दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर

महोत्तरी,  आसन्न प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कँदै गर्दा दलहरूले सार्वजनिक सभा आयोजना गर्न थालेपछि थप चहलपहल बढेको छ । पछिल्ला एकदुई दिनभित्र जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा दलका शीर्षनेताको सहभागितामा सम्पन्न चुनावी सभाले चहलपहल निकै बढाएको हो ।

 

 

निर्वाचनमा मनोनयनपत्र दर्ता गरेसँगै दल र उम्मेदवारलाई चुनाव लागे पनि आम मतदातामा खासै उत्साह नबढेको आम प्रतिक्रिया पाइन्थ्यो । तर पछिल्ला एकदुई दिनभित्र दलहरूले आयोजना गरेका सभामा शीर्षनेता नै मुख्य वक्ता रहेका कार्यक्रमले आम मतदातामा चुनावी चासो र प्रतिक्रिया बढेको बुद्धिजीवीले औँल्याएका छन् ।

 

 

“यसअघि दल र उम्मेदवार प्रचारप्रसार र भेटघाटमा हिँडे पनि आमजनतामा खासै उत्साह देखिन्नथ्यो”, भङ्गाहा–४ रामनगरका बासिन्दा अवकासप्राप्त शिक्षक रघुवीर साह भन्नुहुन्छ, “अब भने दलहरूका विभिन्न ठाउँमा सम्पन्न सभापछि आममतदातामा चुनावी चासो ह्वात्तै बढेको छ ।” बुधबारमात्र क्षेत्र नं १ को बर्दिबास, क्षेत्र नं २ को बलवा, क्षेत्र नं ३ को जलेश्वर र क्षेत्र नं ४ को सम्सीमा विभिन्न दलका शीर्षनेताले सम्बोधन गरेका सभाले चुनावी लहर निकै बढाएको साहको ठम्याइ छ । बुधबार बर्दिबासमा रास्वपाका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आआफ्ना दलले आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

 

 

त्यसैगरी, बलवामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । सोही दिन जलेश्वर र सम्सीमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएको चुनावी सम्बोधनपछि जिल्लाका नगर÷गाउँ बस्तीमा नेताहरूबाट व्यक्त विचारबारे प्रतिक्रिया बाक्लिँदै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठबाट अवकासप्राप्त सहप्राध्यापक ध्रुव रायको कथन छ ।

 

 

 

“यी सभामा नेताबाट भएका सम्बोधनमा व्यक्त विचारबारे अहिले मतदाता खुलेर छलफल गरिरहेका देखिन्छन्”, राय भन्नुहुन्छ, “चुनावको दिन नजिकिएकै बेला आमजनतामा बढेको चासोले मतदानमा सहभागिता बढाउने अड्कल गर्न सकिन्छ ।” खुला प्रचारप्रसारको अवधि आउने आइतबारसम्म रहेको हुँदा यसबीच अन्य दलले पनि सभाका कार्यक्रम राख्न सक्ने सम्भावना छ ।

 

 

“जसले सभा आयोजना गरे तिनको प्रतिक्रियासँगै र सुन्न बाँकी दलका नेताहरूको सम्बोधनको पनि मतदातालाई पर्खाइ छ”, नेपाल सरकारको कृषि सेवा क्षेत्रको उपसचिवबाट अवकासप्राप्त भङ्गाहा–४ थारूटोल बनराका ७० वर्षीय ताराबहादुर भुजेल भन्नुहुन्छ, “केही दिन पहिलेसम्म चुनावी अभियानबाट बेखबर रहेका मतदाता अहिले सभा आयोजन गर्न बाँकी दलका कार्यक्रम कहिले हुन्छ भनेर चासो राखेका भेटिन्छन् ।” यसले चुनावी माहोल बढाउन र मतदानमा सहभागी बन्न हौस्याउने भुजेलको भनाइ छ ।

 

 

यसपालिको निर्वाचनमा यसअघिका भन्दा आचारसंहिताका विषय कडाइका साथ उठ्दा अहिलेसम्म भोजभतेरका कार्यक्रम नदेखिएको अभियानलाई नजिकबाट नियालिरहेकाहरूको टिप्पणी छ । “यसपालि टोलैपिच्छे यसअघि देखिने मदिरासहितको चुनावी भोजभतेर अहिलेसम्म देखिएको छैन, एकाध दलबाहेक भड्किलो प्रचार पनि छैन”, विगतमा जिल्ला विकास समितिको सदस्य रहिसक्नुभएका मनराशिशवा नगरपालिकाको सरपल्लो बस्तीका बासिन्दा कौशलकिशोर साह भन्नुहुन्छ, “यो अवस्था मतदानको दिनसम्म कायम रहनसके यसपालिको निर्वाचन मर्यादित बन्ने पनि आस पलाएको छ ।” यद्यपि भड्किलो प्रचारमा देखिएका केही दललाई यस्तो कार्यमा अङ्कुश लगाउँदै कारागारबाट भागेका, सुरक्षा निकायका हातहतियार खोसेका र अन्य निर्वाचन भाँड्न सक्ने व्यक्ति र समूहको निगरानी भने प्रहरी प्रशासनले गर्न सक्नुपर्ने साहको सुझाव छ ।

 

 

अलि ढिलो भए पनि अहिले मतदातामा बढेको चासोलाई दल र उम्मेदवारहरूले यसबीचमा हुने भेटघाटमा सकारात्मक तवरले छलफल बढाउनपर्ने बुद्धिजीवीहरूको मत छ । यस्ता छलफलमा आफ्ना कुरा लाद्नभन्दा जनताका कुरा बढी सुन्ने, भएका र औँल्याइएका गल्ती कमजोरी स्वीकार गर्दै सच्चिने वाचा गर्ने र सम्भव हुने वाचाहरू मात्र गर्ने गरे दल र उम्मेदवारबारे विश्वसनीयता बढ्ने एवं लोकतान्त्रिक परिपाटी सुदृढ हुँदै जाने बर्दिबास–३ कालापानीका बासिन्दा नेपाल सरकारको उपसचिव सेवाबाट अवकासप्राप्त रामकुमार कार्की बताउनुहुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९