सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे ¥याकमार्फत सामान भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा ५७२ रेल्वे ¥याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ ।नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले चालु आवमा रेल्वे ¥याक आउने क्रममा केही गिरावट आएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा १६ कम रेल्वे ¥याकमार्फत वस्तु तथा सामान भित्रिएका छन् ।

 

 

गत आवको छ महिनामा भने ५८८ रेल्वे ¥याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्जको सुुक्खाबन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ । एक पटकमा रेल्वे ¥याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ ।

 

 

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रेल्वे¥याकमार्फत हुने आयातमा १६ वटा रेल्वे¥याकमार्फत कमी आएको बताउनुभयो । चालु आवको साउनमा ९४ ¥याक, भदौमा ९० ¥याक, असोजमा १०१ ¥याक, कात्तिकमा ९१ ¥याक, मङ्सिरमा ९२ ¥याक र पुस महिनामा १०४ रेल्वे ¥याकमार्फत वस्तु तथा सामान ल्याइएको थियो ।

 

 

गत आवको साउनमा ९९ रेल्वे ¥याक, भदौमा १०२ वटा, असोजमा ११० वटा, कात्तिकमा ७९ वटा, मङ्सिरमा ९० र पुसमा १०८ रेल्वे ¥याकमार्फत वस्तु तथा सामान भित्राइएको थियो । सुक्खाबन्दरगाहमा विशेष गरी स्पन्ज आइरन,रासायनिक मलखाद, जिप्सन तथा फलाम, कोइलालगायतका आयात गर्ने गरिन्छ ।

 

 

यहाँको वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापन गर्ने प्रिष्टिन भ्यालीका ‘अपरेसन इञ्चार्ज’ अभिषेक मिश्रले भारतीय रेल्वे प्रणालीमा विगत दुई महिनाअघि देखिएको समस्या अहिले विस्तारै कम हुँदै गइरहेको बताउनुभयो । “केही महिनाअघिसम्म भारतको विहार राज्यमा निर्वाचन र चाडपर्वको कारणले पनि रेलसेवा केही प्रभावित भएको थियो”, उहाँले भन्नुभयो, “अहिले रेलसेवा केही सहज भइरहेको छ ।” उहाँले कोलकोत्ताबाट मालबाहक सामान बोकेको रेल्वे ¥याक वीरगञ्जसम्म आइपुग्न करिब आठ दिन लाग्ने र विशाखापटनमबाट भने करिब १० दिन लाग्ने दाबी गर्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९