पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

त्रिवेणी (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता रहेको छ । पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ का स्थानीयलाई समस्या हुने गरेको छ ।

 

 

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । तर नवलपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्रका रोबहादुर रानालाई भने भोट हाल्न कसरी पुग्ने भन्ने चिन्ताले अहिले नै सताउन थालेको छ । जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने यस वडामा रहेका दुईवटा मतदानस्थलमध्ये रुद्रपुरमा रहेको शिक्षा वोधनी आधारभूत विद्यालय पुग्न झण्डै १० किलोमिटरको यात्रा गर्नुपर्ने पाङ्गे्रका मतदाताको बाध्यता छ ।

 

 

यस मतदानस्थलमा मतदान गर्ने पाङ्गे्र र पाङ्गे्रघाटका मतदातालाई मतदानस्थल पुग्नै घण्टौँ समय लाग्ने गर्दछ । पहाडी क्षेत्र त्यसमा पनि दश किलोमिटर टाढाको मतदानस्थलमा मतदान गर्न जान निकै समस्या हुने गरेको यहाँका स्थानीयको गुनासो छ ।

 

 

पाङ्गे्र र पाङ्गे्रघाटका मतदाता पोखरी हुँदै करिब १० किलोमिटरको दूरीमा रहेको मतदानस्थलमा मतदान गर्न जानुपर्ने बाध्यता छ । मतदानको दिन सवारीसाधनसमेत नचल्ने र हिँडेरै पुग्नुपर्ने हुँदा यहाँका मतदातालाई मतदानका लागि बिहानै मतदानस्थल प्रस्थान गर्नुपर्ने बाध्यता छ । “धेरै टाढा मतदान केन्द्र छ, हिँडेर जाँदा पहाडी क्षेत्रको बाटो तीनचार घण्टा लाग्छ, सवारी चल्दैन, सबैलाई मतदानस्थलसम्म पुग्न धेरै समस्या छ”, स्थानीय रानाले भन्नुभयो ।

 

 

पहिले गाविसको चुनाव हुँदा पाङ्गे्रघाटमा भोट हाल्न सजिलो हुने गरेकामा पछि रुद्रपुर सारेपछि आफूहरूलाई समस्या भएको रानाले बताउनुभयो । मतदानस्थल टाढा हुँदा धेरै हिँड्न नसक्नेहरू मतदान गर्नै नजाने अवस्था बन्ने गरेको उहाँले बताउनुभयो । “मतदानस्थल नजिक हुने गरी मिलाए आफूहरूलाई सजिलो हुने थियो, अलि हिँड्न गाह्रो हुने त कसरी भोट हाल्न पुग्लान खै”, उहाँले भन्नुभयो ।

 

 

शिक्षा वोधनी आधारभूत विद्यालय रुद्रपुरमा रहेको मतदान केन्द्रमा वाकखोर, पोखरी, राम्चे, धौवादी, हर्दे, पाङ्गे्र , पाङ्गे्रघाट र धौलावसेनीका मतदाताले मतदान गर्छन् । पहाडी क्षेत्र भएकाले रुद्रपुरको मतदानस्थल सबैका लागि पायक पर्ने र छोटो दूरीको हुनसकेको छैन । हर्दे, राम्चे र धौवादीका मतदाताबाहेक सबैलाई यो मतदानस्थल अपायक हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।

 

 

 

रुद्रपुरमा रहेको यस मतदानस्थलमा मतदान गर्ने मतदाताको सङ्ख्या ८४८ रहेको छ । जिल्लाको पहाडी क्षेत्रका मतदानस्थल प्रायः सबैका लागि सहज पहुँच हुनसकेको छैन । भौगोलिक विकटता भएका क्षेत्रमा मतदानको सङ्ख्याका आधारमा मतदान केन्द्र तय गरिँदा धेरैका लागि दूरीका हिसाबले मतदान केन्द्र टाढा पर्ने गरेको छ । नवलपुरमा ११४ मतदानस्थल र ३११ मतदान केन्द्र छन् ।

 

दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी एक लाख ३७ हजार ८१ मतदाता छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ पुरुष मतदाता ६३ हजार ७२, महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता तीन गरी एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन् ।

 

 

 

मतदानस्थलको जिम्मा महिलालाई

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदानस्थलको जिम्मा महिलालाई दिइएको छ । नवलपुरमा रहेका ११४ मतदानस्थलमध्ये एउटा मतदान स्थलको जिम्मा महिलालाई प्रदान गरिएको हो ।क्षेत्र नं २ मा पर्ने कावासोती नगरपालिका–३ मा रहेको जीवनज्योति माध्यामिक विद्यालयको मतदानस्थलमा महिला कर्मचारीमात्रै खटाइएको नवलपुर–२ का सहायक निर्वाचन अधिकृत युवराज पन्थीले बताउनुभयो । सहायक निर्वाचन अधिकृत पन्थीका अनुसार जीवनज्योति माविमा रहेको मतदानस्थलमा दुईवटा मतदान केन्द्र रहेका छन् । दुवै मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन गरिएको उहाँले बताउनुभयो । यहाँ रहेको ‘क’ केन्द्रमा दीपा गौतमलाई मतदान अधिकृत बनाइएको छभने ‘ख’ केन्द्रमा अनिता श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

 

 

यस स्थलमा रहेका दुवै केन्द्रमा मतदान अधिकृतसहित अन्य सबै कर्मचारी महिलामात्र खटाइएको छ । प्रत्येक मतदान केन्द्रमा मतदान अकिृतसहित छ–छ जना गरी कुल १२ महिला कर्मचारी परिचालन गरिएको सहायक निर्वाचन अधिकृत पन्थीले बताउनुभयो ।

 

 

जिल्लामा रहेका मतदानस्थलमध्ये एउटालाई महिलाले मात्रै सञ्चालन गरी नमूना मतदानस्थल बनाउने योजनाअनुसार यस्तो गरिएको उहाँले बताउनुभयो । खासमा अरु केही योजना हैन, महिलालाई मात्र एउटा मतदानस्थल जिम्मा दिएर महिलामैत्री नमूना मतदानस्थल बनाउँ भन्ने लागेर सोहीअनुसार कर्मचारी परिचालन गरेका हौँ”, सहायक निर्वाचन अधिकृत पन्थीले भन्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९