बरहथवा (सर्लाही), सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाउनुभएको छ । नेकपा एमालेका अमनिशकुमार सिंहले तीन हजार ५२९ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)






















































































































































