वनहरा शिविरका भूमिहीन भन्छन्ः ‘सुरक्षित आवास सुनिश्चित हुनुपर्छ’

कञ्चनपुर,  प्रतिनिधिसभा सदस्य निर्वाचन आउन चार दिन बाँकी रहँदा कञ्चनपुरको वनहरा शिविरका भूमिहीन सुकुम्बासी परिवारले हरेक निर्वाचनमा उम्मेदवारले वाचा गर्ने तर पूरा नगर्ने प्रवृत्ति रहेको बताएका छन् । तीन दशकभन्दा बढी समयदेखि पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको सामुदायिक वन क्षेत्र नजिक अस्थायी टहरामा बस्दै आएका परिवारले उम्मेदवारसँग यसपटक जग्गाको स्वामित्वसहितको सुरक्षित आवास सुनिश्चिताको माग गरेका हुन् ।

 

 

हरेक निर्वाचनमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार शिविरमा पुगेर लालपुर्जा दिलाउने, सुरक्षित बसोबास गराउने, व्यवस्थित आवास योजना ल्याउने आश्वासन दिएर फर्कने गरेका भन्दै निर्वाचन सकिएपछि ती वाचा कागजमा सीमित हुने गरेका शिविरवासी बताउँछन् ।

 

 

“हामीलाई भोटबैंकका रूपमा उम्मेदवारले वर्षौँदेखि प्रयोग गर्दै आएका छन्”, मानध्वज लुहारले भन्नुभयो, “तर हाम्रो समस्या समाधान गर्न कोही आउँदैनन् ।” शिविरमा करिब तीन दशकदेखि बसोबास गर्दै आएका भूमिहीन परिवार अझै पनि कानुनी स्वामित्वबिना त्रिपाल र रुखका पात राखेर बनाइएका झोपडीमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

 

 

पूर्व-पश्चिम राजमार्गको छेउमा बसोबास गर्दा सवारी दुर्घटनाको जोखिमका साथै सामुदायिक वन क्षेत्र नजिक रहेकाले जङ्गली जनावरले आक्रमण गर्ने खतरा पनि बढेको कलावती दमाईँले बताउनुभयो । जङ्गली वन्यजन्तु रातको समयमा बस्ती नजिक आउने र आक्रमण गर्ने गरेका उहाँले उल्लेख गर्नुभयो  ।

 

 

“राति बाहिर निस्कन दिन डर लाग्छ”, दमाईँले भन्नुभयो, “हात्ती र बाघ आयो भने भाग्ने टाउँ छैन, सहयोगका लागि कसलाई बोलाउने ? वन क्षेत्र नजिकको बस्ती भएकाले सुरक्षाको स्थायी व्यवस्था छैन । राजमार्ग छेउ र नदी किनार नजिक बसोबास गर्दा वर्षायाममा बाढीले बगाउने डर पनि उत्तिकै छ ।”

 

 

बस्ती व्यवस्थित नभएकाले सामान्य पानी पर्दा घरभित्र ढुवान पर्ने समस्या रहेको माघी रावतले बताउनुभयो । गर्मीका बेला त्रिपालको झोपडीमा बस्न नसकेर नदीमाथिको पुलमुनि केही परिवार डोरीका खटिया राखेर सुत्नुपर्ने बाध्यता रहेको उहाँले अनुभव सुनाउनुभयो ।

 

 

“हामीलाई शिक्षा, स्वास्थ्य, सुरक्षित आवाससँगै भरपर्दो रोजगारीको आवश्यकता छ, तर अधिकार कहिले पाउँछौँ ?”, रावतले प्रश्न गर्नुभयो । अधिकांश भूमिहीन परिवार दैनिक ज्यालादारी र मजदुरीमा निर्भर छन् । घरका युवा भारतमा कुल्ली र दरवानको काम गर्दै आएका छन् । स्थायी आम्दानीको स्रोत नभएकाले छोराछोरीको शिक्षा, स्वास्थ्य र पोषणमासमेत असर परेको रावतले जानकारी दिनुभयो ।

 

 

घर नभएपछि बैंकबाट ऋण लिन, व्यवसाय सुरु गर्न, सामाजिक सुरक्षाको दायरामा पूर्ण रूपमा समेटिन नसक्नेलगायत समस्या यहाँका बासिन्दाले भोगिरहेका छन् । भूमि समस्या समाधान आयोगमार्फत जग्गा र आवासका लागि निवेदन दिएर निस्सा प्राप्त गरेको शिविरवासीले बताएका छन् ।

 

 

“निस्सा हातमा छ, तर बस्ने जमिन छैन”, रञ्जित रावतले भन्नुभयो, “निर्वाचन आउँछ, आश्वासन आउँछ, तर काम हुँदैन । जग्गाको स्वामित्वसहित सुरक्षित आवास, आधारभूत सेवा र जीविकोपार्जनका अवसर, बाढीको जोखिम न्यूनीकरणका सुरक्षित र व्यवस्थित बसोबास, खानेपानी, शौचालय, बिजुली र बालबालिकाका लागि विद्यालयसम्मको पहुँच आवश्यक छ । वर्षौदेखि त्यसको पखाईमा छौँ, पूरा गर्ने उम्मेदवार चाहिएको छ ।”
यसपटक पनि विभिन्न राजनीतिक दलका उम्मेदवारले भूमिहीन समस्या समाधानलाई प्राथमिकतामा राखेको दाबी गरेका छन् । केही उम्मेदवारले सङ्घीय सरकारसँग समन्वय गरी जग्गा नापजाँच, लालपुर्जा वितरण र आवास निर्माण कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

 

 

यसैबीच, शिविरमा बसोबास गर्ने मतदाताले लिखित प्रतिबद्धता र समयसीमा आवश्यक पर्ने बताएका छन् । “अब अश्वासन र भाषण होइन, मिति तोकेर काम गर्नुपर्छ”, शिविरका अगुवा दलबहादुर बोहारले भन्नुभयो, “हामीलाई दान होइन, अधिकार चाहियो । जग्गा दिएर बसोबास सुरक्षित गरिदिए पुग्छ ।”

 

 

अस्थायी बसोबासका कारण बालबालिकाको पढाइ प्रभावित भएको बताउँदै उहाँले वर्षौंदेखि स्थायी ठेगाना नभएकाले कतिपय बालबालिका विद्यालय भर्ना हुन र छात्रवृत्ति सुविधाबाट वञ्चित भएका जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य चौकी टाढा हुँदा स्वास्थ्य सेवामा पनि पहुँच सीमित छ भने आकस्मिक अवस्थामा उपचार गर्न समस्या हुने गरेको छ । शिविरमा २८ परिवार बसोबास गर्दछन् । पहिले १२ परिवारको मात्रै बसोबास थियो । अहिले बाढीपहिरोबाट विस्थापित परिवार थपिएका छन् । बोहराले भन्नुभयो, “अब भावनात्मक आश्वासनले मात्र पुग्दैन, हामीलाई जग्गाको कागज चाहियो । सुरक्षित घर चाहियो ।”

 

 

तीन दशकभन्दा बढी समय राजमार्ग छेउ र नदी किनारमा बस्दा पनि दीर्घकालीन समाधान नखोजिएको शिविरवासीको गुनासो छ । निर्वाचनको बेला विभिन्न दलका नेताकार्यकर्ता शिविरमा पुगेर आश्वासन दिने परिणाम नदेखिने गुनासो उहाँहरूको छ । “हरेक चुनावमा नाम टिपिन्छ, फोटो खिचिन्छ, तर हाम्रो जीवन उस्तै छ”, प्रकास साउदले भन्नुभयो, “उम्मेदवारसँग लिखित प्रतिबद्धता र कार्ययोजना माग गरेका छौँ, कसले कहिले के गर्छ भन्ने स्पष्ट हुनुपर्छ । घरजग्गा, रोजगारीकोे टुङ्गो लगाउने प्रतिबद्धता जनाउनेलाई मत दिन्छौँ ।”

 

 

वास्तविक भूमिहीन पहिचान गरी सुरक्षित स्थानमा पुनःस्थापना, आधारभूत पूर्वाधारसहितको आवास निर्माण र जीविकोपार्जनका कार्यक्रम सँगसँगै अघि बढाउनुपर्ने राष्ट्रिय भूमि अधिकार मञ्च सुदूरपश्चिम प्रदेशका महासचिव रामबहादुर चुनाराले जोड दिनुभयो । यसका लागि नगरपालिकामा भूमिहीन परिवारले भूमि आयोगमा आवेदन दिएका छन तर सुनवाइ भने अहिलेसम्म हुन नसकेको उहाँको भनाइ छ ।

 

“प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब चार दिन बाँकी रहँदा कञ्चनपुरका भूमिहीन सुकुम्बासी परिवारले यसपटक आफ्ना मागलाई चुनावी एजेण्डाको केन्द्रमा ल्याएका छन्”, चुनाराले भन्नुभयो, “तीन दशकदेखि अस्थायी जीवन बिताइरहेका यी परिवारका लागि सुरक्षित आवास र जग्गाको स्वामित्व केवल चुनावी नारा मात्र नभई जीविकोपार्जनको आधार हो । त्यसैले प्रतिबद्धता पूरा गर्ने उम्मेदवार शिविरवासीको रोजाइमा पर्नेछन् ।” राजेन्द्रप्रसाद पनेरु/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९