दमक (झापा), बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट जङ्गल गएका एक जना आज मृत फेला परेका छन् । दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २, हट नं २०४ का ५४ वर्षीय तुलबहादुर विष्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी निरीक्षक नविन राईका अनुसार घाँस काट्न भनी यही चैत १९ गते घरबाट निस्किनुभएका उहाँ घर नजिकैको सामुदायिक वनमा मृत फेला पर्नुभएको हो । विभत्स अवस्थामा शव भेटिएकाले हात्तीले आक्रमण गरेको अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)



























































































































































