निर्वाचन सुरक्षा केन्द्रित अनुगमनमा सुरक्षा निकायका अधिकारी

महेन्द्रनगर, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था मजबुद बनाउन सुरक्षा निकायका उच्च तहबाट सुदूरपश्चिम प्रदेशमा अनुगमन थालिएको छ । निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उच्च तहको नेतृत्व सुदूरपश्चिम पुगेको छ ।

 

सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक वंशिराज दाहाल आसन्न निर्वाचन लक्षित अनुगमनका लागि आज सुदूरपश्चिम आइपुग्नुभएको छ । उहाँ सुदूरपश्चिमका जिल्लाहरुमा पुगेर निर्वाचन सुरक्षाका विषयमा अनुगमन गर्नुहुनेछ । सशस्त्र प्रहरी बल नंं ७ वैद्यनाथ वाहिनीले दिएको जानकारीअनुसार सङ्गठनको केन्द्रीय तहबाट निर्वाचन लक्षित अनुगमनका लागि अतिरिक्त महानिरीक्षक दाहाल यहाँ आइपुग्नुभएको हो । निर्वाचन लक्षित सुरक्षा अवस्था बुझ्न दाहाल आजै डोटी जाने कार्यक्रम रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

 

निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न यसअघि सशस्त्र प्रहरीले सुदूरपश्चिमका १६  निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन बेससमेत स्थापना गरिसकेको छभने सुदूरपश्चिममा निर्वाचनका बेला पाँच हजार १०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन हुनेछन् ।

 

त्यसैगरी एक साताअघि नै यहाँ नेपाल प्रहरीबाट पनि अतिरिक्त महानिरीक्षक हिमालयकुमार श्रेष्ठ सुदूरपश्चिम आएर जिल्लागत रुपमा अनुगमन गरिरहनु भएको छ । अतिरिक्त महानिरीक्षक श्रेष्ठले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी एइकाइमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशनात्मक सम्बोधन समेत गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा नेपाल प्रहरीले निर्वाचनका बेला सात हजारभन्दा बढी परिचालनको तयारी गरेको छभने हजारौँको सङ्ख्यामा यहाँ निर्वाचन प्रहरीसमेत परिचालन हुनेछ ।

 

त्यसैगरी नेपाली सेनाले पनि सुदूरपश्चिमका सबै जिल्लामा निर्वाचन केन्द्रित सुरक्षा गस्ती थालिसकेको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायको भूमिका अत्यन्तै संवेदनशील हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उच्चपदस्थ अधिकारी प्रदेशमा खटाएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर सुरक्षा व्यवस्था, तयारी तथा चुनौतीबारे स्थलगत रूपमा समीक्षा गर्दै निर्देशन दिने कार्यतालिका सुरक्षा निकायका अधिकारीहरुको रहेको छ ।

 

सुरक्षा निकायले यसअघि नै निर्वाचन सुरक्षा योजना बनाएर सबै जिल्लामा आफूलाई तयारी अवस्थामा राखेको छ । यहाँ सुरक्षाका दृष्टिकोणले मतदानस्थल सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागका राखिएको छ । एक हजार १७६ मतदानस्थल रहेको सुदूरपश्चिममा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मतदानस्थल छन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९