स्तक समीक्षाः ‘ज्योतिर्गमय’मा प्रज्ज्वलित शैक्षिक उज्यालो

काठमाडौँ, एउटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले समग्र देशको शैक्षिक सुधारको चिन्ता लिँदा ऊभित्र कति विचार र योजना अन्तरघुलित हुन्छन् भन्ने उदाहरणका रुपमा हालै प्रकाशित ‘ज्योतिर्गमय’ पुस्तकलाई लिन सकिन्छ । प्रधानाध्यापक सङ्घ नेपाल (प्यान)का अध्यक्षसमेत रहनुभएका सुदामप्रसाद गौतमकृत ‘ज्योतिर्गमय’ पुस्तकल् नेपाली शिक्षाको अग्रगतिको मार्गचित्र पस्केको छ । यसमा समाविष्ट चिन्तनयुक्त र बहसयोग्य सवाल शैक्षिक सुधारका लागि महत्वपूर्ण बौद्धिक सम्पत्ति ठान्न सकिन्छ ।

 

काठमाडौँको ठहिटीस्थित शान्ति शिक्षा मन्दिरका प्रधानाध्यापक, अङ्ग्रेजी विषयका शिक्षक र विद्यावारिधि अध्ययनरत गौतमसँग विदेशमा रहेर विकास क्षेत्रको पनि अनुभव छ । स्वदेश फर्किएर गौतमले शिक्षण पेसामा स्थायी भई सामुदायिक विद्यालयको सुधारको यात्रामा ‘हेडसर’ र ‘हेडमिस’लाई सङ्गठित गर्ने एक सङ्गठकको काम पनि गर्नुभयो । यतिमात्रै उहाँको हुटहुटी रोकिएन, अब शैक्षिक सुधारको यात्रामा गहन पुस्तक लिएर अगाडि आउनुभयो ।

 

यही जेठ ४ गते शिक्षविद्हरु प्रा विद्यानाथ कोइराला, प्रा डा बालचन्द्र लुइँटेल, नेपाल सरकार पूर्वसचिव डा हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतबाट विमोचित पुुस्तक एकैसाथ २० हजार प्रति छापिएको जनाइएको छ  । यो पुस्तक देशभरका करिब २८ हजार सामुदायिक विद्यालयमा पुर्याउने लेखक र प्रकाशकको योजना देखिन्छ ।

 

कुल ४२४ पृष्ठ र छ अध्याय रहेको ‘एडु टुडे’ प्रकाशनद्वारा प्रकाशित पुस्तकको सम्पादन पत्रकार प्रभात चलाउनेले गर्नुभएको छ । पुस्तकको नामकरण र लक्ष्य उपनिषद्को स्थापित श्लोक ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय’ बाट भएको छ । अर्थात् असत्यबाट सत्यतर्फ, अन्धकारबाट उज्यालोतर्फ र मृत्युबाट अमरतर्फको लक्ष्यलाई पुस्तकले आत्मसात् गरेको छ ।

 

 

नेपाली जनता र समाजको रुपान्तरणका लागि समयानुकूल नीतिसहितको शिक्षामा उच्च प्राथमिकतामा दिइएको ‘ज्योतिर्गमय’ ले शिक्षकलाई भावी पुस्ताको मौन शिल्पीको सङ्ज्ञा दिनुका साथै शिक्षकको रुपान्तरणबाट शिक्षामा परिवर्तन सम्भव छ भन्ने स्पष्ट सन्देश अभिव्यक्त गरेको छ ।

 

 

शिक्षाको मर्मान्तर चिरफार र अनेक प्रश्न खडा गर्दै लेखक गौतमले विद्यमान शिक्षा प्रणालीको कठोर समीक्षा गरी घोकन्तेको शैलीको विरोध र शिक्षालयलाई प्रमाणपत्र छाप्ने मेसिन झैँ बनाइएकमा गम्भीर चिन्ता गर्नुभएको छ ।शिक्षामा राष्ट्रिय दृष्टिकोण नहुनुलगायत शिक्षाका सात महारोगलाई चित्रित गर्दै पुस्तकमा शिक्षक गुरु कि दलीय कार्यकर्ता ? भन्ने अंह प्रश्नलाई पुनरावृत्ति गरिएको छ ।

 

 

विश्वका विभिन्न विकसित मुलुकका शैक्षिक प्रणाली र अनुभव तथा त्यसबाट नेपाली शिक्षा जगतले सिक्नुपर्ने पाठलाई सविस्तार चर्चा गरिएको छ । शिक्षा सुधारका लागि व्यावहारिक कार्ययोजना प्रस्तुत गरिएको ‘ज्योतिर्गमय’ मा शिक्षालाई कृषि, पर्यटन, ऊर्जा, उद्योग आदिसँग जोडेर माटो र बजार अनुकूल बनाउन जोड्न सुझाव दिइएको छ ।

 

 

विद्यमान पाठ्यक्रम र मूल्याङ्कन प्रणालीमा पुनरावलोकनका लागि एक सन्दर्भ सामग्री हुनसक्ने यस पुस्तकले प्रधानाध्यापकलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) ढाँचाको नियुक्ति गर्न गरेको प्रस्ताव गरेको छ । अहिले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई वित्तीय र नीतिगत अधिकार न्यून भएको मूल्याङ्कन लेखकको देखिन्छ ।
 

राजनीतिले शिक्षालाई बिगारेको खरो टिप्पणी गरिएको पुस्तकका नेपाल एकीकरणदेखि शिक्षालाई राजनीतिसँग जोडिएको सन्दर्भ पनि उल्लेख छ ।समग्रमा पुस्तक शिक्षाको सुधारको मार्गमा एक रणानीतिमूलक दस्तावेज भए पनि कतिपय ठाउँमा निराशावाद प्रकट गरिएको छ । “ती कलिला आँखाहरु जो विद्यालय जाँदा हजारौँ प्रश्न बोकेर जान्छन् तर फर्कंदा रित्तो उत्तर फर्कन्छन् ।” जस्ता सन्दर्भले अहिलेसम्म शिक्षामा केही पनि भएन र विद्यार्थीले केही पनि सिकिरहेका छैनन् भन्ने सन्देश दिएको छ । यसले राम्रो परिणाम दिइरहेका सामुदायिक विद्यालयलाई पनि हतोत्साहन गर्न सक्छ ।

 

 

पुस्तकमा शिक्षकको रुपान्तरणमार्फत शैक्षिक रुपान्तरणको कुरा धेरै गरिएको छ तर भावनात्मक कुराले मात्रै त्यो सम्भव छैन भन्ने पक्षलाई पुस्तकले राम्ररी पर्गेल्न सकेको छैन । नीति र ‘पेडागोजिकल’ तथा दृष्टान्तका कुरा अझ बढी भएको भए राम्रो हुन्थ्यो । ‘राष्ट्रिय शिक्षा आयोग, २०११’ देखिको सिफारिस प्रतिवेदन र कार्यान्वयनका सन्दर्भलाई चिरफार गरिएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो । नेपाली शैक्षिक सुधारका क्रमममा भएका कतिपय राम्रा अभ्यासको चर्चा गर्न पनि पुस्तकले भ्याएको छैन ।

 

 

जस्तो, विद्यालय भर्ना तथा विद्यार्थी स्वागत अभियानबाट कुल भर्नादर ९७ प्रतिशत हाराहारीमा पुगेको, शिक्षामा लैङ्गिक समता वृद्धि भएको, सञ्चारमाध्यले उजगार गरेका कारण खेताला शिक्षक प्रवृत्तिको अन्त्य भएको, विद्यालय शान्ति क्षेत्र स्थापित भएको, विद्यालयमा गुनासो सुनुवाइ संयन्त्रको प्रबन्ध गरिएको विषय सकारात्मक सन्दर्भलाई बेग्लै अध्यायमा रुपमा राख्न सकिन्थ्यो ।

 

 

यस्तै, बालविवाह अन्त्य रणनीति, दण्डरहित शिक्षण कार्यविधि, अतिरिक्त क्रियाकलापमा वृद्धि, स्थानीय तहका राम्रा अभ्यास, किशोरी शिक्षा सुरक्षा कार्यक्रमका सवाललाई प्रचारमा लैजान सामुदायिक विद्यालयका शिक्षकहरु पछि पर्नुहुँदैन । पुस्तकको विधागत र विषयवस्तु सीमाङ्कन अभाव पनि देखिन्छ  । यसलाई अनुसन्धान, चिन्तन, आख्यान, अनुभवांश कुन विधामा दर्ज गर्ने भन्ने अन्योल देखिन्छ ।

 

 

यी केही आलोच्य पक्षका बाबजुद ‘ज्योतिर्गमय’ ले शिक्षा सुधारको चिन्तनका लागि धेरै सबल प्रश्नहरू तेस्र्याएको छ । महत्वपूर्ण आधार सिफारिस गरेको छ । यी प्रश्न र सिफारिसको एक प्रकारको शारीरिक बनोट गरिएको छ । त्यो शरीरलाई पोषक तत्व प्रदान गरेर जीवन्त बनाउने यात्रामा यसका पाठकको भूमिका अवश्य हुनेछ । पाठकलाई त्यसतर्फ अग्रसर गराउन पुस्तक समर्थ देखिएको छ ।प्रकाश सिलवाल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९