महिला मतदाताको उत्साहः ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’

काठमाडौँ,   बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो । आज भने उहाँले एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नजिकैको ‘बुथ’मा निस्किनुभयो । “पहिला भोट हाल्ने अनि खाना खाउँला भनेर निस्किएँ,” उहाँले भन्नुभयो, “यो हाम्रो लागि उत्सव हो । हाम्रो अधिकार हो उत्सवमा ढिलाइ गर्नु हुँदैन ।”
सीता जस्तै मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा भोट हाल्न आउनेमध्ये महिला मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । उहाँहरूले पहिला भोट अनि अरू काम गर्ने भन्ने धारणाका साथ भोट हाल्न आएको बताउनुभयो ।

 

 

पोखराकी अनिता मानन्धरले मतदान गर्नकै लागि माइत बानेश्वर आएको बताउनुभयो । विगतमा भन्दा यस पटकको निर्वाचन उहाँका लागि विशेष चासो रहेको बताउनुभयो । “त्यसैले पोखराबाट यहाँ आएँ,” उहाँले भन्नुभयो, “जेनजी प्रदर्शनपछिको रानजीतिक मुहार जो परिवर्तन गर्नुछ ।”

 

 

रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा पर्यवेक्षकका रूपमा खटिनुभएका हरिओम महेताले यस बुथमा बिहान ७ः०५ बजे ९३ वर्षीया कौशिला तिमल्सिनाले ‘ख’ केन्द्रमा मतदान गरेसँगै मतदान प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । मत खसालेपछि फर्किने क्रममा उहाँलाई असहज भएपछि सुरक्षाका लागि राखिएको डोरी काटेर सजिलो बनाइएको उहाँले बताउनुभयो ।

 

 

“वृद्धवृद्धालाई केही समस्या भएपछि बाटो परिवर्तन गरेर सजिलो बनाउने गरेका छौँ,” उहाँले भन्नुभयो, “समग्रहमा मतदान शान्त र व्यवस्थित हुँदै गएको छ । महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताले सहज रूपमा मत खाल्न पाउनुभएको छ ।”
डिल्लीबजारस्थित पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्रमा मत खसाल्न आउनुभएकी धनु राईले पहिलोपटक आफूले मतदान गरेको बताउनुभयो । विदेशमा रहेका श्रीमान्ले आफूले मत खसाल्न नपाए पनि श्रीमतीले मतदान दिन आग्रह गर्नुभएको उहाँले बताउनुभयो । मत खसालेपछि औँलामा नीलो रङ लगाइएको तस्बिर खिचेर श्रीमान्लाई ह्वाट्स एपमा पठाएको उहाँले सुनाउनुभयो ।

 

 

यति मात्रै होइन मतदाताहरूसँग स्थलगत रिपोर्टिङ गर्ने क्रममा बुझ्दै जाँदा महिलाले भोट हाल्नुले मतको अधिकार प्रयोग हुनाका साथै मताधिकार प्रयोग गरेकामा परिवारका अरू सदस्य पनि खुसी भएका प्रतिक्रिया दिएका छन् ।शङ्खमूलस्थित स्वप्नवाटिका स्कुलमा मतदान दिन आउनुभएकी प्रतीक्षा श्रेष्ठले मत खसाल्नका लागि गोर्खाबाट काठमाडौँ आएको बताउनुभयो । सही नेतृत्व चयन गर्ने अधिकार गुमाउन नदिनका लागि उहाँ काठमाडौँ आउनुभएको हो । पेसाले शिक्षक हुनुभएकी उहाँले भन्नुभयो, “हाम्रो एक मतले देश बन्छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९