झापा, प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ ।कार्यालय प्रमुख रेवन्त भट्टराईका अनुसार १०१ पुरुष, ६ महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो । सोही अनुसार नै मत खसेको उहाँले बताउनुभयो । उहाँले मतपेटिका ‘सिल’ गरिसकिएको समेत जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































