सुके पानीको ‘मूल’ बढ्यो सङ्कट

महोत्तरी,  बर्दिबास–१ का ७५ वर्षीय भक्त भण्डारी बस्तीको सिरानको पानीखोल्सीको अवस्था देखेर वीरक्तिनुहुन्छ । “यो खोल्सीको जरुवा दुई दशकअघि पहिलेको बर्दिबास क्षेत्रभरिकै खानेपानीको स्रोत थियो, अहिले त पानी बग्ने पहिलेको ठाउँमा सुक्खा छन् ।” बर्दिबास–१ को सिरानको दाहाल्नी खोल्सीको पनि उस्तै हाल भएको उहाँ बताउनुहुन्छ ।

 

 

 

बर्दिबासमात्र नभएर छिमेकको भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) मासिएको छ । एक समयमा जोकाहा भूलको पानी सम्झेर बटुवा टाढैदेखि तिर्खा साँचेर आउने गरेका पलारका ८५ वर्षीय चौठी बाँतरलाई हिजोझैँ लाग्छ । “जोकाहा मूल खानेपानीमात्र नभएर खेतको सिँचाइका लागि पनि प्रयोग गरिन्थ्यो, यसैको नाउँमा यहाँका खेत धान उत्पादनका लागि कहलिएको थियो”, विगत सम्झदै उहाँ भन्नुहुन्छ, “देख्दादेख्दै यो मूल पुरियोे, अहिले पानीको नाउँनिसान छैन ।” भण्डारी र बाँतरजस्तै विजलपुरा जुडी टोलका ८० वर्षीय प्रमोदकुमार सिंह जुडी भूलले सिँचाइ हुने दुई दशकअघिको अब्बल जग्गा अब काँस पनि नउम्रने बनेको लामो सुस्केरा हाल्दै बताउनुहुन्छ । अब त पछिल्लो पुस्तालाई भूलबारे बताउन पनि दन्त्यकथा हाल्नुपर्ने अवस्था बनेको सिंह वीरक्तिदै बताउनुहुन्छ ।

 

 

महोत्तरीका पानीका जरुवा यसरी सुकेपछि बुढापाका भने ‘के समय आयो ?’ भन्दै पिरोलिएका भेटिन्छन् । सदावहार बहने जरुवा पानीका मुहान सुकेपछि यहाँको जनजीवनमा असर परेको छ । यसले बर्सेनि पानीकोे सङ्कट बढ्दो छ । खासगरी गर्मी याममा त रातु, मरहा र बाँके नदी शिरमा पनि खोल्साखोल्सीबाट झर्ने पानीका मुहान अहिले सबै सुकेका छन् । खोल्सीका जरुवा र नदीमात्र नभएर बर्दिबास, गौशाला र भङ्गाहा नगरक्षेत्रका इनार र चापाकल धमाधम सुक्दै गएपछि यी नगरक्षेत्रका कैयौँ बस्तीमा पानीको हाहाकार बढेको छ ।

 

 

“उ हेर्नाेस् न, इनारमा पानी देखिन छाड्यो, अब पानीबिना छटपटिने दिन आउँदैछ”, बर्दिबास–७ मनहरिपुरका ३४ वर्षीय नीरबहादुर खत्री भन्नुहुन्छ, “कमसेकम पानी त ढुक्कले पाइयोस्, त्यो पनि हाम्रो भाग्यमा छैन ।” पानीको अभावलाई भाग्यसँग जोड्ने उहाँले गर्मीयाममा पानीको हाहाकार भोग्नु आफूहरुको नियति नै बनेको बताउनुहुन्छ ।

 

 

चुरे पहाडको फेदी र वनजङ्गल नजिक हुँदा यस भेगमा पानीको सङ्कट कम हुन पर्ने लख काटिन्छ । तर जिल्लामा सबैभन्दा बढी पानीको समस्या यिनै नगरक्षेत्रमा पर्ने गरेको छ । चुरे र यसका शृङ्खलाबाट निस्कने खोल्साखोल्सी व्यवस्थित नगरिदा बर्सेनि गेग¥यान थुप्रिएर पानीका मुहान पुरिने गरेका छन् । जिल्लाको मध्य र दक्षिणी क्षेत्रको माटो चिम्ट्याइलो र लिसाइलो हुँदा भूमिगत सतहमा पानी चाँडै सुक्दैन । तर उत्तरी क्षेत्रको माटो बालु गेग¥यान मिसिएको हुँदा गर्मी याममा यहाँको जग्गा चाँडै रुखिने र मुहान सुक्ने समस्या बढेको चुरे तथा जलाधारविज्ञ जिल्लाकै भङ्गाहा–७ मेघरोलका बासिन्दा डा विजयकुमार सिंह बताउनुहुन्छ ।

 

 

चुरे क्षेत्रका जलाधार क्षेत्रमा बलौटे गेग््य्रान थुपरिएर पानीको मुहान पुरिनु, वनजङ्गल पातलिनु र पहाडी थुम्का र नदी किनारमा अनियन्त्रित उत्खनन नरोकिनुले यहाँ पानीको सतह गहिरिँदै गएको विज्ञहरुको भनाइ छ । “भएका मुहान पुरिएका छन्, जलाधार क्षेत्रको संरक्षण हुन सकेको छैन, वनक्षेत्रमा पुनर्भरण पोखरी बनाउन ध्यान पुगेको छैन”, चुरे तथा जलाधार क्षेत्रको अध्ययनमै विद्यावारिधि गर्नुभएका डा सिंह भन्नुहुन्छ, “हामी चेतेका छैनौँ, यही चालमा पानीको ठूलो सङ्कट बढ्ने देखिन्छ ।” असन्तुलित वर्षा, खडेरीजस्ता विपद् चुरे र यस वरिपरिका जलाधार क्षेत्र संरक्षण गर्न नसकिनु पनि प्रमुख कारणमध्ये पर्ने उहाँको भनाइ छ ।

 

 

 

मधेसमा दक्षिणको दशगजासम्मै र त्यस तल पनि पानीको मुख्य स्रोत चुरे नै भएको विज्ञ बताउँछन् । तर मधेसको जीवनसँग जोडिएको चुरे संरक्षणमा पर्याप्त ध्यान नपुगेको अर्का चुरे, जलाधार तथा वातावरणविज्ञ डा नागेन्द्रप्रसाद यादव बताउनुहुन्छ । यस कार्यमा तीनै तहका सरकारबीच आपसी सहकार्य र समन्वय हुनपर्ने डा यादवको सुझाव छ । “अब पनि चुरे संरक्षणमा ध्यान नदिने हो भने जिल्लाको तल्लो भेगसम्मका जग्गा केही वर्षभित्रै मरुभूमि बन्नेछ”, डा यादव बताउनुहुन्छ ।

 

बर्दिबास र गौशालामा खानेपानीका लागि खोल्सीका जरुवा, चापाकल र इनार मुख्य स्रोत हुन् । गर्मी याममा पछिल्ला दुई दशकयता खानेपानीको सङ्कट पर्दै गएको बर्दिबास–३ गौरीडाँडाका बासिन्दा सामाजिक अगुवा ७० वर्षीय तुलसीप्रसाद ढुङ्गाना सम्झनुहुन्छ । बर्दिबास र गौशालासँगै भङ्गाहा नगरपालिकाका तीन वटा वडा बस्तीमा पानीको सङ्कट पर्ने गरेको छ । इनार र चापाकल भङ्गाहा ३, ४ र ५ वडाभित्रका १२ भन्दा बढी बस्तीमा खानेपानीका मुख्य स्रोत हुन् । यसपालि हिउँदे वर्षा नभएको हुँदा जेठ तेस्रो साताको प्रचण्ड गर्मीकै बेला यहाँका अधिकांश इनार र चापाकल सुकेका भङ्गाहा–४ रामनगरका ६५ वर्षीय हरिदेव साह बताउनुहुन्छ ।

 

 

यहाँ गर्मी याममा मानिसमात्र नभएर घरपालुवा पशुबस्तु, चराचुरुङ्गी र वन्यजन्तु पानीको सङ्कट झेल्दैछन् । पछिल्ला केही वर्षयता वनक्षेत्रका खोल्सी सुकेपछि बँदेल, दुम्सी र नीलगाईसहितका जन्तु आहारा र पानीको खोजीमा दक्षिणी क्षेत्रका बस्तीबस्तीभित्र पुगेका छन् । पानीको अभाव भोग्दै आएका सर्वसाधारणलाई अहिले वन्यजन्तु बस्तीबस्ती पसेपछि बाली र आफ्नै पनि सुरक्षाको चुनौती थपिएको भङ्गाहा–३ कटैया बस्तीकी ६० वर्षीया रामराजी यादवको भनाइ छ ।

 

 

जिल्लामा लामो खडेरी पर्दा भने दक्षिणी क्षेत्रमा पनि खानेपानी कहिलेकाहीँ ठूलठूला ट्याङ्कीबाट वितरण भएको छ । “यसपालि त अहिलेसम्म चापाकलमा पानी आउँदैछ, पोहोर साल त बाहिरबाट ट्याङ्कीमा ओसारेर नगरपालिकाले वितरण गरेर बचाएको थियो”, गत वर्षको दुःख सम्झँदै जलेश्वर–१ का ७० वर्षीय सुधीर साह सम्झनुहुन्छ ।

 

 

पानीका स्रोतका मुहान धमाधम सुकेपछि अब बाली लगाउन र हुर्काउन कठिन बनेको सर्वसाधारणको पीडा छ । चुरे तथा जलाधारविज्ञ भने यिनको संरक्षणबिना महोत्तरीमात्र नभएर मधेसमै पानीको दीर्घकालीन समाधान पहिल्याउन नसकिने ठोकुवा गर्छन् । “अब यसले गरेन, उसले गरेन भनेर दोष अन्त देखाएर समाधान छैन”, डा सिंह भन्नुहुन्छ, “स्थानीयतह, प्रदेश र केन्द्र सरकारबीचको समन्वयात्मक कामले मात्र यो समस्या समाधानतिर लान सकिन्छ ।”गोपालप्रसाद बराल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९