प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिनुभयो ।

 

जिल्लाका ११० वटा मतदान केन्द्रमा सोमबार साँझसम्म मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर मतदान अधिकृतको नेतृत्वमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिनुभयो ।

 

यसैबीच, निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएका छन् भने ६५४ जना कर्मचारी निर्वाचनका लागि परिचालन भएका छन् । जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

 

सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।  उहाँका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिनेछन् । निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा, दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।

बागलुङमा मतदानस्थलमा खटिए कर्मचारी 

बागलुङमा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेका छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा १०७ मतदातस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख सीता शर्मा अधिकारीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार मतदान अधिकृत, सहायक  मतदान अधिकृत र अन्य कर्मचारी, सुरक्षाकर्मीको टोलीसहित निर्वाचन सामग्री एकसाथ पठाइएको हो । सोमबार साँझसम्म सबै मदनास्थलमा कर्मचारी पुगिसकेका जनाउँदै उहाँले निर्वाचन क्षेत्र नं १ मा ११५ मतदान केन्द्र र २ मा ११५ केन्द्र तोकिएको बताउनुभयो । यहाँ दुई अस्थायी मतदान केन्द्र पनि कायम गरिएको उहाँको भनाइ छ । बागलुङमा एक लाख ९३ हजार ३८१ जना मतदाता छन् ।

मुस्ताङमा पनि सबै तयारी पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा सबै तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीलाई ५१ प्रकारका निर्वाचन सामाग्रीसहित सम्बन्धित निर्वाचन केन्द्रमा खटाइसकेको हो । माथिल्लो र तल्लो मुस्ताङसहित ३९ वटा मतदान केन्द्रका लागि कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

 

यसैबीच मुस्ताङका ३९ वटै मतदान केन्द्रमा सडकको पहुँच पुगेकाले मतदान कार्यक्रम र निर्वाचन सुरक्षाका लागि कुनै किसिमको असहजता नहुने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । सोमबारदेखि हिमपात रोकिएपछि अवरुद्ध साङ्ता मतदान केन्द्रको सडक पनि सञ्चालन भएकाले मतदान तथा मतपेटिका सदरमुकाम ढुवानी गर्नमा समस्या नरहने उहाँले बताउनुभयो ।

 

त्यसैगरी, रौतहटका चारवटै निर्वाचन कार्यालयले वितरण गरेका निर्वाचन समाग्री जिल्लाभरिका मतदान केन्द्रमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार रौतहटका चारवटा निर्वाचन क्षेत्रका ५४१ वटा मतदान केन्द्रमा मतपत्र, मतदान गर्ने बाक्सासहित सम्पूर्ण समाग्री पुगेका हुन् ।

 

जिल्ला निर्वाचन कार्यालयका अनुसार रौटहटमा तीन हजार २४६ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । यहाँ २७७ वटा मतदानस्थल तोकिएका छन् । यहाँ चार लाख ३६ हजार ६११ जना मतदाता छन् । त्यस्तै, मोरङका छवटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिकासहितका निर्वाचन सामग्री पुगिसकेका छन् । मोरङका ३०६ मतदानस्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी खटिएका प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो ।

 

जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा रहने अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारीको प्रबन्ध गरिएको प्रदेश निर्वाचन अधिकारी दङ्गालले बताउनुभयो । उहाँले भन्नुभयो, “तारजाली घेरेर, सिसीटिभी राखेर मतगणनाको लागि तयारी सुरु गरिएको छ ।”

भोजपुरका १६१ मतदान केन्द्रमा ९६० जना कर्मचारी खटिए

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भोजपुर जिल्लामा ९६० जना कर्मचारी परिचालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार अस्थायी र स्थानीय गरी १६१ मतदान केन्द्र कायम गरिएका छन् । तीमध्ये १५९ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित प्रतिकेन्द्र छ जनाका दरले कर्मचारी खटाइएको छ ।

 

त्यस्तै दुई अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित प्रतिकेन्द्र तीन जनाका दरले कर्मचारी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । खटिएका कर्मचारी तोकिएका स्थानमा जाने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदाता पहिचान, मतगणनालगायत विषयमा कर्मचारीलाई स्पष्ट निर्देशन दिइएको कार्यालयले जनाएको छ । यसैबीच, निर्वाचनलाई लक्षित गरेर यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन फागुन २२ गतेसम्म मदिरा बिक्रीवितरण निषेध गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९