चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौँ,  सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत बच्चादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।काठमाडौँको चन्द्रागिरि नगरपालिका, मोरङको इटहरी उपमहानगरपालिका, महोत्तरीको बर्दिवास नगरपालिका,स्याङ्जाको बालिङ नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य सेवा विभागका नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरादेवी निरौला जानकारी दिनुभयो ।

 

 

ती नगरपालिकाको प्रत्येक वडामा एक जना नर्सले खटिई स्थानीयवासीको स्वास्थ्यसम्बन्धी पूर्ण तथ्याङ्क सङ्लन, स्वास्थ्य अवस्थालगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने उहाँले बताउनुभयो । “घरदैलो कार्यक्रममा नर्सहरु प्रत्येक घरमा गई गर्भवतीदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचसम्मको डिजिटल प्रोफाइल तयार गरिन्छ”, उहाँले भन्नुभयो, “ती व्यक्तिको स्वास्थ्य जोखिमको आधारमा समय समयमा उपचारात्मक सेवा प्रदान गर्ने गर्दछन् ।”

 

 

चन्द्रागिरि नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले विगत तीनवर्षदेखि नगरपालिकाका १५ वटै वडामा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै यसबाट मार्फत बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लाभान्वित भएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रम अन्तर्गत सुरक्षित मातृत्व र नसर्ने रोगको सेवा वढी प्रभावकारी छन् । उहाँले भन्नुभयो “घरदैलोमा पुगेको समयमा नर्सहरुले रक्तचापको जाँच, मघुमेह, उच्चरक्तचाप, शरीरको तौललगायतको परीक्षण गर्दछन् ।” घरमा नै स्वास्थ्य जीवनशैली प्रवद्र्धन गरी सर्ने र नसर्ने रोग कम गराउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोको भनाइ रहेको छ ।

 

 

नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक निरौलाले नर्सिङ घरदैलो कार्यक्रममा खटिने नर्सले गर्भवती, सुत्केरी, सुत्केशीपश्चात्, नवशिशु स्वास्थ्य, बालस्वास्थ्य, किशोरकिशारी स्वास्थ्य, वयस्कदेखि ज्येष्ठ नागरिकलाई घरमा गई नियमित स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसमेत प्रदान गर्ने बताउनुभयो । यस्तै मानिसलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, मानसिक स्वास्थ्य, स्तन क्यान्सरसमेतको जनचेतना फैलाउने छन् ।

 

 

यस्तै घरघरमा पुगी नर्सहरुले मानिसको व्यवहार गर्ने, स्वस्थ जीवनशैली र सन्तुलित खाना खान प्रोत्साहन र धुम्रपान तथा मध्यपान निरुत्साहित समेत गर्ने छन् । कार्यक्रमले गर्दा बर्दिवास नगरपालिकामा संस्थागत रुपमा सुत्केरी गराउने बढेको महाशाखाका निर्देशक निरौलाले जानकारी दिनुभयो । उहाँले अन्य स्थानीय तहमा पनि चाँडै कार्यक्रम लागू गर्ने बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९