आलेखः ‘अब आश्वासन हैन, खानेपानी, सडक र रोजगार देऊ’

तानसेन (पाल्पा),  पाल्पा क्षेत्र नं २ को तिनाउ गाउँपालिका–४ सत्यवतीका मीनबहादुर चौहानले हरेक पटकका निर्वाचनमा पानी ल्याइदिन भने पनि आफूहरुको समस्या कसैले नसुनेको बताउनुभयो । उहाँले भन्नुभयो, “चैत, वैशाख लाग्नासाथ गाउँमा आउने खानेपानीका मुहान सुक्छन् । त्यसपछि बिहानै उठेर पिउने पानी खोज्दै खोल्साका कुवा धाउनुपर्छ । सबेरै नजाने हो भने कुवाको पानी पनि नपाइने चिन्ता हुन्छ, ।” हामीलाई जसले खानेपानी ल्याइदिन्छ उसैलाई भोट दिने उहाँको भनाइ छ ।

 

 

यो समस्या उहाँको मात्र होइन यस क्षेत्रका ३५० परिवार वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका छन् । तिनाउ कचलका थर्कबहादुर बगालेले विगतमा धेरै पार्टीका नेताले स्थानीयको सबै माग पूरा गर्ने भन्दै निवार्चनका बेला झुक्याएर भोट लिए पनि यसपटक भने विगतमा जस्तो प्रतिबद्धता मात्र जनाउने तर काम नगर्नेलाई कुनै हालतमा भोट नदिने बताउनुहुन्छ । मतदाताको मागप्रति बेवास्ता गर्ने र आफ्नो मात्र फाइदा उठाउनेलाई भोट नदिने गाउँलेहरूले निर्णय गरेको उहाँले बताउनुभयो । “जसले स्थानीयको माग पूरा गर्छ । त्यसले भोट पाउँछ । नेतालाई भोट चाहिएको छ भने जनताको समस्या बारेमा बुझ्न जरुरी छ । अब पहिलाको जस्तो जनतालाई भ्रममा नपारे हुन्छ”, बगालेले भन्नुभयो ।

 

 

आर्यभञ्ज्याङ–रामपुर सडक बनाउने आश्वासन दिएर नेताहरुले मत मागेको तीन दशक भयो । यही सडकका नाममा उम्मेदवारहरुले मत मागेर चुनाब जिते, सदनमा पुगे तर सडकको अवस्था उस्तै छ । जब–जब निर्वाचन नजिक आउँछ, तब यस क्षेत्रका उम्मेदवारले छिट्टै सडक बन्ने आश्वासन दिन्छन् । तर जितेर गएपछि अवस्था उस्तै । यसपटक भने जनताले उम्मेदवारलाई बाटो बनाएको खै ? भनेर सोध्न थालेका छन् । सिलुवाका मानबहादुर बयम्वु यो सडक बनाउँछु भनेर नबनाउने उम्मेदवारलाई प्रश्न गरेको बताउनुहुन्छ । पाल्पाको आधा भागमा फैलिएको यो सडक सिद्धार्थ राजमार्ग भन्दा पनि पहिलेदेखि प्रयोगमा थियो ।

 

 

स्थानीयले जनश्रमदानबाट बनाएको यो सडक पछिल्ला वर्षहरुमा सङ्घ र प्रदेश सरकारको चासोमा नपरेपछि बिग्रँदो अवस्थामा छ । स्थानीय कमला श्रेष्ठ पटकपटक सडक बनाउने आश्वासन दिएर पनि नबनाएका कारण यसपटक मत बदल्ने बताउनुहुन्छ । उहाँ जसले सडक बनाउने विश्वास दिलाउन सक्छ, उसैलाई भोट दिने बताउनुभयो । यो घिउ, अदुवा, सुठोसँग लत्ता कपडा, नुन मसला र मटितेल साट्न बुटबल जाने बाटो पनि थियो । जब उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर बन्यो तब, यो सडक अलपत्र भयो । कसैको चासोमा परेन । २०६३ सालमा जिल्ला विकास समितिले कालोपत्रे गरेको यो सडकमा दैनिक सय भन्दा बढी ठूला साना सवारीका साधन गुड्छन् । यही सडकलाई रामपुरदेखि छहरा हुँदै सल्ल्यानको कपुरकोटसम्म जोड्ने र यसको नामकरण कृष्ण सेन इच्छुक मार्ग भन्ने लुम्बिनी प्रदेश सरकारले उद्घोष गरे पनि आर्यभञ्ज्याङ–रामपुर खण्डमा बजेट छैन् ।

 

 

बगनासकाली–१, घोरबन्दाकी सुमित्रा कुमालले पनि प्रत्येक निर्वाचनमा गाउँमा आएर उम्मेदवारले आश्वासन बाँडे पनि स्थानीयका समस्या हल नगरेको गुनासो गर्नुभयो । ५० प्रतिशत कुमाल समुदायको बसोबास रहेको यहाँका अधिकांश मतदाताको मजदुरी नगरी साँझ– बिहान चुलो बल्दैन । “केही वर्षअघिसम्म त ज्याला मजदुरी गरेर पनि गुजारा चलाउन सकिन्थ्यो तर अहिले त काम खोज्दै बजार गयो, ज्याला मजदुरी नपाउने अवस्था छ,” सुमित्राले भन्नुभयो, “यहाँ रोजगार नपाएपछि गाउँका युवा जति विदेशतिर गए । गाउँमा त बूढाबूढी मात्र छन् ।”

 

 

उहाँले गाउँमै गरिखाने वातावरण बनाई दिनेलाई भोट दिने बताउनुभयो । “धेरै पटक मतदान गरिसकेँ तर कुनै पनि नेताले आफ्नो वाचाअनुसार काम गरेको देखिँदैन । देशमा भनेजस्तो रोजगार नहुँदा दिनहुँ लाखौँ युवा विदेसिनु पर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “देशमै कृषि गरौँ भने पनि भनेको बेला सिँचाइ, मल, बीउ नपाउने समस्या छ ।” यहाँका  अधिकांशले दैनिक मजदुरी नगरे खान पाउँदैनन् ।

 

सदरमुकामदेखि नजिकको बस्ती भए पनि बेरोजगारीसँगै स्वास्थ्य र शिक्षाको अभाव छ । रैनादेवी छहराका तुलबहादुर पोखरेलले नयाँ पुराना पार्टीले जनताको हितमा काम गर्न नसकेको गुनासो गर्नुभयो । लामो इतिहास बोकेका र भर्खर खुलेका पार्टीको विकास तथा सुशासन स्थापित गर्ने एउटै धारणा हुनुपर्ने उहाँको भनाइ छ । विकट गाउँ बस्तीका नागरिक आधारभूत सेवा पाउनबाट वञ्चित रहेका सुनाउँदै चुनाव जितेपछि उनीहरुको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता रहेको पोखरेल बताउनुहुन्छ । “मैले धेरै चुनावमा भाग लिए, चुनाव जितेकाहरुले केही गर्दै नगरेका त होइनन्, तर उनीहरुले जति गर्नुपर्ने हो त्यति गरेनन्, अब आउने नेतृत्वले हरेक नागरिकको समस्या बुझेको हुनु पर्छ”, उहाँले भन्नुभयो, “आफ्नो पार्टीका मान्छेलाई काखा अरूलाई पाखा गर्ने विभेदी नेता हुनुहुँदैन, निःस्वार्थी भावको नेतालाई जिताउन जरुरी हुन्छ ।”

 

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई  पाल्पाका मतदाताले खानेपानी, सडक र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । हरेक चुनावमा आश्वासन मात्रै दिने तर चुनाव जितेपछि काम नगर्ने प्रवृत्ति दोहोरी रहेको उनीहरुको गुनासो छ । यहाँ ग्रामीण क्षेत्रका मतदाताहरुले आफूहरुको समस्या बुझ्ने नेतालाई भोट दिने बताएका छन् ।

 

मतदातालाई भेट्न घरदैलोमा पुग्नुभएका नेपाली कांग्रेस पाल्पा क्षेत्र नं २ का उम्मेदवार हिमालदत्त श्रेष्ठसमक्ष ती क्षेत्रका स्थानीयले विगतमा धेरै आश्वासन सुनिएको तर अपेक्षित विकास हुन नसकेको गुनासो व्यक्त गरेका थिए । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको उनीहरूको भनाइ थियो ।

 

 

गुनासो सुनेपछि उम्मेदवार श्रेष्ठले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको आवश्यकताअनुसार विकासका लागि आफूले पहल गर्ने बताउनुभएको छ । “हामी निर्वाचनका बेला आश्वासन दिन होइन, यहाँहरुका समस्या बुझेर समाधानका लागि काम गर्न उम्मेदवार बनेर आएका हौँ,” उहाँले भन्नुभयो ।

 

 

पाल्पा क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का ठाकुर गैरेले देशमा राजनीतिक स्थिरता र विकासका योजनाहरू सफल पार्न एमालेको स्पष्ट बहुमत हुनुपर्नेमा जोड दिँदै  भन्नुभयो, “मैले सधैँ पाल्पाको विकास र राष्ट्रियताको पक्षमा आवाज उठाउँदै आएको छु ।” यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य चुनौती रहेको र यहाँको जग बलियो बनाउन तथा गाउँमै कृषि, घरेलु उद्योगहरुको स्थापना गरी युवालाई उद्यमशीलता र रोजगार प्रदान गर्न आफूलाई विजयी बनाउन मतदातासँग उहाँको आग्रह थियो ।

 

 

पूर्वखोलाको वीरकोट पुग्नुभएका नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ का उम्मेदवार सन्दीप रानामगरसँग त्यहाँका नागरिकले सरकार नै नभएको जस्तो भान भएको बताएका छन् । रानालाई गाउँले जीवनको दुःखले दैनिक बसाइँ सरेर गाउँ रित्तो हुन थालेको मतदाताले बताएका छन् । “गाउँका बाटोघाटोको उस्तै बिजोग छ, स्वास्थ्य समस्या उत्तिकै छ,” स्थानीय नरबहादुर कामुले भन्नुभयो, “माथिको सरकार टाढै भयो–स्थानीय सरकारले पनि जनताका समस्याप्रति गम्भीर देखिँदैन ।” गाउँमा अझै पनि खानेपानी, सिँचाइको समस्या जनताले भोगिरहेको उहाँ बताउनुहुन्छ ।  जनताको दैनिकी राम्रो बनाउन र सहज वातावरण गाउँमै रोजगार, छोराछोरी बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरी गाउँमै फर्किएर रोजगारीलाई जोड दिएको कांग्रेस उम्मेदवार राना मगरले बताउनुभयो । उम्मेदवार रानालाई सो क्षेत्रका बासिन्दाले ‘जितेपछि तपाईं पनि नआउने होला’ भन्दै शङ्का व्यक्त गरे ।

 

 

एमालेबाट उम्मेदवार बन्नुभएका नारायण आचार्यलाई पनि स्थानीय मतदाताले उही प्रश्न सोधका थिए । विगतमा गरिएका वाचा पूरा नभएकामा मतदाताको असन्तुष्टि थियो । उम्मेदवार आचार्यले विगतका कमीकमजोरीलाई सच्याउँदै जनताका समस्या समाधानमा आफू लाग्ने बताउनुभयो ।   २०७८ सालमा भएको निर्वाचनमा यहाँका दुईवटै क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । क्षेत्र नं १ बाट नारायण आचार्य र क्षेत्र नं २ बाट ठाकुरप्रसाद गैरे निर्वाचित हुनुभएको थियो ।

 

 

यसअघिका निर्वाचन जितेको एमालेले मात्र होइन, सबै दलका उम्मेदवारले घोषणापत्रमा सडक खानेपानी, रोजगारका मुद्दालाई अगाडि ल्याएका छन् । यसअघि पनि यिनै मुद्दा देखाएर चुनाव जितेर गएपछि माग सम्बोधन नभएको स्थानीयको गुनासो छ । यही फागुन २१ को निर्वाचनमा यस जिल्लाबाट कांग्रेसले हिमालदत्त श्रेष्ठ, सन्दीप रानालाई उम्मेदवार बनाएको छ भने एमालेबाट नारायण आचार्य, ठाकुर गैरे, नेपाली कम्युनिष्ट पार्टीबाट सोमप्रसाद पाण्डेय र हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापा र बिमल पन्त उम्मेदवार हुनुहुन्छ ।

 

 

यस्तै, राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी र नरमती सिञ्जाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर र बृहस्पति अर्याल, नेसनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ र थमनसिंह रेग्मी मगर, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादीबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी र सलन चिदी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट विष्णु ठडराई र पुरन गैरे शर्मा,  प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदूर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्व हुनुहुन्छ । स्वतन्त्रबाट मोहनकुमार थापा, केशवप्रसाद बस्याल, कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाँ चुनावी मैदानमा रहेका छन् ।रामचन्द्र रायमाझी / रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९