झापा, झापा निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार एवं निवर्तमान उपसभामुख इन्दिरा रानामगरले २० हजार ५३४ मत प्राप्त गर्दै फराकिलो अग्रता कायम राख्नुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३२ हजार ८८० मतको गणना सम्पन्न हुँदा उहाँले उक्त मत प्राप्त गर्नुभएको हो । उक्त क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार एवं निवर्तमान सभामुख देवराज घिमिरेले तीन हजार ८२९ मत प्राप्त गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































