कैलाली । रास्वपा मोहन्याल पार्टी सभापती र संगठन बिभाग प्रमुख एमाले प्रवेश
चुनावको मुखैमा मोहन्याल गाउँपालिका बाट रास्वपा पार्टी परित्याग गरि पार्टी सभापति नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मोहन्याल गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि पार्टी सभापति करण बि सि र संगठन बिभाग प्रमुख तुफान भण्डारी एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्दै रास्वपा पार्टी सभापति बि सि ले भिजन र सरल स्वभावकका उम्मेदवार सुर्य बहादुर थापा भएकाले आफुहरु नेकपा एमाले प्रवेश गरेको बताए ।रास्वापाको भिजन र कुनै राष्ट्रिय योजना समेत नभएकाले आफुहरु एमाले प्रवेश गरेका हौ ,पार्टी सभापति करन बि सि ले भने ।
सुर्य बहादुर थापा एक बिकास प्रेमी, उधोगपती समेत हुनुहुन्छ ,उहाँले पदमा भए पनि नभएपनी यश ठाउको बिकासमा उहाँको महत्त्वपूर्ण योगदान छ । आगामी दिनमा अझै उहाँले आफ्नो क्षेत्र बनाउन लाग्नु हुनेछ भन्ने बिस्वासका साथ आफूहरु नेकपा एमालेलाई जिताउन एमालेमा प्रवेश गरेको रास्वपा त्यागेर आएका मोहन्याल पार्टी संगठन बिभाग प्रमुख तुफान भण्डारीले बताए ।
एमाले केन्द्रिय सदस्य तथा निर्वाचन परिचान मुल समिती संयोजक कमला ओलि, कैलाली क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुर्य बहादुर थापा ले उनिहरुलाई स्वागत गरेका थिए । उनीहरूको प्रवेशले मोहन्याल गाउँपालिकामा एमाले बलियो देखिएको छ ।



















































































































































