निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

रसुवा, जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसंग आग्रह गरेको छ । निर्वाचनका सन्दर्भमा विहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएकाले यसलाई स्वच्छ, पारदर्शी र विवादरहित बनाउन सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो ।
 

 

उहाँले पत्रकारिता क्षेत्रलाई समाजको ‘चौथो अङ्ग’का रूपमा उल्लेख गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना देखिए, सुने वा थाहा पाए तुरुन्त जिल्ला प्रशासन कार्यालय वा तोकिएका अनुगमन अधिकृतलाई जानकारी गराई सहयोग गर्न अनुरोध गर्नुभयो । अनुगमन अधिकृतमा प्रमुख कोष नियन्त्रक सन्ध्या कार्की र सहायक प्रजिअ द्रुवप्रसाद अधिकारी रहनुभएको छ ।
 

 

प्रजिअ पन्थीका अनुसार निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धानलगायत सुरक्षा निकाय परिचालन भइसकेका छन् । साथै निर्वाचनका लागि भर्ना गरिएका अस्थायी निर्वाचन प्रहरीलाई आवश्यक सुरक्षा तथा कानुनी प्रशिक्षण प्रदान गरी नियमित सुरक्षा संयन्त्रसँगको निर्देशन एवं समन्वयमा काम गर्न खटाइसकिएको जानकारी दिँदै प्रजिअ पन्थीले जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाइएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ,“मतदाता सबैले निर्धक्क र निडर भएर मतदान गर्नसक्ने वातावरण सुनिश्चित गरिएको छ ।”
 

उहाँले दैनिक रूपमा गस्ती तथा पेट्रोलिङ कार्य भइरहेको र संवेदनशील क्षेत्रको विशेष निगरानी बढाइएको पनि जानकारी दिनुभयो । निर्वाचनको समयमा सरकारी स्रोतसाधन दुरुपयोग हुन नदिन प्रशासन सचेत रहेको उल्लेख गर्दै उनले सुरक्षा कार्यबाहेक अन्य प्रयोजनका लागि कुनै पनि सरकारी सवारीसाधन प्रयोग गर्न नपाइने स्पष्ट पार्नु भयो ।
 

यदि यस्ता सवारी निजी काममा प्रयोग भइरहेको भेटिएमा तत्काल प्रशासनलाई सूचना दिन उहाँले पत्रकार तथा सर्वसाधारणलाई अनुरोध गर्नुभयो ।  निर्वाचन आचारसंहिताविपरीत कुनै पनि जनप्रतिनिधिले आफू निर्वाचित भएको पालिका क्षेत्रभित्र कुनै दल वा स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने प्रावधान रहेको उल्लेख गर्दै प्रजिअ पन्थीले त्यस्ता गतिविधि रोक्न सञ्चारमाध्यमको निगरानी अपरिहार्य हुने बताउँदै निष्पक्ष सूचना प्रवाह र सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
 

 

यस्तै, यही फागुन ३ गतेदेखि १७ गतेसम्म जिल्लाभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने कार्यतालिका तयार भइसकेको जानकारी दिँदै उक्त अभियान सफल बनाउन सञ्चारकर्मीको सक्रिय सहभागिता आवश्यक छ भन्नुभयो । मतदाता शिक्षा कार्यक्रममार्फत मतदान प्रक्रियामा मतपत्रको प्रयोग, मतदान केन्द्रमा आचारसंहितालगायत विषयमा जनचेतना दिइनेछ ।कार्यक्रममा निर्वाचनमा खटाइने कर्मचारीको नामावली पनि तयार भइसकेको जनाइएको छ । प्रजिअ पन्थीले ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई निर्वाचन कार्यमा नखटाइने नीति स्पष्ट पार्दै प्रशासनले तटस्थता र निष्पक्षता कायम राख्न विशेष सावधानी अपनाइरहेको बताइयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले निर्वाचन अवधिमा सूचना प्राप्ति, सुरक्षा समन्वय, समाचार सङ्कलनमा सहजता तथा आचारसंहिता कार्यान्वयनसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । प्रशासनका तर्फबाट ती जिज्ञासाको जवाफ दिँदै आवश्यक सहकार्य र सूचना प्रवाहमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
स्थानीय प्रशासनले निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रूपमा शान्तिपूर्ण र विश्वसनीय ढङ्गले सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा सर्वसाधारण नागरिकको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै सहकार्य र अनुशासनमा जोड दिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९