बिर्तामोड,पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीसमेत दिनुभएका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गर्नुभएको हो ।मतदान गरेपछि उहाँले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गर्नुभयो ।राष्ट्रिय समाचार समिति(रासस)




















































































































































