सिमकोट (हुम्ला), हिमाली जिल्ला हुम्लामा शुक्रबार राति ढिला गरी मतगणना सुरु भएको थियो । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा मतगण सुरुआतीदेखि नै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकायाले आफ्नो अग्रतालाई कायम राख्नुभएको छ ।
ताँजकोट र अदानचुली दुई गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेकपाका रोकायाले दुई हजार ३७७, नेपाली कांग्रेसका जयपति रोकायाले एक हजार १६१ र एमालेका दल फडेराले एक हजार ८४६ मत प्राप्त गर्नुभएको छ । हालसम्म पाँच हजार ६३१ मत गण्ना भइसकेको छ भने जिल्लामा २२ हजार ४६७ मत खसेको थियो । अहिले चङ्खेली गाउँपालिकाको मतगणना जारी रहेको छ ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































