कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले आफूले बोलेका वाचाहरू सबै पूरा गरिसकेको बताएका छन्। सामाजिक सञ्जालमा मलाई यसो गरेन उसो गरेन भन्छन् तर म यहीबाट भन्न चाहन्छु मैले गरेका कामहरू मैले महायज्ञमा बोलेका सबै वाचाहरू र अन्य समयमा बोलेका मैले कुराहरु मैले विद्यालयको हितका लागि पुरा गरिसकेको बताएका छन्। त्यसैगरी स्वर्गीय वडा अध्यक्ष नन्दाराम गिरी ‘नवीन’ यहाँ हामी माझ नभए तापनि मैले यो वडामा अभिभावक बिहिन हुन दिएको छैन। मैले सबैभन्दा धेरै बजेट यही वडामा पठाएको बताए ।
त्यसैगरी कार्यक्रममा अतिथिहरूमा मोहन्याल गाउँपालिका कार्यपालिका सदस्य तथा मोहन्याल गाउँपालिका वडा नम्बर ३ कि वडा सदस्य नानी दमाई, वडा सदस्य रतन भाट, जनचेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अनिल टमट्टा, हिमालय सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि मानबहादुर धामी , शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पूरन राज भारती, बडपानी सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि गणेश टमट्टा, शान्ति माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक नन्द बहादुर बस्नेत, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर शाह, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्पबहादुर शाही, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज सहकारी, चाँदी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सुनार, राष्ट्रिय आधारभूत सल्लेरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बुढा, शान्ति माध्यमिक विद्यालयका पूर्व शिक्षक अभिभावक सङ्घका अध्यक्ष मोती टमटा, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष भवानीप्रसाद देवकोटा, पूर्व प्रधानाध्यापक रामबहादुर थापा , पूर्व प्रधानाध्यापक मिनबहादुर दर्लामी, संस्थापक शिक्षक टेकराज भारती, लालीगुराँस आधारभूत विद्यालय बुढीआमकी प्रधानाध्यापक टिकासरा बस्नेत, एनसी बोर्डिङ स्कुलका प्रधानाध्यापक धिरन बस्नेत, चाँदनी आधारभूत विद्यालयका प्रधानाध्यापक सीता जैसी, देउराली आधारभूत विद्यालय पत्थरगढका प्रधानाध्यापक थीरीसरा बस्नेत, बुढीआम सिँचाइ प्रणालीका अध्यक्ष चक्रबहादुर थापा, बढपानी सिँचाईका अध्यक्ष प्रदिप बटाला, जुलुकेनी सिँचाइका अध्यक्ष जङ्गे टमटा, मालिका महिला सञ्जालकी अध्यक्ष एलिना केसी, बुद्ध युवा क्लबका अध्यक्ष चित्रबहादुर बुढाथोकी, मोहन्याल युवा क्लबका अध्यक्ष गोरख बोहरा, जनस्वास्थ्य अधिकृत फलेबिसौना स्वास्थ्य इकाई तथा वडा नम्बर ३ का सचिव प्रकाश थापा मगर, भलिबल खेलका राष्ट्रिय रेफ्री पदम प्रसाद देवकोटा, समाजसेवी खडकराज देवकोटा र समाजसेवी नवलसिंह टमट्टा लगायतका अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थी अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालक शिक्षक हर्क बहादुर बोहराले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न नृत्य विद्यालय प्रति योगदान पुर्याउने व्यक्तिहरूलाई मायाको दोसल्ला ओडाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो। वर्षभरि कार्यक्रममा प्रथम द्वितीय तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरेको थियो।

























































































































































