दैलेख, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम राख्नुभएको छ । पछिल्लो मतपरिणामअनुसार पोखरेलले आठ हजार ७७३ मत प्राप्त गरी पहिलो स्थानमा रहनुभएको छ ।
उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले पाँच हजार ७७० मतका साथ पछ्याइरहनुभएको छ । दुई उम्मेदवारबीचको मतान्तर दुई हजार ५३० रहेको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही दुई हजार ५७७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
निर्वाचन अधिकृत लोकहरि कँडेलका अनुसार निर्वाचन क्षेत्र नं २ अन्तर्गत अब दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका गरी कूल १५ वटा वडाको मतगणना हुन बाँकी रहेको छ । “अहिले गणना जारी छ, बाँकी रहेका वडाहरूको गणना सकिन केही समय लाग्ने देखिएको छ”, अधिकृत कँडेलले भन्नुभयो ।कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































