पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान

तानसेन (पाल्पा),  जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका निर्वाचन प्रहरीले रक्तदान गरेका छन् । जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्यले निर्वाचन प्रहरीले रक्तदान गरेका हुन् ।

 

बिहानदेखि साँझसम्म निर्वाचन सुरक्षाका लागि तालिम तथा प्रशिक्षणमा खटिएका निर्वाचन प्रहरीले समय मिलाएर रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । जिल्ला प्रहरी कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाइटी पाल्पाको प्राविधिक सहयोगमा प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

 

निर्वाचन सुरक्षाको जिम्मेवारीसँगै रक्तदानमार्फत बिरामीको ज्यान बचाउने पवित्र कार्यका लागि रक्तदान गरेको तालिममा सहभागी निर्वाचन प्रहरी कमल भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचन सुरक्षामा खटिन पाउँदा गौरव लागेको छ, त्यसमाथि पनि रक्तदान गरेर कसैको ज्यान बचाउन पाउँदा झनै खुसी छु ।”

 

निर्वाचन प्रहरीको मुख्य उद्देश्य निर्वाचनलाई शान्तिपूर्ण बनाउनु हो । नागरिकको सुरक्षासँगै नागरिकको जीवन बचाउनु प्रहरीको धर्म हो । निर्वाचन प्रहरीले देखाएको यो मानवीय भावनाले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताउनुभयो । निर्वाचन प्रहरीले रक्तदानमा देखाएको सक्रियताले समुदाय र प्रहरीको आपसी सहकार्यबाट शान्तिपूर्ण समाज निर्माणको बाटो देखाएको उहाँको भनाइ छ ।

 

यहाँ लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र पाल्पा अस्पताल गरी तीनवटा ठूला अस्पताल सञ्चालनमा छन् । यी अस्पतालमा दैनिक हुने जटिल शल्यक्रिया, सुत्केरी र विभिन्न सडक दुर्घटनाका घाइतेको उपचारका लागि रगतको माग उच्च हुने गरेको छ । जिल्लामा रगत व्यवस्थापनका लागि यहाँस्थित रेडक्रसले गत भदौदेखि तानसेनमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ ।

 

केन्द्रका अनुसार पाल्पामा दैनिक १० युनिट, मासिक तीन सय युनिट र वार्षिक रूपमा करिब तीन हजार ६०० युनिट रगत आवश्यकता पर्दछ । यस्तो अवस्थामा सुरक्षाकर्मीले गरेको यो योगदानले रगतको अभाव टार्न ठूलो सहयोग पुर्‍याएको जिल्ला रेडक्रसका कार्यालय प्रमुख विनोद भारतीले बताउनुभयो ।

 

“निर्वाचन प्रहरीले रगतको अभावमा छट्पटाइरहेका बिरामीका लागि ‘जीवनदाता’ बनेर नयाँ पहिचान बनाएका छन् । यहाँका २५ जना निर्वाचन प्रहरीले रक्तदान गरेका हुन्”, उहाँले भन्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९