काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रुआठ हजार दुई सय र चाँदी रु ३३५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख आठ सय कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८९५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २३० मा कारोबार भएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































