चन्द्रपुर(रौतहट): रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेल विजयी हुनुभएको छ । निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणामअनुसार पौडेलले ३६ हजार ८७६ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ मत प्राप्त गनुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराईले नौ हजार ७७८, नेकपा (एमाले)का रामजी साहले तीन हजार ४७८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार दासले एक हजार ६२ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ७३ हजार ३९७ मत खसेका थिए । राष्ट्रिय समाचार समिति (रासस)




















































































































































