आलेखः तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

भद्रपुर (झापा),  झापाको बाह्रदशी गाउँपालिका–३ स्थित ‘राधानगर’ गाउँ तरकारीखेतीबाट परिचित छ । बिहान झिसमिसै उज्यालो हुनुअघि नै यहाँका किसानहरू खेतबारीतर्फ निस्किसकेका हुन्छन् । करिब ३ बजेदेखि सुरु हुने उनीहरूको कामले गाउँको कृषि गतिविधि चलायमान देखिन्छ । निरन्तर मेहनत, लगाव र परिवारको सहकार्यका कारण यहाँका किसानहरूले तरकारी उत्पादनबाट उल्लेख्य आम्दानी गरिरहेका छन् ।

 

 

राधानगरका बासिन्दाका लागि खेतीपाती रोजगारीको माध्यम मात्र नभई दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । समयसँगै सुधार हुँदै गएको कृषि प्रविधि, बजारको बढ्दो माग र स्थानीय किसानहरूको सक्रियताले यो गाउँ झापामा तरकारी उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ । अहिले यहाँका धेरैजसो परिवारले मौसमी तरकारीखेतीलाई आफ्नो प्रमुख आयआर्जनको आधार बनाएका छन् ।

 

 

राधानगरका किसान सुन्दरलाल शाहको दैनिकी यस गाउँका किसानहरूको प्रतिनिधि कथाजस्तै छ । उहाँको दिनचर्या बिहान ३ बजेदेखि सुरु हुन्छ । घर वरपर अँध्यारो अझै बाँकी रहँदा उहाँ खेततर्फ लागिसक्नुहुन्छ । आजभोलि खेतमा लगाइएका बन्दागोभी, काउली र बैगुनजस्ता मौसमी तरकारी टिप्ने काम त्यसै समयबाट सुरु हुन्छ । तीन बिघा क्षेत्रफलमा फैलिएको उहाँको खेत अहिले बन्दागोभी, काउली र बैगुनले ढाकिएको छ । बिहानैदेखि तरकारी टिप्ने, वर्गीकरण गर्ने र गाडीमा राखेर बजार पठाउने काममा परिवारका सदस्यहरू पनि व्यस्त देखिन्छन् ।

 

 

सुन्दरलाललाई यस काममा श्रीमती र छोरी सरिताले भरपूर साथ दिएकÞो बताउनुहुन्छ । “बिहान ३ः०० बजे उठ्नुपर्छ, तरकारी टिप्नुपर्छ अनि गाडीमा राखेर झापा जिल्लाको व्यापारिक केन्द्र बिर्तामोडको कृषि थोक बजारसम्म पु¥याउनुपर्छ”, सुन्दरलाल भन्नुहुन्छ, “तर आफ्नै उत्पादन सिधै बजारमा लैजान पाउँदा विचौलियाको झन्झट कम हुन्छ ।”

 

 

परिवारका सदस्यबाहेक तीन जनालाई नियमित रोजगारी दिनुका साथै तरकारीखेतीबाट खर्च कटाएर वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । यद्यपि खेतीमा आम्दानीसँगै खर्च पनि उत्तिकै हुने गरेको सुन्दरलालको अनुभव छ । गोबर मल, ट्र्याक्टर जोताइ, रासायनिक मल, मजदुर खर्च र ढुवानीमा ठूलो रकम खर्च हुने गरेको उहाँ बताउनुहुन्छ । “कमाइ राम्रो हुन्छ तर खर्च पनि धेरै हुन्छ”, उहाँ भन्नुहुन्छ, “गोबरमलमै एक वर्षमा एक लाखभन्दा बढीÞ रुपैयाँ खर्च हुन्छ ।”

 

 

सुन्दरलालकी छोरी सरिता शाह कृषि क्षेत्रमा नयाँ पुस्ताको प्रतिनिधिजस्तै देखिनुहुन्छ । उहाँले १८ महिनाको कृषि प्राविधिक (जेटिए) अध्ययन पूरा गर्नुभएको छ । बाल्यकालदेखि बुबाले खेतमा गरेको मेहनत देख्दै हुर्किनुभएकी सरितालाई कृषि क्षेत्रमा काम गर्ने प्रेरणा त्यहीँबाट मिलेको हो । “सानैदेखि बुबाले खेती गरेको देखेर यो क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्थ्यो”, सरिता भन्नुहुन्छ, “त्यसैले कृषि पढेँ, अहिले बुबालाई सघाउँदा धेरै कुरा बुझ्न सजिलो भएको छ ।” उहाँका अनुसार गाउँमै तरकारीखेती गरेर राम्रो आम्दानी गर्न सकिन्छ । तर सीमावर्ती भारतीय बजारबाट अवैध विषादीयुक्त सस्तो मूल्यका तरकारी खुल्ला रुपले आउँदा स्थानीय किसानले उचित बजार मूल्य पाउन नसक्ने समस्या भने अझै रहेको सरिता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यस्ता तरकारी सस्तोमा आउँदा हाम्रो उत्पादनको मूल्य घट्छ ।”

 

 

सुन्दरलालको परिवारको परम्परागत पेसा भने सुर्तीखेती थियो । उहाँका बुबा र हजुरबुबाहरूले पनि यही खेती गर्दै आएका थिए । तर समयसँगै सुर्तीखेतीमा बजार घट्दै गयो र आम्दानी पनि कम हुन थाल्यो । मौसमले पनि साथ दिन छाड्यो त्यसपछि सुन्दरलालले विसं २०५२ देखि तरकारीखेती सुरु गर्नुभएको हो । सुरुआती दिनहरूमा सानो जमिनबाट सुरु गरिएको खेती अहिले तीन बिघासम्म विस्तार भएको छ । “पहिला सानो कित्ताबाट सुरु गरेको थिएँ”, उहाँ सम्झनुहुन्छ, “अहिले मेहनत र अनुभवले खेती राम्रो भएको छ ।”

 

 

राधानगरकै अर्का किसान जगतलाल शाहको कथा पनि उत्तिकै प्रेरणादायी छ । उहाँले आठ वर्ष मलेसियामा वैदेशिक रोजगारी गर्नुभयो । विदेशमा काम गरेर फर्किएपछि उहाँले गाउँमै तरकारीखेती सुरु गर्नुभयो । “विदेशमा काम गर्दा पनि मन गाउँमै थियो”, उहाँ भन्नुहुन्छ, “त्यसैले फर्किएपछि खेती सुरु गरेँ ।” हाल उहाँले एक बिघा जमिनमा तरकारीखेती र दुई बिघामा मकैखेती गर्दै आउनुभएको छ । खेतीबाट खर्च कटाएर वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । “अहिले दुई जना मजदुरलाई नियमित रोजगारी दिएको छु”, उहाँ भन्नुहुन्छ, “तरकारीखेतीकै कमाइबाट दुई बिघा जमिन थप जोडेको पनि छु ।”

 

 

जगत्का दुई छोराहरू भने हाल विदेशमै रोजगारीमा छन् । भविष्यमा उनीहरूलाई पनि गाउँमै फर्काएर कृषि क्षेत्रमा लगाउने योजना रहेको उहाँ बताउनुहुन्छ । राम्रो आम्दानीसँगै बजार सजिलै पाए पनि उचित मूल्य पाउन चुनौती रहेको जगतलालको अनुभव छ । राधानगरकै अर्का किसान विनोद शाह पनि तरकारीखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले एक विघा जमिनमा बन्दागोभी, काउली र बैगुनलगायतका मौसमी तरकारीखेती गर्दै आउनुभएको छ ।

 

 

विनोदले आफ्नो उत्पादन स्थानीय बजारमा बिक्री गर्ने गर्नुभएको छ । घरका सदस्यहरू मिलेर काम गर्दा खर्च कम हुने र आम्दानी राम्रो हुने उहाँको अनुभव छ । “घरकै मान्छेले काम गर्दा खर्च कम हुन्छ”, उहाँ भन्नुहुन्छ, “खर्च कटाएर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुन्छ ।” तर उहाँका अनुसार भारतीय बजारबाट आउने विषादीयुक्त तरकारी स्थानीय किसानका लागि मुख्य चुनौती बनेको छ ।

 

 

राधानगरमा शाह समुदायका करिब १४० परिवार बसोबास गर्दै आएका छन् । यीमध्ये अधिकांश परिवार तरकारीखेतीमा संलग्न छन् । श्यामनारायण शाह, झडीलाल शाह, नागिन शाह, लखतलाल शाहलगायतका किसानहरू पनि यही पेसामा सक्रिय छन् । मौसमी तरकारी उत्पादनका कारण राधानगरलाई अहिले ‘तरकारी पाइने गाउँ’का रूपमा चिनिन थालेको छ । झापाको प्रमुख बजार बिर्तामोडमा आउने स्थानीय तरकारीमध्ये धेरैजसो यही गाउँबाट पुग्ने गरेको छ ।

 

 

बाह्रदशी गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख निशान विष्टका अनुसार यस क्षेत्रमा अधिकांश किसानले मौसमी तरकारीखेती गर्दै आएका छन् । गाउँपालिकाले किसानलाई कृषि उपकरण, प्रविधि र तालिम उपलब्ध गराउँदै आएको उहाँ बताउनुहुन्छ । “किसानलाई आवश्यक पर्दा समन्वय र सहयोग गर्ने काम पालिकाले गरिरहेको छ”, उहाँ भन्नुहुन्छ । कृषि प्रविधिको प्रयोग, उन्नत बीउबिजन र बजार व्यवस्थापनमा सहयोग मिल्दै जाँदा यहाँको तरकारी उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ ।

 

 

तरकारीखेतीबाट राम्रो आम्दानी भए पनि किसानहरूले केही चुनौती पनि भोगिरहेका छन् । मुख्य समस्या भनेको भारतीय बजारबाट आउने सस्तो तरकारी हो । विषादी प्रयोग भएका तरकारी सस्तोमा बजारमा आउँदा स्थानीय उत्पादनको मूल्य घट्ने गरेको किसानहरू बताउँछन् । यद्यपि किसानहरू मेहनत, अनुभव र नयाँ प्रविधिको प्रयोगबाट यी चुनौती पार गर्दै अघि बढिरहेका छन् ।

 

 

आज राधानगरका खेतहरूमा फैलिएको हरियाली केवल तरकारीका बोटहरूको हरियाली मात्र होइन, यो गाउँका किसानहरूको आशा र भविष्यको हरियाली पनि हो । बिहानको अँध्यारो चिर्दै खेतमा पुग्ने किसानहरूको मेहनतले यहाँको माटोलाई सुनजस्तै बनाइरहेको छ । सुन्दरलाल, जगतलाल, विनोदजस्ता किसानहरूको कथाले देखाउँछ–यदि इच्छाशक्ति र मेहनत भए गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ । राधानगर आज केवल एउटा गाउँ होइन, मेहनत र सम्भावनाको कथा बनेको छ । खेतबारीमा हुर्किरहेका तरकारीसँगै यहाँका किसानहरूको सपना पनि दिनदिनै बढिरहेको छ । भविष्यमा अझ राम्रो प्रविधि, बजार व्यवस्थापन र सरकारी सहयोग मिल्दै गए यो गाउँ झापाको मात्र होइन, देशकै उत्कृष्ट तरकारी उत्पादन केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गर्न सकिन्छ ।दिपक चन्द/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने

पाटन (ललितपुर), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताउनुभएको छ ।रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने...

व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी

गलेश्वर (म्याग्दी), म्याग्दीका किसानले व्यावसायिक खेतीबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।   जिल्लाको बेनी नगरपालिका-२ लभ्लीहिलका चन्द्रबहादुर कार्की, खबराका सोभित शर्मा, भकिम्लीका टेकबहादुर घर्ती, मरेकका...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ । कामपाले विसं २०७४ मङ्सिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको हो ।   आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसरी उद्धार गरिएकामध्ये...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी,  जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गर्नुभयो ।त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गर्नुभयो ।     मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९