दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

खोटाङ,  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो ।

 

 

दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण कम्पनीले रु एक करोड सात लाख ७७ हजार ८४७ मा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाउन सुरु गरेको भौतिक पूर्वाधार कार्यालयका अधिकृत सीताराम राउतले जानकारी दिनुभयो ।

 

 

दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित घर्तीभिर बाधक बन्दै आएको थियो ।सगरथामा लोकमार्गको दिक्तेल–गाईघाट सडकको कहुरे–फोक्सिङटार सडक लामो भएपछि दिक्तेल–रेग्मीटार सडक निर्माण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।

 

 

“दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक साढे १७ किलोमिटर छोटो छ । दिक्तेल बजारबाट तराई जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक भएकाले भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन गराइएको हो”, उहाँले भन्नुभयो, “नगरपालिकाको रु डेढ करोड बढी बजेटमा दिक्तेलबाट घर्तीभिरसम्म र रेग्मीटारबाट घर्तीभिरसम्म दुवैपट्टिको कच्ची सडक निर्माण भइसकेको छ । घर्तीभिरमा ठूला चट्टान रहेकाले प्रदेश सरकार गुहारेका हौँ । यही वर्षबाट सडक सञ्चालन गर्नेगरी प्रदेश सरकारबाट प्राप्त बजेटले काम सुरु गरिएको छ ।”

 

 

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा पूर्वी तराईका विभिन्न जिल्ला यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । घर्तीभिरमा रहेको चट्टान फुटाउन तथा यसअघि निर्माण गरिएका सडक सफा गर्नेगरी यस आर्थिक वर्षका लागि ठेक्का लगाइएको लेखा अधिकृत राउतले जानकारी दिनुभयो ।

 

 

तीव्रगतिमा निर्माण भइरहेको दिक्तेल–रेग्मीटार सडकमा पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम पनि भइरहेको छ । प्रदेश सडक पुल सहयोग एकाई इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पूर्वाधार विकास कार्यालय खोटाङमा प्राप्त रु तीन करोड बजेटमा ठेक्का आह्वान गर्दा पिङ्गला अन्सुरी फूलबारी जेभीले रु दुई करोड ७० लाखमा सम्झौता गरेर ट्रस पुल निर्माणको काम सुरु गरेको कार्यालयका कन्सल्टेन्सी इन्जिनियर अङ्कित भट्टराईले जानकारी दिनुभयो ।

 

दिखुवाखोलामा मोटरेबल पुल निर्माणका लागि गत जेठमै कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो । ट्रस प्रयोग गरेर निर्माण गरिने मोटरेबल पुलका लागि आवश्यक स्टिल ट्रष्ट कोशी प्रदेश सडक पुल सहयोग एकाइ इटहरीले निर्माण कम्पनीलाई उपलब्ध गराएको जनाइएको छ ।

 

दिखुवाखोलामा निर्माण सुरु गरिएको ट्रस पुलका लागि आवश्यक रु दुई करोड बढीको स्टिल ट्रस निर्माणस्थलमा झारिएको जनाइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–रेग्मीटार सडकको दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षात्को समयमा करिब छ महिना यातायात ठप्प हुँदै आएको छ ।

 

कालोपत्रको काम अलपत्र परेको दिक्तेल–महुरे (२० किलोमिटर) तथा महुरे–राजापानी–रेग्मीटार सडक (२९ किलोमिटर) गरी दिक्तेल–रेग्मीटार सडक (५९ किलोमिटर) लामो छ । प्रदेश सरकारको लगानीमा निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक कालोपत्र हुँदै गरेको दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो हुने भएपछि जिल्लावासी पनि उत्साहित बनेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९