झापा, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदानस्थलको ‘च’ केन्द्रमा मतदान गर्नुभएको छ ।यो निर्वाचन क्षेत्रमा एक लाख ३१ हजार ६७ जना मतदाता कायम छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १४५ वटा मतदान केन्द्र कायम छन् ।झापाका पाँच निर्वाचन क्षेत्रमा सात लाख १३ हजार ५३७ जना मतदाता छन् । यहाँ ९० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































