दैलेख, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मत परिणामअनुसार पोखरेलले १० हजार २३४ मत गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले सात हजार एक मतका साथ पछ्याइरहनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही तीन हजार १४२ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार निर्वाचन–२ अन्तर्गत अब केही वडाको मतगणना हुन बाँकी छ । “अहिले गणना भइरहेको छ, बाँकी र वडाहरूको गणना सकिन केही समय लाग्ने देखिएको छ”, अधिकृत कँडेलले भन्नुभयो ।कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)















































































































































