निर्वाचनमा गण्डकी प्रदेशः जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी,  फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरू बस्तीबस्तीमा मतदाता रिझाउन पुगिसकेका छन् । हिमाल पहाड र तराईमा समेटिएको गण्डकी प्रदेश देशको मध्यभागमा भएको प्रदेश पनि हो । गण्डकीमा हुने गरेको गतिविधिले समग्र देशलाई प्रतिनिधित्व गर्छ ।
हिमाल पारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, स्याङ्जा गोरखा हुँदै तराईको जिल्ला नवलपुरसमेत जोडिएको यो प्रदेश ११ वटा जिल्लामा समेटिएको छ । उत्तरतर्फ चीनसँगको सिमाना कोराला र दक्षिणतर्फ भारतसँगको सिमाना त्रिवेणी जोडिएको प्रदेश भएका कारण यो दुबै छिमेकी राष्ट्रसँगको सिधा पहुँच भएको प्रदेश पनि हो । यहाँका ११ जिल्लामा रहेका १८ निर्वाचन क्षेत्रमा नै चुनावको तयारीमा दल तथा उम्मेदवारका गतिविधिहरू बढिरहेको छ ।
दल तथा उम्मेदवार वस्तीमा पस्दै गर्दा यतिखेर मतदाताहरू उम्मेदवारसँग विभिन्न प्रतिबद्धता खोजिरहेका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हिमाली क्षेत्रमा यसले पार्दै गएको असरको न्यूनीकरणको विषयलाई यहाँका स्थानीयले आसन्न निर्वाचनका उम्मेदवारहरूसँग प्राथमिकताका साथ उठाउने मुस्ताङको ठिनीका युवा निरज थकाली बताउनुहुन्छ ।
पछिल्लो समयमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर पारिरहेको बताउँदै उहाँले त्यसले गर्दा यहाँको कृषि प्रणालीमा पनि ठूलो प्रभाव पारिरहेको जानकारी दिनुभयो । “जलवायु परिवर्तनका कारण विगतमा हुने गरेको खेतीपाती हिमाली क्षेत्रमा हुन छोडेको छ”, उहाँले भन्नुभयो, “किसानहरूले भोगिरहेको यस समस्यालाई न्यूनीकरण गर्नेतर्फ राज्यको चासो पुग्नु अपरिहार्य छ ।” कृषिमा राज्यका तर्फबाट त्यही किसिमको लगानी हुनुपर्ने विषयमा चुनावमा भोट माग्न आउने उम्मेदवारसँग आफूहरू प्रतिबद्धता खोज्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
हिमाली क्षेत्रमा २०३२ सालदेखि अव्यवस्थित जग्गाको नापी हुन नसकेको र भूमिहीन सुकुम्बासीहरूलाई समस्या परिरहेको स्थानीयवासी बताउँछन् । सम्पन्न व्यक्तिहरूले जग्गामा स्याउलगायतका खेती गरे पनि भूमिहीनहरू त्यसबाट वञ्चित बनिरहेको उहाँले बताउनुभयो ।
पर्यटकीय गन्तव्य भए पनि त्यसको समुचित उपयोग हुन नसकेको बताउँदै उहाँले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायम गरिँदा त्यसले विदेशी पर्यटकको आगमनलाई प्रभावित बनाएको बताउनुभयो । जलवायु पविर्तनको असरको न्यूनीकरणसँगै कृषि, पर्यटनलगायतका विषय नै यस क्षेत्रका प्रमुख चुनावी मुद्दा रहेको स्थानीयवासीहरू बताउँछन् ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको कोराला नाकालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने पर्यटन सम्बद्ध व्यवसायीहरू बताउँछन् । चीनसँगको सीधा सम्पर्क रहेको कोरला नाकालाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न सकिएमा त्यसले गण्डकी प्रदेशको मात्र नभै समग्र नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । “कोराला नाकाको उपयोगसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा अन्तरराष्ट्रिय उडान हुनु आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेश पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र भएका कारण पर्यटन प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनु आवश्यक छ ।”
प्रदेशका प्राकृतिक एवं मानवनिर्मित सम्पदाले स्वदेशी वा विदेशी जो कोहीलाई लोभ्याउने गरेका छन् । तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङकोे लोमान्थाङ र मनाङ जिल्लामा पर्ने विश्वको सर्वोच्च उचाइको तिलिचो ताल लगायत प्राकृतिक छटा र सुन्दरता यहाँका प्रमुख पर्यटकीय आकर्षण हुन् । नदीनाला, मठमन्दिर र हिमशृङ्खलाको दृश्यावलोकनका गन्तव्यले गण्डकी प्रदेशमा पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
प्रदेशभित्रका कास्की जिल्लामा पर्ने फेवाताल, तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, मुस्ताङको मुक्तिनाथ, गोरखाको मनकामना, गोरखा दरबार, नवलपुरका गोरक्षमोक्षधाम, कैलाश आश्रम, वाल्मिकी आश्रम, मौलाकालिका, लमजुङको कालिका, तनहुँको ढोरबराह, छाब्दीबराह, थानीमाई, देवघाट आदि धार्मिक पर्यटकीय गन्तव्य हुन् । त्यस्तै स्याङ्जाको आलमदेवी, छायाँ क्षेत्र, बागलुङको कालिका, नवलपुर क्षेत्रका गजेन्द्र मोक्षधाम, कैलाश आश्रम, वाल्मीकि आश्रम, मौलाकालिका आदिलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने यहाँका मतदाता बताउँछन् ।
साहसिक पर्यटनको गन्तव्यसमेत रहेको गण्डकी प्रदेशभित्र पोखरामा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय, जीप लाइन, बञ्जी, अल्ट्रालाइटजस्ता पर्यटकीय गतिविधि सञ्चालनमा छन् भने पर्वत, बागलुुङजस्ता स्थानहरूमा साहसिक पर्यटनसँग जोडिएका अग्ला लामा पुलसँगै बञ्जी आदि रहेका छन् ।
पदयात्रा पर्यटनमा आकर्षक मानिएको प्रदेशभित्र अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी तथा माछापुच्छे« नमूना पदमार्ग, धौलागिरि पदमार्ग आदिका साथै नेपालको एकमात्र मध्यपहाडी क्षेत्रको तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने मिलेनियम ट्रेक पनि यही प्रदेशमा पर्दछ ।
पछिल्लो समयमा प्रवद्र्धन र विकास गर्न खोजिएको कास्कीको सिकलेस, ताङतिङ, लमजुङ घनपोखरा, सिउरुङलगायत स्थानबाट सुरु भई दूधपोखरी हुँदै मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको पर्यटन व्यवसायी बोबरजङ्ग गुरुङले बताउनुभयो ।

 

 

पदयात्रा पर्यटनसँगै गण्डकी प्रदेशको पर्यटकीय विकास नै यहाँको प्रमुख आवश्यकता रहेको उहाँले बताउनुभयो । गाउँ पर्यटनमा पनि उत्तिकै आकर्षक यस प्रदेशमा नेपालमा नै पहिलो घरवास सञ्चालन भएको सिरुवारीदेखि बागलुङको ढोरपाटन, लमजुङको घलेगाउँ हुँदै नवलपुरको अमलटारी, पिपरह आदि थुप्रै घरवासहरू पर्यटकलाई स्वागत गरिरहेका छन् ।
कृषिको विकास पनि यस प्रदेशको अर्को प्रमुख सम्भावना हो । स्याउ फल्ने हिमाली भेगदेखि अन्नको उर्बर भूमि तराईको नवलपुरसम्मका क्षेत्रमा भौगोलिक अवस्थिति अनुसार विभिन्न कृषिजन्य उत्पादन गर्न सकिन्छ । कृषिमा राज्यले चासो दिन सक्ने हो भने प्रदेशले देशका अन्य प्रदेशमा पनि यहाँको खाद्यान्न पु¥याउन सक्ने अगुवा कृषकहरू बताउँछन् ।
राज्यले कृषकहरूलाई प्रोत्साहित गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्ने कास्कीको सुरौदी क्षेत्रका अगुवा कृषक रमेश आचार्य बताउनुहुन्छ । “यस क्षेत्रमा कृषिका धेरै सम्भावना भएर पनि त्यसको उजागर हुन सकेको छैन”, उहाँले भन्नुभयो, “हाम्रा नदीनालाहरू सिँचाइका लागि उपयोग हुनुपर्नेमा तिनीहरूको कटान नियन्त्रण गर्न नसक्दा बर्सेनि खेतीयोग्य जमिनहरू पनि बगरमा परिणत भइरहेको छ ।” भएका नदीनालाहरूले बर्सेनि गर्ने गरेको कटान नियन्त्रण गर्दै त्यसको पानीलाई सिँचाइका लागि उपयोग गर्ने वातावरण निर्माण गर्नु अपरिहार्य भएको उहाँले बताउनुभयो ।
पछिल्ला समयमा कृषिप्रतिको अनिच्छा एवं बसाइँसराइका कारण खेतीयोग्य जमिनहरू बाँझा हुँदै गएका अवस्थामा राज्यको कृषकमैत्री नीति र प्रोत्साहन गर्ने किसिमका कार्यक्रम अपरिहार्य भएको उहाँको भनाइ छ । आसन्न निर्वाचनमा कृषकका यिनै समस्याको समाधान गर्ने गरी उम्मेदवारहरूसँग प्रतिबद्धता खोजिने उहाँले बताउनुभयो । पछिल्ला समयमा यस प्रदेशमा बाँदरको समस्या पनि गम्भीर रुपमा देखिएको कृषकहरूको दुःखेसो छ । बाँदरकै कारण खेतीपातीमा समस्या परिरहेको बताउँने कृषकहरू यसको नियन्त्रणका लागि तत्कालै राज्यका तर्फबाट उचित ध्यान दिनुपर्ने बताउँछन् । निर्वाचनमा भोट माग्न आउने उम्मेदवारहरूसँग बाँदरको नियन्त्रणका लागि उचित पहल बढाउनका लागि पनि प्रतिबद्धता खोज्ने कृषकहरूको तयारी छ ।

 

गण्डकी प्रदेशमा रहेर पनि प्रदेशको राजधानी आउन बागमती प्रदेश हुँदै घुमेर आउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने विषय नवलपुरवासीले गर्दै आएका छन् । नवलपुरबाट सीधा तनहुँको भिमादहुँदै पोखरा आउन सकिने भए पनि त्यस मार्गलाई अझै व्यवस्थित गर्न नसक्दा आफूहरू समस्यामा परिरहेको नवलपुरस्थित फारमका स्थानीयवासी बलराम आचार्यले बताउनुभयो । “नवलपुरबाट भिमाद हुँदै सीधा आउने बाटो भएर पनि त्यसलाई उचित व्यवस्थापन गर्न नसक्दा यस क्षेत्रका स्थानीयले प्रदेशको राजधानी पुग्न पनि चितवन हुँदै घुमेर आउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “नवलपुरबाट भिमाद हुँदै पोखरा आउने बाटोलाई व्यवस्थित रुपमा सञ्चालन गर्नेतर्फ राज्यको तत्काल ध्यान पुग्नु जरुरी छ ।”
आसन्न निर्वाचनका उम्मेदवारसँग प्रदेश राजधानीसँगको सिधा पहुँचका लागि यस बाटोलाई सुव्यस्थित रुपमा सञ्चालन गर्ने विषयलाई प्राथमिकताका साथ उठाउने उहाँले बताउनुभयो । पछिल्लो समयमा रोजगारीको समस्या पनि यहाँको ज्वलन्त समस्याका रुपमा रहेको बताउँदै उहाँले रोजगारीको सुनिश्चितका लागि उचित पहल हुनुपर्ने बताउनुभयो । स्वदेशमा नै रोजगारी सिर्जना गर्न सकेमा बढ्दो युवा पलायनलाई रोक्न सकिने बताउँदै उहाँले त्यसतर्फ राज्यको ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो ।
गण्डकी प्रदेशमा आसन्न निर्वाचनका लागि कुल १८ लाख ७० हजार ६५ जना मतादाता रहेका छन् । यसमा महिला मतदाता नौ लाख ५५ हजार ५१६ जना, पुरुष मतदाता नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । यस प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा विभिन्न २१ राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा छन् । प्रदेशमा सबैभन्दा थोरै मतदाता भएको मनाङमा छ हजार ८४९ जना मतदाता रहेका छन् । मनाङमा निर्वाचनका लागि २८ वटा मतदानस्थल निर्धारण गरिएको छ । प्रदेशको सबैभन्दा धेरै मतदाता रहेको कास्की जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा कुल दुई लाख ९३ हजार ८८ मतदाता हरेकामा १५० मतदानस्थल निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

इनरुवा(सुनसरी),  सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हँुदाएक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र...

राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर

काठमाडौँ, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गर्नुभएको छ । अध्यक्ष दाहालले रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत् तिमल्सेना, वासुदेव घिमिरे र महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गर्नुभएको छ ।   यसैगरी, सांसद रामकुमारी झाँक्री,...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

खोजी अभियान : चार दिनमा दुई सय २६ जना पक्राउ

काठमाडौँ,  नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियान अन्तर्गत दुई...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर, यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । त्यस्ता बालबालिकाको सिकाइ सुधारका लागि वडा कार्यालयको सहयोगमा कक्षा सञ्चालन गरिएको हो ।   हाल यहाँ कक्षा १ देखि ३ सम्म अध्ययनरत...

आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा गौतम निर्वाचित

काठमाडौँ,  नेपाल आयुर्वेद चिकित्सक सङ्घको अध्यक्ष पदमा डा शङ्कर गौतम निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धीका रूपमा डा सुवर्ण पौडेल हुनुहुन्थ्यो । सङ्घको यही चैत २० र २१ गते यहाँ सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९