यस्ता छन् वैकल्पिक शक्ति दाबी गर्दै चुनावमा होमिएका जनमोर्चा, आजपा र प्रलोपाका ‘एजेन्डा’

काठमाडौँ,  नेपालको कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका पाका र अनुभवी राजीतिज्ञ सम्मिलित दलले यस निर्वाचनमा आफूलाई वैकल्पिक शक्तिका रुपमा प्रस्तुत गरेका छन् ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले मुलुकका विद्यमान समस्या समाधान तथा आर्थिक समृद्धिको नारासहित मतदातालाई आफ्नो पक्षमा ल्याउन आकर्षक कार्यक्रम अघि सारेका छन् ।
राष्ट्रिय जननमोर्चाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ चित्रबहादुर केसी रुपन्देही र नवलपरासीलगायत जिल्लामा मत माग्दै हिँड्नुभएको छ । “मैले भोगेको राजनीतिक जीवनमा मुलुक अहिले इतिहासकै ठूलो सङ्कटमा रहेको महसुस गरेको छु”, रासससँगको कुराकानीमा उहाँले भन्नुभयो ।
खर्चिलो सङ्घीय प्रणालीका कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेकाले त्यसमा सुधारको खाँचो रहेको सो पार्टीको घोषणापत्रमा उल्लेख छ । स्वतन्त्र अर्थनीति र विनासर्त वैदेशक सहायता लिन सकिने जनमोर्चाको दृष्टिकोण छ । राष्ट्रिय जनमोर्चा गिलास चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छ ।
सो पार्टीबाट ४२ जिल्लामा ७० जना प्रत्यक्ष उम्मेदवार र १०७ जना समानुपातिक बन्दसूचीमा छन् । यसअघिको निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनुभएका केसी यसपटक भने समानुपातिक बन्दसूचीमा पहिलो नम्बरमा हुनुहुन्छ ।
सो पार्टीले बागलुङ निर्वाचन क्षेत्र नं १ मा बाहेक अन्य क्षेत्रमा चुनावी गठबन्धन गरेको छैन । नेता तथा कार्यकर्ता उत्साहका साथ जनताका बीचमा मत माग्न पुगिरहेका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले राष्ट्रिय स्वाधीनता, स्थिरता र प्रणालीगत सुधारमा जोड दिँदै निर्वाचनमा होमिएको जनाएको छ । अध्यक्ष साहका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ एक सयभन्दा बढी उम्मेदवारी दर्ता र समानुपातितर्फ ११० जनाको बन्दसूची पेस गरेको छ ।
निर्वाचन प्रचारप्रसार उत्साहजनक ढङ्गबाट अघि बढिहरेको जानकारी दिँदै अध्यक्ष साहले देशको अवस्था बदल्न आफूहरु लडिरहेको स्पष्ट पार्नुभयो । “जे बोल्छौँ त्यही गर्छौ, अहिलेसम्म गरेर देखाएका छौँ । अहिले प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता छ, राष्ट्रियतालाई पहिलो एजेन्डा बनाएरका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक हस्तक्षेप अन्त्य, स्थिर सरकार, सुशासन कायम, अनावश्यक करको भार र भ्रष्टाचार हटाउने, अर्थतन्त्र बलियो बनाउने योजना अघि सारिएको छ ।”

 

 

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ ८७ जनालाई चुनावी प्रतिस्पर्धामा अगाडि सारेका छ । उक्त पार्टीले ९७ जना समानुपातिक बन्दसूची बुझाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले कार्यान्वयन योजनासहित घोषणापत्र ल्याएको दाबी गरेको छ ।
राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता, भूराजनीतिक जटिलता, समावेशिता, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेलगायत विषय घोषणापत्रमा समेटिएको छ ।
२५ वर्षभित्र देशलाई विकसितस्तरमा लैजाने, पाँच वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिलगायतको एजेन्डा रहेको छ । मुलुकको विद्यमान समस्याबाट निकास दिने नीति, नेतृत्व र कार्यक्रम प्रगतिशील पार्टीसँग मात्रै रहेको उहाँको भनाइ छ । “मतदाता विकल्पका खोजीमा छन्, विकल्प दिने प्रलोपा नै हो”, अध्यक्ष सोबले भन्नुभयो ।
निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै, सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।
यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।
निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९