बाँकेमा दलका पुरानै चुनावी एजेण्डा, अनुहार भने नयाँ

नेपालगञ्ज  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका उम्मेदवारले पुरानै एजेण्डा दोहो¥याएका छन् । प्रमुख पार्टीबाट निर्वाचनमा होमिनुभएका राजनीतिक दलका उम्मेदवार केहीबाहेक अधिकांश नयाँ अनुहारका छन् ।

 

यस पटक जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जिल्ला सचिव सुधान्सु कोइराला, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दीपेन्द्र विष्ट नयाँ अनुहारका रूपमा हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट इश्तियाक राई उम्मेदवार हुनुहुन्छ । उहाँ पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विवेककुमार श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ऋषिराज देवकोटा पनि नयाँ अनुहारका हुनुहुन्छ । विसं २०७९ को निर्वाचनमा राप्रपाका नेता धवलशम्शेर राणा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।

 

त्यस्तै बाँकेको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेल नयाँ उम्मेदवार हुनुहुन्छ भने एमालेका तर्फबाट सूर्य ढकाल पुराना उम्मेदवार हुनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीबाट नरेन्द्र पाण्डे (जेम्स) नयाँ अनुहारका हुनुहुन्छ ।

 

जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट अमरसिंह पुन, एमालेका तर्फबाट सुमन मल्ल, रास्वपाका खगेन्द्र नेपाली नयाँ अनुहार हुनुहुन्छ । प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, नेकपाले जिल्लामा विगतका निर्वाचनमा नभएका कामलाई प्राथमिकतामा राख्दै दिगो समाधानको खोजी गर्ने बताउँदै आएका छन् ।

 

उहाँहरूले भन्नुभएको छ, “आधारभूत रूपमा जनताका आवश्यकता पूरा गर्न सुधारका काम सम्पन्न गरेसँगै त्यसले परिवर्तनलाई आत्मसात् गर्नसक्छ ।” एमालेका उम्मेदवार राईले विगतका निर्वाचनमा विजयी भएपछि यहाँको विकास गर्नु, पर्यटन प्रवर्द्धन आफ्नो नेतृत्वमा भएको जिकिर गर्दै बाँकी रहेका कामलाई पूर्णता दिन आफू विजयी हुनुपर्ने तर्क गर्नुभयो । उहाँले शिक्षामा आधुनिकीकरण गर्दै नेपालगञ्जस्थित भेरी अस्पताललाई विशिष्टकृत अस्पतालका रूपमा व्याख्या गरिए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

 

राईले भन्नुभयो, “महेन्द्र बहुमुखी क्याम्पसको स्तरोन्नति, पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धन, कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नु अहिलेको आवश्यकता हो ।” त्यसबाहेक औद्योगिक करिडोर निर्माण, क्रिकेट रङ्गशाला, सुक्खा बन्दरगाहको स्थापना, युवा स्वरोजगारका कार्यक्रमलाई पूर्णता दिनुपर्नेलगायत काम बाँकी रहेका उल्लेख गर्नुभयो । उम्मेदवार राईले राप्तीनदी किनारमा भएको बस्ती जोगाउन र जमिनको कटान रोक्न तटबन्ध निर्माण गर्नुपर्ने बताउनुभयो ।

 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विष्टले नेपालगञ्जको ढल निकास र पूर्वाधारको विकासमा जोड दिँदै मदरसा शिक्षालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रको विकासका लागि ‘औद्योगिक ग्राम’ स्थापना हुनुपर्ने उल्लेख गर्दै नेपालगञ्जलाई आइटी र नवप्रर्वतनको हबका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

“यस क्षेत्रमा लागुऔषध दुव्र्यसनको ठूलो समस्या छ, यसलाई नियन्त्रण गर्न विशेष संयन्त्र निर्माणमा जोड दिनुपर्छ”, विष्टले भन्नुभयो ।  जेनजी आन्दोलनको मर्म भ्रष्टाचारमुक्त समाज र सुशासन भएकामा जोड दिँदै उहाँले डुडुवामा राप्ती नदीले गरेको कटान रोकेर दिगो समाधान खोज्न पहल गरिने बताउनुभयो ।

 

निर्वाचन क्षेत्र नं २ का कांग्रेसका उम्मेदवार कोइरालाले जनताले सुशासनसहित समृद्ध समाजको अपेक्षा गरेका उल्लेख गर्दै निर्वाचित भएर गएपछि जनताको मर्म अनुसार भ्रष्टाचारमुक्त समाज निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘हामीले जिताएका जनप्रनिनिधि निर्वाचित भएपछि गाँउ छिरेनन्’ भन्ने जनगुनासो रहेकाले आफू जनताको नजिक रहेर काम गर्ने विश्वास दिलाउनुभयो ।

 

उम्मेदवार कोइरालाले जेनजी आन्दोलनपछि पार्टीले नीति र नेतृत्व परिवर्तन गरेको जानकारी दिँदै निष्ठाको राजनीतिलाई स्थापित गर्ने प्रयत्न गर्ने बताउनुभयो । निर्वाचन क्षेत्र नं २ मा मलखादको समस्या रहेकामा विज्ञ टोली गठन गरेर समाधान गरिने, कृषिमा रुपान्तरण आवश्यक भएकाले नीतिगत परिवर्तन गर्ने उहाँले उल्ल्ेख गर्नुभयो । उहाँले भौतिक पूर्वाधारको विकाससँगै भेरी अस्पतालमा विपन्न समुदायको पहुँच स्थापित गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नति गर्नेलगायत योजना अघि सार्नुभएको छ ।

 

निर्वाचन क्षेत्र नं १ का उम्मेदवार ढकालले राप्ती नदीका कतिपय क्षेत्रमा पुल नहुँदा एम्बुलेन्स र दमकल पनि जान सक्ने अवस्था नरहेकाले त्यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले कोहलपुर चप्परगौँडी हुँदै घुइँयाबारी जोड्ने बाटोसहित पर्यटकीय मार्गको विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै नरैनापुर क्षेत्रमा शिक्षा, खानेपानी र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

 

कोहलपुरमा सुविधासम्पन्न बाल अस्पताल, क्रिकेट मैदानको निर्माणसँगै राष्ट्रिय योजनाका रूपमा रहेको सिक्टा सिँचाइ योजनालाई पूरा गर्न आवश्यक भएको ढकालको भनाइ छ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेको क्षेत्र नं १ मा एक लाख २४ हजार ७२७, क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा १४, निर्वाचन क्षेत्र नं २ मा २० र निर्वाचन क्षेत्र नं ३ मा २२ जना गरी कूल ५६ जना चुनावी मैदानमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९