काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उहाँले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो ।उहाँले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गर्नुभयो । उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा एमालेबाट उम्मेदवारसमेत हुनुहुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































