कैलाली। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. २ निवासी स्वर्गीय दिनेश न्यौपानेको परिवारलाई मृत्युदाबी रकम हस्तान्तरण गरेको छ।
ब्लड क्यान्सरका कारण निधन भएका बीमित न्यौपानेको मृत्यु पश्चात उनका हकवाला पत्नी कल्पना न्यौपानेलाई कम्पनीले एक औपचारिक कार्यक्रममार्फत २ लाख ३८ हजार ३ सय ८६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो। स्वर्गीय न्यौपानेले सन नेपाल लाइफ इन्स्योरेन्समा २ लाख १ हजार रुपैयाँ बीमाङ्कको जीवन बीमा गराएका थिए।
लम्की शाखा प्रबन्धक डम्बर न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य उमाकान्त देवकोटा, कम्पनीका ADM राजेन्द्र न्यौपाने, समाजसेवी हर्क पुन, खर प्रसाद अधिकारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वडा सदस्य देवकोटाले वर्तमान समयमा जीवन बीमा अत्यन्त आवश्यक रहेको बताउँदै सबैले आफ्नो आर्थिक क्षमताअनुसार बीमा गरे आश्रित परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै शाखा प्रबन्धक डम्बर न्यौपानेले स्वर्गीय न्यौपानेप्रति गहिरो दुःख व्यक्त गर्दै सुखका क्षणमा धेरै साथिहरू भए पनि दुःखको साँचो साथी जीवन बीमा नै हुने उल्लेख गर्नुभयो। उहाँले सबैलाई सक्दो रूपमा जीवन बीमा गर्न आग्रह गर्नुभयो।
कार्यक्रमको सञ्चालन लम्की शाखा मार्केटिङ विभाग प्रमुख डम्मर बहादुर बुढाले गर्नुभएको थियो।



















































































































































