काठमाडौँ, आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो ।
नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान दिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए । लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११÷११ रन जोडे ।वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक/एक विकेट लिए ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































