खलङ्गा (दार्चुला), दार्चुलामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम छ । हालसम्म ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, शैल्यशिखर नगरपालिका तथा महाकाली नगरपालिकाको वडा नम्बर १, ३ र ४ को मतगणना सम्पन्न भएको छ ।
सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका धर्मानन्द जोशीले आठ हजार १३ मत प्राप्त गर्दै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेशसिंह ठगुन्नाले सात हजार ५२१ मत प्राप्त गर्नुभएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशसिंह सामन्तले दुई हजार ९११ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणदत्त जोशीले ६४० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)















































































































































