतिजति नजिकिँदै छ, आफ्ना विषय कसले उठाउँदै छन् भनेर मतदाता चनाखो पार्दैछन् । चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता/कार्यकर्ता र उम्मेदवारको नगर/गाउँ बस्तीमा सघन आउजाउ बढेको छ । दलका र अन्य स्वतन्त्र उम्मेदवार बस्तीबस्तीमा पुग्दै  जनतासँग हिमछिम बढाउँदै छन् । आम जनता यसैबेला दल र उम्मेदवारलाई आफ्ना मुद्दा सम्झाउँदैछन् ।
प्रतिनिधि सभा सदस्यका लागि चार निर्वाचन क्षेत्रको महोत्तरीमा सुशासनको मुद्दा सबै क्षेत्रमा साझा जस्तै पाइएको छ । चारवटै क्षेत्रका मतदाताले सरकारी अड्डादेखि विकास निर्माणका कामसम्म पारदर्शिता र जवाफदेही कामको मुद्दा उठाएका छन् । क्षेत्रगत रूपमा हेरिँदा क्षेत्र नम्बर १ जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको जिल्लाको मुख्य वन क्षेत्र हो । यहाँका मतदाताले प्राकृतिक सम्पदा वन, पहाड र नदीको संरक्षणका विषय मुख्य रूपमा उठाएका छन् ।

 

“हाम्रो क्षेत्रको प्राथमिकताको मुद्दा नै नदी, पहाडी थुम्का र वन क्षेत्रमा हुँदै आएको अनियन्त्रित उत्खनन र अतिक्रमण नियन्त्रणको विषय हो,” महोत्तरी–१ को बर्दिबास–१४ का रामु अधिकारी भन्नुहुन्छ, “नदी नियन्त्रण, व्यवस्थापन र चुरे, वन र यहाँका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणका स्पष्ट खाका उम्मेदवार र दलहरूसँग उठाएका छौँ ।” यी विषयमा स्पष्ट खाका देखाउने उम्मेदवार आफूहरूको रोजाइमा पर्नसक्ने उहाँको भनाइ छ ।

 

यसैगरी क्षेत्र नम्बर–२ का मतदाताले बर्खामा कटान र डुबान तथा हिउँदमा पानीको हाहाकार पर्दै सबै आएको समस्या मुख्य रूपले उठाएका छन् । “बिग्ही, रातु, ओक्सी र कुटमेश्वरीसहितका नदीको बर्खामा ताण्डव मच्चिन्छ, हामीले घरखेत भन्न पाउँदैनौँ, डुबान र कटानले पिरोलिएका छौँ,” महोत्तरी–२ को महोत्तरी गाउँपालिका–६ का दिनेश महतो भन्नुहुन्छ, “हिउँद लागेपछि सिँचाइको त कुरै छाडौँ, खानेपानीको पनि हाहाकार पर्छ ।” मुख्य खेती पेसाका आफूहरूका लागि बीउबिजन, मल, कृषि ऋण र सिँचाइ प्रबन्ध हुन नसकेको उहाँको भनाइ छ ।

 

यसैगरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासमेत सामेल रहेको क्षेत्र नम्बर–३ का मतदाताले पनि नदी कटान डुबान तथा सिँचाइको असुविधा मुख्य समस्या भोग्दै आइएको बताएका छन् । जलेश्वर नगरका बासिन्दा युवा मतदाता भने यसपालिको निर्वाचनको मुख्य मुद्दा सुशासन हुनुपर्ने बताउँछन् । “हाम्रो बिग्रेकै कुरा बेथितिले हो, यसलाई विधिमा चलाउन सक्नुपर्छ,” जलेश्वर–२ का ३० वर्षीय सुनिल साह भन्नुहुन्छ, “सबै कुरा विधिमा चल्न थालेपछि क्रमशः बिग्रेका क्षेत्र ठीक हुँदै जान्छन् ।”

 

यसैगरी दक्षिणतिर भारत र पश्चिम सर्लाहीसँग जोडिने क्षेत्र नम्बर ४ का बासिन्दा हर्दी र मडहा नदीको कटान र डुवानबाट बर्षौंदेखि पीडित छन् । यसैगरी यस क्षेत्रमा भरपर्दो अस्पताल नहुँदा बिरामी हुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यता रहेको यसै क्षेत्रको रामगोपालपुर–२ का सामाजिक कार्यकर्ता महम्मद कादिर हुसैन बताउनुहुन्छ । “हाम्रो क्षेत्र शिक्षा र स्वास्थ्यमा पहुँचका दृष्टिले निकै पछि छ,” हुसैन बताउनुहुन्छ, “यसैगरी नदी कटान र डुबानसँगै सिँचाइको असुविधा हाम्रा टड्कारा समस्या हुन् ।” प्रतिनिधिसभा निर्वाचनको यो महायज्ञमा यी विषय जिम्मेवारीवोध गर्ने उम्मेदवार आफूहरूको पर्खाइमा रहेका उहाँ बताउनुहुन्छ ।

 

अहिले निर्वाचन अभियानका क्रममा मत माग्दै बस्तीबस्ती पुग्दै गरेका दलका कार्यकर्ता र उम्मेदवारसँग मतदाता यी विषय उठाउँदैछन् । यी विषयसँग आफूलाई जोडेर निदानको स्पष्ट खाका कोर्नसक्ने उम्मेदवार मतदाता खोज्दैछन् । “हामी यसपालि यहाँका विषयमा स्पष्ट खाका देखाउने र त्यसको निदानको सुनिश्चितता दिने उम्मेदवारलाई रोज्छौँ,” क्षेत्र नम्बर–१ मा पर्ने भङ्गाहा–४ रामनगरका ३० वर्षीय युवा मतदाता रामईश्वर ठाकुरले भन्नुभयो ।

 

 

मुख्य दलहरूले आ–आफ्नो उम्मेदवारीको औचित्यबारे राजनीतिक तर्क दिए पनि आम जनता भने यी कुरामा वास्ता दिएका देखिँदैनन् । खेतीकिसानी मुख्य पेसाका बहुसङ्ख्यक जिल्लाका मतदाता भने चुनावमा आफ्ना कुरा कसले कसरी उठाउँदैछन् भन्ने हेरिरहेको बताउँछन् । “राजनीतिक तर्कवितर्क हामीलाई सुन्नु छैन, हाम्रो खेतबारीमा कसरी पानी पुग्छ ? किसानले अब के सहुलियत पाउँछन् ? समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?” महोत्तरी–२ मा पर्ने भङ्गाहा–२ बखरीका किसान जीवछ सिंह थारू भन्नुहुन्छ, “उम्मेदवारहरू यी कुराको योजनासहितको जवाफ लिएर हामीसँग कुरा गरून् ।”

 

 

चार प्रतिनिधिसभा क्षेत्र रहेका जिल्लामा १५ स्थानीय तह छन् । जसमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । जिल्लामा १० नगरपालिकाको सङ्ख्या भए पनि नगरभित्रका अधिकांश बस्ती ग्रामीण परिवेशकै छन् । पूर्वाधार विकासबिना नै नगरपालिका भनिएका आफ्ना ठाउँ सहुलियतविनाको कर बढाउने ठाउँ मात्र बनेका सर्वसाधारणको टिप्पणी सुनिन्छ ।

 

जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रका आम बासिन्दा अधिकांश कृषि पेसामा आबद्ध छन् । ‘गाउँगाउँमा सिंहदरवार’ को नारा लगाइए पनि जिल्लाका अधिकांश स्थानीय तहमा व्यवस्थित कृषि शाखासम्म नरहेको मतदाताको गुनासो छ । कुनै तहका प्रतिनिधिमा पनि कृषि चासोसम्मको विषय नदेखिएको गौशाला नगरपालिका–१ रामनगरका ५५ वर्षीय गणेश महतो बताउनुहुन्छ । अब यसपालिको चुनावमा भने लोलोपोतोमा भोट नजाने मतदाता बताउँछन् ।

 

निर्वाचनमा होमिएका दल र उम्मेदवारहरूले सोच्न नभ्याएका कुरा मतदाताबाट आउन थालेपछि अब सो अनुसारका प्रतिज्ञापत्रको तयारीमा दलहरू लागेका छन् । “हामीले समग्र विकासको मुद्दा त उठाउँदै आएका हौँ,” महोत्तरी–१ मा पर्ने भङ्गाहा–९ सखुवाटोलका बासिन्दा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश यादव भन्नुहुन्छ, “हामी स्थानीय मुद्दाबारे स्पष्ट पार्दै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारीमा छौँ ।” यसैगरी नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका जिल्ला नेतृत्वले पनि चारवटै क्षेत्रमा स्थानीय प्रतिबद्धतापत्र जनतामाझ पुर्‍याइने जनाएका छन् ।

 

निर्वाचनमा जिल्लाका चारवटै क्षेत्रमा गरी १३९ जना उम्मेदवार मैदानमा छन् । जसमा क्षेत्र नम्बर १ मा १२ स्वतन्त्र र १३ राजनीतिक दलका समेत २५ जना उम्मेदवार छन् । यस्तै क्षेत्र नम्बर २ मा २२ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ३७ जना उम्मेदवार छन् । यसैगरी क्षेत्र नम्बर ३ मा २६ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ४१ एवं क्षेत्र नम्बर ४ मा २३ स्वतन्त्र र १३ राजनीतिक दलका गरी ३६ जना उम्मेदवार छन् । जिल्लभरिमा ११ स्वतन्त्र र आठ जना राजनीतिक दलका गरी १९ जना महिला उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

 

जिल्लामा चार लाख ३१ हजार २८२ मतदाता छन् । जसमा पुरुष दुई लाख ३५ हजार १८३, महिला एक लाख ९६ हजार ९७ महिला र दुई अन्य लिङ्गी रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यिनमा क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी एक लाख १० हजार ४३६ मतदाता छन् । यसैगरी क्षेत्र नम्बर ४ मा एक लाख सात हजार ६०६, क्षेत्र नम्बर २ मा एक लाख सात हजार ५९४ र क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार ६४६ रहेका निर्वाचन आयोगबाट सार्वजनिक मतदाता नामावली अभिलेखमा उल्लेख छ ।

 

यसपालिको निर्वाचनका लागि जिल्लामा जम्मा २५८ मतदानस्थलमा ५३६ मतदान केन्द्रको व्यवस्था छ । जसमा क्षेत्र नम्बर १ मा ५९ मतदानस्थलमा १३० मतदान केन्द्र व्यवस्था गरिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा ६२ मतदानस्थलमा १३३ मतदान केन्द्र, क्षेत्र नम्बर ३ मा ७७ मतदानस्थलमा १४२ मतदान केन्द्र र क्षेत्र नम्बर ४ मा ६० मतदानस्थलमा १३१ मतदान केन्द्र व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो ।

 

जिल्लाका यी मतदानस्थलहरूमध्ये भारतीय सीमासँग जोडिएका र यातायातको सहज पहुँच नभएका समेत १६३ मतदानस्थल अति समवेदनशील, ८९ समवेदनशील र छ मात्र सामान्य प्रकृतिका रहेका जिल्ला सुरक्षा समितिले वर्गाीकरण गरेको छ । यी मतदानस्थलको उच्च सुरक्षा प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

म्याग्दीमा जलविद्युत्को सम्भावना र चुनावी मुद्दा

म्याग्दी, म्याग्दीमा पछिल्लो दश वर्षयता कूल २८६ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माण सकिएर केन्द्रीय प्रशारण लाइनमा जोडिएका छन् । थप ६२ दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजनाको निर्माण यसै वर्षभित्र सकिएर राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा रहेका छन् ।   कूल २८२ दशमलव २५ मेगावाट...

प्रतिनिधिसभा निर्वाचनः जनशक्ति विवरण सङ्कलन धमाधम

महेन्द्रनगर, आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा कर्मचारी (जनशक्ति) परिचालनको गृहकार्य थालिएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत दिलीप भाटले यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जनशक्ति विवरण बुझाउन थालिएको जानकारी दिनुभयो । “हामीले कैलालीमा...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ,  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ ।आज विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा रू १०...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

बैतडीको सिगासमा एक पुरुष मृत फेला

दशरथचन्द (बैतडी),  बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् । सिगास गाउँपालिका–१ दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट आज बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी...

दुर्गमका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर,  भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरेको हो ।   आँखा जाँच तथा उपचारका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

काठमाडौँ,  प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ, आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका छन् । नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९