एनआरएनएका एक्ला ‘राम’, जो सबलाई छोड्दा छोड्दै आफै छुटिरहे

काठमाडाैं, ९ असार । करिब ४७ वर्षअघि जर्मनीको भूमी टेक्दा त्यहाँका सडकमा नेपाली अनुहार बिरलै देखिन्थे। जर्मन युवतीसँग प्रेममा परेका तन्नेरी रामप्रताप थापा पनि प्रेमिकाको हात समाउँदै केही समय जर्मन सहरहरू घुमे। त्यहीँ पढे। बिहे गरे। अनि घरजम भएपछि त्यही मायाले तान्यो।गोरखाको मध्यम वर्गीय परिवारमा उनी सन् १९५० मा जन्मिएका थिए। १९७४ मा पहिलोपटक घुम्न भनेर जर्मनी पुगेका थापा त्यो बेला लगभग २ महिनाजति घुमेर फर्किए। त्यो बेलै जर्मन परियोजनामा काम गर्न आएकी एकजना जर्मन युवतीसँग नेपालमै उनको प्रेम बसिसकेको थियो। यता पनि उनले पढाइ सक्दै थिए।

 

विदेशमै बस्ने रहर त थिएन। परिवार चाहन्थे उनी नेपालमै बसून्। नेपालमै केही गरुन्। गोरखाको भूमिमा धेरै लामो पुस्तादेखि बस्दै आएको परिवार भनेर चिनिन्थे उनीहरू। पहिलोचोटी जर्मनीका सहर घुमेर फर्किएका उनलाई त्यहीँको प्रेमले पढ्नका लागि भनेर फेरि तान्यो। सन् १९७६ मा दोस्रोपटक त्यहाँ पुगेपछि त्यही प्रेममा उनी बाँधिए अनि त्यतै बसे।घरबास जमिसकेको थियो। पढाइ सकिएको थियो। जागिर पनि भेटाइ सकेका थिए। लगभग ३० वर्षसम्म उनले त्यहाँको प्रतिष्ठित बैंकमा काम गरे। जर्मन भूमि मै सन्तानहरू पनि जन्मिए। त्यसपछि कहिलेकाहिँ मात्रै उनी नेपाल आउन थाले। सारा जीवनको कर्मभूमि उनले जर्मनीलाई नै बनाए।

 

दोस्रो विश्वयुद्ध सकिएपछि सारा देशहरू पुनर्निर्माणमा जुट्न थालेका थिए। विश्वभरि त्यसपछि शान्ति अभियान घन्किएको थियो। त्यही बेला विश्वका धेरै देशमा नेपालीहरू पनि पुग्न थाले। त्यहीँको माटोमा पसिना बगाउने नेपालीहरू बाक्लिइ रहेका थिए। जर्मनका सहर अनि कुनाकाप्चामा पनि नेपाली पुग्न थाले।सन् २०००को युग सुरु हुँदै गर्दा विश्वका धेरै भागमा नेपाली पाइलाहरू सल्बलाइसकेका थिए। धेरै नेपाली पढ्न अनि काम गर्न भनेर विश्वका धेरै देशमा पुगिसकेका थिए। त्यहीँ जमिसकेका थिए। त्यो बेला सार्क बाहेकका देशहरूमा करिब करिब ५ लाखभन्दा धेरै नेपाली छरिइसकेका थिए।

 

सुरु मै विदेशी भूमिमा पुगेर त्यहाँ जागिर अनि ब्यापार गरेर लगभग आफूलाई ‘सेट’ गरिसकेका नेपालीले त्यसपछि विश्वभरका नेपालीलाई एउटै छातामुनि ल्याउने प्रयास थाले।त्यतिबेला सबैभन्दा बढी नेपालीहरू केन्द्रित अनि भूपू गोर्खा सैनिकहरुको बसोबास रहेको वेलायतबाटै सबै नेपालीलाई एकै ठाउँमा प्रयास थाल्न त्यो बेला मस्कोका डा=उपेन्द्र महतो, जिबा लामिछानेसहित विभिन्न देशका १६ जनाको बैठकले गैर आवासीय नेपाली संघ -एनआरएनए_ को रचना गरे।

 

एनआरएनए जन्माउने मध्येका एक हुन्, यिनै रामप्रताप थापा। लण्डनको त्यही बैठकले २००३ को अक्टोबर ११ का दिन काठमाडौंमा पहिलो गैर आवासीय नेपाली -एनआरएन_ सम्मेलन सम्पन्न भयो। र, त्यसको लगभग ७ वर्षपछि बल्न नेपाल सरकारको कानुनअनुसार यो संस्था नेपालमै दर्ता पनि भयो।त्याग, समर्पण र लगनपढ्न, पढाउन अनि मात्रै ‘कर्म’ गर्न जानेका यी रामप्रतापले राजनीति कहिल्यै गरेनन्। चाहेनन् पनि। गर्न जानेनन्। अनि राजनीतिको त्यो ‘दूषित’ बाछिटादेखि सधैं टाढा बसे।

 

‘मैले राजनीतिलाई अवहेलना त गरेको होइन। तर, म आफै राजनीतिमा कहिले पनि लागेको छैन। त्यसैले अहिलेसम्म म कुनै पनि राजनीतिक पार्टीमा संग्लन छैन। राजनीतिमा लाग्न मेरो क्यारेक्टर पनि मिल्दैन जस्तो लाग्यो। राजनीतिमा आउन धेरैले प्रेसर गरे पनि मैले चाहिनँ’ अहिले आउँदा रामप्रतापलाई लाग्छ ‘सायद त्यही राजनीतिमा नमिसिएरै म सधैं नेतृत्वमा पुग्नबाट चुकें कि <’रामप्रताप भने कुनै पनि ब्यापार व्यवसायमा लागेनन्। जीवनका आधा यात्रा उनले बैङ्किङ पेशामा बिताए। त्योसँगै नेपाल र नेपालीका लागि सामाजिक अभियानमा पनि लागे।

 

एनआरएनए जन्माउँदा उनलाई लागेको थियो, यही संस्था हो, जसले विश्वभरि छरिएका सारा नेपालीलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्नेछ अनि जन्मभूमि प्रतिको प्रेम झन् एक ढिक्का हुनेछ।राष्ट्रप्रेमको त्यही ढिक्कालाई उनले बचाइराख्न चाहन्थे र त्यसका लागि एकपटक नेतृत्वमा पनि आउन चाहन्थे।त्यो मेरो कुनै महत्वकांक्षा थिएन। राजनीति पनि थिएन अनि अरू केही लोभ पनि थिएन’ थापा भन्छन्  ‘तर एकपटक नेतृत्वमा आएर विश्वभरि छरिएका नेपालीको सेवा गर्ने अनि त्यसको फल देशमा पनि लैजाने मेरो ठूलो इच्छा हो। तर परिस्थितिहरू कहिल्यै मेरा अनुकूल भएनन्।’

 

त्यसका लागि चौथो सम्मेलनमा उनले अब आफ्नो पालो आएको ठानेर अध्यक्षका लागि प्रयास गरे। लगभग उनलाई नरुचाएका कोही पनि थिएनन्। सबैले उनलाई नै नेतृत्वका रूपमा स्विकार्न तयार भइसकेका थिए। कतिले त उनलाई खादा माला लगाएर बधाई पनि दिइसकेका थिए।तर फेरि अरू कसैको इच्छा उनले सुने। त्यसलाई नकार्न सकेनन्। डर थियो, असन्तुष्टी यी स्वरहरू बढ्दै जाँदा एनआरएनए फुट्ने पो हो कि < पाइसकेको अध्यक्ष पद त्यो बेला रामप्रतापले छोडिदिए। देवमान हिराचन अध्यक्ष भए।

 

पाँचौ महाधिवेशनसम्म आइपुग्दा उनलाई एनआरएनएमा राजनीति घुस्न थालेको अनुभव भइसकेको थियो। तथापि  रामप्रताप फेरि अध्यक्ष हुन खोजे। तर त्यो बेला जीवा लामिछानेले पनि अध्यक्ष हुने इच्छा जताए। देवमान फेरि दोहोरिन चाहन्थे। तर जीवाका पक्षमा बहुमत थियो। रामप्रतापले फेरि एनआरएनएलाई उद्देश्यमूलक बनाउनका लागि यसपालि पनि जीवालाई छोडिदिए।‘त्यो बेला जीवाजीजस्ता योङ्ग मान्छेहरू आएपछि संस्थामा केही परिवर्तन हुन्छ अनि संस्थाले नयाँ गति लिन्छ कि भनेर मैले पनि उहाँलाई सपोर्ट गर्दै छोडिदिएँ’ रामप्रतापलाई त्यसपछि लाग्यो, …अहँ संस्था त झन् झन् राजनीतिले थलिँदैछ। अघि बढ्ने होइन झन् झन् अलमलमा फँस्दैछ।’

 

जीवा सहमतिमै अध्यक्ष भए। हिराचनले अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिए।

 

छैठौं अधिवेशनसम्म पनि उनलाई एकपटक नेतृत्व गर्ने इच्छा जागै थियो। तर त्यो ‘महत्वकांक्षा’ भने थिएन न उनका लागि त्यो जीवनकै प्रतिष्ठाको विषय थियो। त्यो बेला पनि उनको उम्मेदवारी चर्चामा थियो। सँगै शेष घलेलगायत अरू पाँचजनाले पनि अध्यक्षका लागि उम्मेदवारी दिए। अब भने एनआरएनए राजनीतिमा चुर्लुम्मै डुबेको अनुभव रामप्रतापले गरे।शेष घलेजस्ता मान्छे आउँदा एनआरएनएको गति र शक्ति झन् बढ्ने देखे रामप्रतापले फेरि पछि हटे। अन्तिममा घलेले नै बाजी मारे। रामप्रतापले त्यहाँ पनि ‘त्याग’ गरे। तर संस्थाप्रतिको लगन, समर्पण र प्रेम कहिल्यै मार्न सकेनन्। शेष घलेको पहिलो कार्यकालमा रामप्रताप एनआरएनएको प्रमुख संरक्षक पनि भएका थिए।

 

२०२१ को अधिवेशनसम्म आइपुग्दा कुमार पन्तले नेतृत्व सम्हालिरहेका थिए। तर अधिवेशनको मुखैमा विवादहरू यति धेरै बल्झिए कि समाधानका बाटाहरू लगभग पुरिइसकेका थिए। परराष्ट्र मन्त्रालयले शेष घलेको अध्यक्षमा एउटा संरक्षक परिषद बनाएर विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउन भनेर कार्यादेश दियो। मन्त्रालयले घलेलाई व्यक्तिगत रुपमा विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउने भनेर कार्यादेश दिएको थियो। तर यो समाधानको बाटो नभएको सिद्ध भयो।एनआरएनएभित्र राजनीतिको विभाजित बाटोले अचम्मसँग बढुवा पाएको थियो।

 

त्यो परिषदमा पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीबा लामिछाने, देवमान हिराचन र भवन भट्टसँगै रामप्रताप थापा पनि थिए।एनआरएनए जन्माउने पूर्व अध्यक्षहरूको त्यो परिषदले प्रयास थाल्दा थाल्दै पनि यही अधिवेशनले एनआरएनएलाई चिर्दै चिर्दै झन् धेरै टुक्राहरू पारिदियो।

 

अन्तिम अवस्थामा संस्थाका नेतृत्वकर्ताहरू अलग्गिएर दुईटा बाटो समाए। आफ्ना नजिकका मान्छेहरू राखेर समानान्तर एनआरएनए बनाइयो। यता मूल नेतृत्वमा झन् अलमल भयो। अन्तिममा एउटा उपाय निस्क्यो, तीन जना अध्यक्ष। अघिल्लो अधिवेशनबाटै अध्यक्ष हुन खोजिरहेका कूल आचार्य, वद्री केसी र रविना थापाहरू छ महिना कार्यकाल बाँडेर अध्यक्ष भए। ११ जना उपाध्यक्ष छानिए, २ जना महासचिव भए। ५ जना उपमहासचिव अनि १० जना सचिव ३ जना कोषाध्यक्ष र ८ जनासम्म सहकोषाध्यक्ष राखेर पदहरू टुक्रा टुक्रा पारेर बाँडियो। एनआरएनएको २० वर्षे इतिहासमा यस्तो पहिलोचोटी भएको थियो कि जसले जे इच्छा राख्छ त्यही पाए। रातारात बिधान सच्याएर ७४ जनाभन्दा धेरै पदाधिकारीका हुल नेतृत्वमा छिर्‍यो।

 

त्यो कल्पना, यो एनआरएनए

रामप्रतापहरूले त्यो बेला जन्माएको एनआरएनएभित्र यो संस्कार झाँगिएला भन्ने कल्पना उनीहरूले कहिल्यै गरेका थिएनन्।तर त्यही भयो जहाँ रामप्रतापहरूको कल्पना अनि आशा र भरोसाहरू पुरिन थाले। एनआरएनएभित्र राजनीति यसरी झाँगियो कि अब यसलाई सफा गर्न निकै कठिन हुनेछ। अब रामप्रतापलाई कुनै इच्छा छैन नेतृत्वमा आउने। उनले बुझेका छन्, अब एनआरएनए अभियान्ताहरूको रहेन। यो त अब सिमित स्वार्थ बोकेका ब्यापारी, कुनै आस्था बोकेका राजनीतिक दल अनि त्यस्तै स्वार्थ समूहको चङ्गुलमा फँसिसक्यो।यी सब नपाइँरहदा उनलाई कत्ति चिन्ता छैन, जबसम्म एनआरएनए आफ्नो गन्तव्य बिर्सदैंन। बरू डर छ त्यसरी जन्माएको अनि प्रेमले हुर्काएको संस्था बाटो बिराउँदै बिराउँदै झन् बिलाउने पो हो कि !

 

मूल कार्यकारी नेतृत्वमा उनलाई कहिल्यै आउन नदिइएको ठान्छन् कतिपय उनका शुभिचन्तकहरूले। तर उनले त्यसका लागि उतिसारो मरिहत्ते कहिल्यै गरेनन्। कुनै कार्यकारी पदमा नरहे पनि उनी एआरएनएभित्रै रहेर सारा आप्रवासी नेपालीका लागि धेरै लडे। प्रवासी नेपालीलाई नागरिकता दिलाउनका लागि उनले संस्थाभित्र धेरै भूमिका खेले। एनआरएनएले उनलाई नै नेपाल सरकारसँग समन्वय गरेर नागरिकताको मुद्दामा काम गर्ने जिम्मेवारी दिएको थियो। उनले त्यसका लागि नेपाल सरकार, यहाँका राजनीतिक दल र नेतृत्वसँग निकै संघर्षपूर्ण पहल गरे।

 

नेपाल सरकारले उनलाई सन् २००३मा जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत पनि बनाएको थियो। अहिले पनि उनी त्यो पदमै छन्। र उनी सन् २००० देखि जर्मन–नेपाल मैत्री संघका अध्यक्ष पनि हुन्।एनआरएनएको नेतृत्व नपाए के भो !

 

कुनै न कुनै डोरीहरू समाएर यसरी उनी नेपाल र नेपालीबाट टाढा भने कहिल्यै हुन सकेनन्।‘राजनीतिमा कहिल्यै लागिनँ त्यसैले त एनआरएनएको संस्थापक हुने सौभाग्य पाएँ। संसारभर छरिएर रहेका नेपालीको अभिभावक बन्ने मौका मलाई मिल्यो। म आफूलाई भाग्यमानी ठान्छु। म जस्ता नेपाली अरु देशमा पनि थिए होला, तर मलाई यो जिम्मेवारी दिइयो’ उनलाई लाग्छ, …युरोपमा बसे पनि विश्वभरका नेपालीलाई सेवा गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु। संसारभरका नेपालीबाट आवाज उठेको थियो राम थापालाई संस्थापकको जिम्मेवारी दिनुपर्छ भनेर। म पनि खुल्ला रुपले लागें। मैले मौका पाएँ, अब गरेर देखाउनु पर्छ भनेर म लागें।’

 

र, अझै पनि मन अठोट छ रामप्रतापसँग, एनआरएनएलाई राजनीतिमुक्त गराउनुपर्छ भन्ने अठोट– ‘मैले आफैले राजनीति गर्न जानिन्। नगरेपछि सिक्ने पनि कुरा भएन। राजनीति नजानेका कारण एनआरएनएमा लपन–छपन गर्न जानिन्। मेरो मान्यता एनआरएनएमा राजनीति गर्नु हुँदैन भन्ने थियो। पवित्र सामाजिक संस्थामा राजनीतिको रङ मिसाउन हुँदैन भन्ने नै हो।’संस्था बचाउन, नेपालीलाई एकढिक्का बनाउन उनले जीवनभरि अरूलाई नै बाटो छोडिदिए।अरूलाई छोड्दा छोड्दै उनी अब आफू धेरै टाढा छुटिसके होलान् तर रामप्रतापको मुटुले एनआरएनएलाई बिर्सन सक्छ न छोड्न।अबको जीवन यही लडाइँमा बिताउनेछन् उनले कि एनआरएनएभित्रको राजनीतिक रंङ पखालियोस् .

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९