काठमाडौँ, काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो ।यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































