आयोगका सचिव राउत भन्नुहुन्छ, ‘निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ’

काठमाडौँ, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक श्रृङ्खला ‘रासस पडकास्ट’मा उहाँले यस पटकको निर्वाचन हरेक नेपाली नागरिकले आफ्नो प्रतिनिधि चयन गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको बताउनुभयो ।

 

 

सचिव राउतले भन्नुभयो, “मुलुकमा शान्ति, समृद्धि र सुशासन सुनिश्चित गर्न लागि मतदातालाई उत्साहपूर्वक मतदान केन्द्रमा उपस्थित भई समयमै मतदान गर्न आयोगका तर्फबाट आग्रह गर्दछु ।” निर्वाचनको माहोल अत्यन्त सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले यसलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालासँग अनुरोध गर्नुभयो ।

 

सचिव राउतले चुनावका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन भइसकेको र सबै निर्वाचन क्षेत्रमा मतपत्रसहितका ती सामग्री पुगिसकेको जानकारी दिनुभयो । हिमाली क्षेत्रका कतिपय मतदान स्थलमा हेलिकप्टमार्फत निर्वाचन सामग्री पु¥याउने क्रम सुरु भइसकेको छ ।

 

“अधिकांश जिल्लामा मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने, दुर्गम क्षेत्रका मतदान केन्द्रमा कर्मचारी परिचालन गरिसकिएको छ”, उहाँले भन्नुभयो । देशका १० हजार ९६७ मतदान स्थलका २३ हजार ११२ मतदान केन्द्रमा यही फागुन २१ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

 

हाल देशभर करिब दुई लाख १५ हजार कर्मचारी तथा निर्वाचन प्रहरीसहित तीन लाख ३९ हजार सुरक्षाकर्मी निर्वाचन व्यवस्थापनमा खटिइएका सचिव राउतले जानकारी दिनुभयो ।

 

 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, त्रुटिरहित र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व निर्वाचन आयोग भएको जनाउँदै सचिव राउतले उक्त दायित्व पूरा गर्न नेपाल सरकारले आवश्यक स्रोत–साधनसहित पूर्ण सहयोग प्रदान गरेको बताउनुभयो । “निर्वाचन सामग्री व्यवस्थापनदेखि जनशक्ति परिचालनसम्मका कार्यमा सङ्घीय, प्रदेश र स्थानीय तहका सबै निकायको सक्रिय समन्वय रहेको छ”, उहाँले भन्नुभयो, “देशका छ हजार ७४३ वडामै मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ ।”

 

सचिव राउतले शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा सबै प्रदेशमा ‘कमाण्ड पोस्ट’ स्थापना गरी प्रदेश सरकारका प्रमुख सचिव, सम्बन्धित मन्त्रालयका अधिकारी र सुरक्षा निकायका प्रमुखबीच आवश्यक समन्वयका साथ सुरक्षा तथा व्यवस्थापकीय कार्य अघि बढाइएको बताउनुभयो ।

 

तीनै तहका सरकार, सुरक्षा निकाय, सञ्चार क्षेत्र, राजनीतिक दल, उम्मेदवार र आम मतदाताको उत्साहजनक सहयोग रहेको जनाउँदै उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न हुनेमा आयोग पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

 

निर्वाचन प्रयोजनका लागि यही फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारको अवधि तोकिएको छ । राजनीतिक दल र उम्मेदवार चुनावी प्रचारप्रसारमा सघन रुपले जुटिरहेका छन् ।

 

मतदातालाई स्वतन्त्र रूपमा विवेक प्रयोग गर्ने वातावरण सुनिश्चित गर्नु सरकार र सम्बन्धित निकायको दायित्व रहेको बताउँदै सचिव राउतले हालसम्म कुनै अप्रिय घटना नदेखिएको र आगामी दिनमा पनि अवस्था सहज रहने विश्वास व्यक्त गर्नुभयो ।

 

 

मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक वडामा स्थानीय भाषामा स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै सचिव राउतले आमसञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत ‘डिजिटल भोटर एजुकेशन’ कार्यक्रम पनि सञ्चालन गरिएको बताउनुभयो ।

 

“आयोगले ‘इलेक्सन इन्फर्मेसन डिसिमिनेसन एण्ड कोअर्डिनेसन सेन्टर’ स्थापना गरी मिडिया सेन्टरमार्फत सूचनाको प्रभावकारी प्रसार गरिरहेको छ, यस प्रयासबाट बदर मतको सङ्ख्या विगतभन्दा घट्ने अपेक्षा गरिएको छ”, सचिव राउतले भन्नुभयो, “बदर मतलाई न्यूनतममा झार्न निरन्तर सुधार र प्रयास जारी रहनेछ ।” मतदाता शिक्षालाई अझ व्यवस्थित र प्रभावकारी बनाइएको जानकारी दिँदै उहाँले ७७ जिल्लामा मतदाता शिक्षाका लागि छुट्टै सम्पर्क तथा समन्वयकर्ता तोकिएको बताउनुभयो ।

 

प्रचारप्रसारको सन्दर्भमा साविकको तुलनामा सामाजिक सञ्जालको प्रयोग निकै विस्तार गरी आयोगको आधिकारिक फेसबुक, टिकटक, युट्युबलगायत डिजिटल माध्यममा मतदाता शिक्षाका सामग्री राखिएको बताउनुभयो । मतदाता शिक्षामा भाषिक विविधतालाई विशेष प्राथमिकता दिइएको र मतदाता शिक्षालाई समावेशी र प्रभावकारी बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।

 

 

निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि स्पष्ट संयन्त्र स्थापना गरिएको जानकारी दिँदै सचिव राउतले केन्द्र र जिल्लास्तरमा आचारसंहिता अनुगमन समिति गठन गरिएको बताउनुभयो । आयोगले यसपटक ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखहरूलाई आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ ।

 

हालसम्म ७७ जिल्लामा दर्ता भएका एक हजार ६१ वटा आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी फछ्र्यौट गरिएको छ । कतिपय प्रकरणमा आयोगले आफैं निर्णय गरेर कारबाही गर्ने गरेको छ भने केही विषय सम्बन्धित जिल्लामा पठाएर प्रक्रिया अगाडि बढाएको छ ।

 

कतिपय उम्मेदवार तथा व्यक्तिहरूसँग आचारसंहिता उल्लङ्घनका विषयमा स्पष्टीकरण माग गरिएको आयोगले जनाएको छ । आचारसंहिता कार्यान्वयनमा आयोगले सुरुदेखि नै दण्डात्मक भन्दा पनि प्रवद्र्धनात्मक दृष्टिकोण अपनाएको सचिव राउतले जानकारी दिनुभयो ।

 

“आचारसंहिता कार्यान्वयनका सन्दर्भमा विगतको अनुभवलाई सुधार गर्दै व्यवस्थित, प्रविधिमैत्री र समन्वयात्मक ढङ्गले काम गरिएको छ”, उहाँले भन्नुभयो, “यसको मूल लक्ष्य भनेकै स्वच्छ, निष्पक्ष, सहभागितामूलक र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु हो ।”

 

सचिव राउतले मौन अवधिमा हुनसक्ने बाह्य टिप्पणी र प्रचारप्रसार नियन्त्रण गर्न आयोगले विशेष कानुनी व्यवस्था तथा संयन्त्र बनाएको जानकारी दिनुभयो । उहाँले मौन अवधिमा निर्वाचन प्रतिकूलका गतिविधिको सुक्ष्म निगरानी, जानकारी संकलन र आवश्यक कारबाहीका लागि विशेष संयन्त्रको व्यवस्था गरिएको बताउनुभयो ।

 

यसपटकको निर्वाचनमा ‘क्याम्पेन फाइनान्सिङ’ नियमनका लागि निर्वाचन आयोगले दल र उम्मेदवारलाई बेग्लै बैंक खाता सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी दिँदै सचिवले राजनीतिक दल र प्रत्यक्ष उमेदवारले प्रचारप्रसार खर्च बैंकमार्फत नै गर्नुपर्ने बताउनुभयो ।

 

“विवरण आयोगमा बुझाइसकेपछि तोकिएको समयमा खाता बन्द गर्नुपर्ने व्यवस्था छ । यसले वित्तीय पारदर्शीता सुनिश्चित गर्दै प्रचारप्रसार गतिविधिको नियमनमा सहयोग पुर्याउँछ”, उहाँले भन्नुभयो । मौन अवधिमा कुनै पनि निर्वाचन आचारसंहिता विपरीतका गतिविधिलाई रोक्न डिजिटल माध्यम, सामाजिक सञ्जाल र इमेलमार्फत प्राप्त सूचना तुरुन्तै प्राप्त हुने व्यवस्था गरिएकाले त्यसखालका गतिविधिलाई नियन्त्रण गर्न योगदान पु¥याउने सचिव राउतको भनाइ छ ।

 

सचिव राउतले मतदाताले दिएको मतलाई सुरक्षित राख्दै मतगणना प्रक्रिया छिटो, चुस्त र प्रभावकारी बनाउन विशेष व्यवस्था गरिएको जानकारी दिनुभयो । “मतगणना निर्देशिकामा आवश्यक प्रावधानहरू समावेश गरिएको छ, सबै निर्वाचन कर्मचारीलाई यससम्बन्धी प्रशिक्षण दिइएको छ”, उहाँले भन्नुभयो ।

 

मतगणनास्थलको सुरक्षा र गणनालाई शीघ्र सम्पन्न गर्न आवश्यक आर्थिकसहितका स्रोतसाधनको व्यवस्था गरिएको बताउँदै सचिव राउतले अनुभवी मुख्य निर्वाचन अधिकृत र अन्य निर्वाचन अधिकृतको समन्वयमा मतगणनालाई चुस्त बनाइने उल्लेख गर्नुभयो ।

 

“जनशक्ति व्यवस्थापन, तालिम, परिचालन, मौन अवधि कार्यान्वयन, सुरक्षा, वित्तीय पारदर्शीता र मतगणना प्रक्रियामा आयोगले प्रभावकारी ढङ्गले काम गरेको छ”, उहाँले भन्नुभयो, “आयोगले निरन्तर निगरानी, सुधार र आवश्यक कारबाहीमार्फत निर्वाचन प्रक्रिया निष्पक्ष, स्वच्छ र सहभागितामूलक बनाउने उद्देश्य राखेको छ ।”

 

मतगणना प्रक्रिया शीघ्र सञ्चालन गर्न आवश्यक बन्दोवस्त गरिएको उहाँको भनाइ छ । मतपेटिका मतगणना स्थलमा पुगेपछि सर्वदलीय बैठकका आधारमा गणना अघि बढाइनेछ ।

 

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ अधिकतम ४५ वटा र न्यूनतम तीनवटा मात्र चुनाव चिह्न छन् । चुनाव चिह्नको सङ्ख्या र मतपत्रको आकारको कारणले गर्दा गणनाको गति केही फरक पर्न सक्ने आयोगको ठम्याइ छ । समानुपातिकतर्फको मतपत्रमा ५७ वटा चुनाव चिन्ह छन् ।

 

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र गणनामा संलग्न कर्मचारीहरू चुस्त व्यवस्थापन र उमेदवारका प्रतिनिधिको भूमिका र सहजीकरणका आधारमा नतिजा ढिलो÷चाँडो हुनेछ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ,  तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा रु एक खर्ब ८४...

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले राजदूत चाङलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । साथै...

पेट्रोलियम पदार्थको बिक्रीमा रोक

मान्म (कालीकोट),  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो ।   निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए

काठमाडौँ,  गोरखा र सुनसरीमा आज भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा आज अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो स्थानका अजयकुमार...

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

काठमाडौँ,  निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ ।   आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९