आलेखः सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौँ,  विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् । स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उहाँलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हुन् कि भन्ने चिन्ता पनि उहाँलाई छ ।

 

 

उहाँ भन्नुहुन्छ, “पहिले आधार शिविरबाट पाँच मिनेट हिँड्दा हिउँको ढिक्का भेटिन्थ्यो तर अहिले डेढ घण्टा हिँड्दा पनि हिउँ भेट्न गाह्रो छ, यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर मान्न सकिन्छ ।” आरोहणका लागि विश्वभरबाट आउने पर्वतारोहीले अहिले सगरमाथाको बद्लिँदो स्वरूप प्रत्यक्ष रूपमा अनुभव गरिरहेको उहाँको भनाइ छ ।        उहाँ भन्नुहुन्छ, “विश्वको सर्वोच्च शिखर सगरमाथा केवल हिमाल मात्र होइन, साहस, चुनौती र प्राकृतिक सौन्दर्यको प्रतीक पनि भएकाले यसको संरक्षणमा जुट्नु सबैको सरोकारको विषय हो ।”

 

 

पृथ्वीको औसत तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमनदीहरू पग्लिने गति बढ्नु, हिउँ पर्ने समय र मात्रा परिवर्तन हुनु तथा वर्षाको ढाँचा बद्लिनेक्रम तीव्र रूपमा देखिएको आरोहीहरुको भनाइ छ । हिमालय क्षेत्रलाई जलवायु परिवर्तनप्रति अत्यन्त संवेदनशील क्षेत्रका रूपमा लिने गरिन्छ । हिउँले ढाकिएको मार्गमा अहिले धेरै स्थानमा नाङ्गा चट्टान पार गर्नुपर्ने अवस्था आएको उहाँ सुनाउनुहुन्छ । एक समय बाक्लो हिउँले ढाकिएका क्षेत्रमा अहिले चट्टान र बरफका पुराना तहहरू देखिन थालेपछि कतिपय पर्वतारोही आगामी दिनमा नेपालमा आउने सम्भावना कम हुने हो कि भन्ने चिन्तामा फुर्वा देखिनुहुन्छ ।

 

 

दोलखाको रोल्वालिङमा सन् १९८८ मा जन्मनुभएका अनुभवी पर्वतारोही फुर्वा तेञ्जिङ शेर्पा १८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पाइला राख्नुभएको छ । १४ वर्षको उमेरमा भरियाको कामबाट हिमाल जान थाल्नुभएका शेर्पा सन् २००७ मा पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँले यसअघि मनास्लु, आबादब्लम लगायतका हिमालमा पाइला राखिसक्नुभएको छ । सगरमाथा क्षेत्रमा हिउँको कमी हुनु दृश्य परिवर्तनको विषय मात्र होइन; यसले आरोहणको जोखिम, हिमाली पारिस्थितिकी प्रणाली, जलस्रोत तथा स्थानीय समुदायको जीवनमा प्रभाव पार्न थालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ । यही कारणले पछिल्ला वर्षमा हिउँबिनाको सगरमाथा हुने हो कि भन्ने चिन्ता बढेको छ ।

 

 

केही दशकअघिसम्म मौसम अपेक्षाकृत स्थिर रहँदै आएकामा अहिले भने मौसममा तीव्र उतारचढाव आउने गरेको छ । बिहान सामान्य देखिएको मौसम केही घण्टामै खराब हुने गर्दछ । उहाँ भन्नुहुन्छ, “सगरमाथाको मार्ग पहिलेभन्दा धेरै परिवर्तन भएको छ । विगतमा हिउँले ढाकिएका भाग अहिले खुला चट्टानमा परिणत हुँदै गएका छन् । यसले आरोहणलाई झन् कठिन र जोखिमपूर्ण बनाएको छ ।”

 

 

विशेषगरी खुम्बु आइसफल क्षेत्रमा बरफको संरचना अस्थिर बन्दै गएकाले भविष्यमा आरोहणमा थप चुनौती थपिनसक्ने देखिन्छ । हिउँको कमीका कारण बरफ छिटो पग्लिने र चिरा तथा दरार थप खुल्ने समस्या देखिएको उहाँको भनाइ छ ।जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी समस्या छँदैछ, त्योभन्दा पनि फोहर व्यवस्थापनको समस्या झन् जटिल बन्दै गएको उहाँ बताउनुहुन्छ । फुर्वा सगरमाथाको क्याम्प २ सम्म फोहर व्यवस्थापन केही हदसम्म प्रभावकारी देखिए पनि क्याम्प ३ र क्याम्प ४ मा अवस्था अझै चिन्ताजनक रहेको बताउनुहुन्छ । “क्याम्प ४ बाट फोहर तल झार्न निकै गाह्रो छ । आरोहीहरु आफ्नो ज्यान जोगाउनु कि फोहार बोक्नु भन्ने अवस्थामा पुग्छन्”, उहाँ भन्नुहुन्छ ।

 

 

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले फोहर व्यवस्थापनका लागि प्रयास गरिरहेको भए पनि माथिल्लो क्षेत्रमा थुप्रिएका पुराना पाल, अक्सिजन सिलिन्डर र अन्य फोहर हटाउन अझै ठूलो चुनौती रहेको शेर्पा बताउनुहुन्छ ।  गत मे २० मा एक चिनियाँ नागरिकलाई लिएर सगरमाथाको सफल आरोहण गरेर फर्कनुभएका शेर्पा हरेक वर्ष यो समस्या थपिँदै गएको बताउनुहुुन्छ ।

 

 

यसपटक सगरमाथामा विश्वका ५६ देशका ४९५ आरोहीले अनुमति लिएका थिए भने एक हजारभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । हिमालको प्राकृतिक सौन्दर्य र सुरक्षा कायम राख्न सरकार र सरोकारवाला निकायले समयमै ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको उहाँको सुझाव छ ।
यति मात्र होइन, दक्ष शेर्पाहरुको विदेश पलायन र आरोही कम्पनीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले पनि भविष्यमा आरोहीहरुको सङ्ख्यामा प्रभाव पर्नसक्ने सम्भावनालाई उहाँ नकार्न नसकिने बताउनुहुन्छ । अनुभवी र दक्ष शेर्पाहरू राम्रो अवसरको खोजीमा विदेश पलायन हुनेक्रम बढेको  छ । हाल सङ्खुवासभाको मकालु, सोलुखुम्बु र दोलखाको रोल्वालिङ क्षेत्रका शेर्पा आरोहणमा सक्रिय भए पनि दक्ष जनशक्तिको अभाव खड्किएको उहाँको भनाइ छ ।
विश्वमै साहसी पथप्रदर्शकको परिचय बनाएका नेपाली शेर्पाहरुले असाधारण क्षमताका साथ कठिन चुनौती व्यहोर्दै आइरहेका छन् । पर्वतारोहणका सिलसिलामा ज्यानसमेत जानसक्ने जोखिमबारे जानकार हुँदाहुँदै पनि उनीहरुले विश्वका विभिन्न मुलुकका पर्वतारोहीले सपना पूरा गर्न नेतृत्वदायी भूमिका खेल्दै आइरहेका छन् । हिमाल चढ्ने काम खतराजनक भए पनि कीर्तिमानी आरोहीलाई नेपालमा खासै सम्मान तथा सुविधा नहुँदा उनीहरुको विदेश पलायन हुनेक्रम रोक्नका लागि सरकारले नै नीतिगत रुपमा निर्णय लिएर कीर्तिमानीहरुको सम्मानका लागि अग्रसरता लिनु जरुरी भएको पर्यटनमा कलम चलाउँदै आउनुभएका पत्रकार राजु सिलवाल बताउनुहुन्छ ।

 

 

 

यस्तै, हिमाल आरोहण गराउने कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाले गर्दा सेवाको गुणस्तर र सुरक्षामा प्रश्न उठेको छ । पहिले आरोहणका लागि ५० हजार डलरसम्म लाग्ने गरेकामा अहिले प्रतिस्पर्धाका कारण २०–२५ हजार डलरमै टोलीहरू लैजाने गरिएको उहाँ बताउनुहुन्छ । यसले गर्दा अनुभवी शेर्पाको सट्टा कम अनुभवी व्यक्तिहरू परिचालन हुने जोखिम बढेको उहाँको भनाइ छ ।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे विभिन्न अनुसन्धान संस्थाले सङ्कलन गरेका हिमनदीको अवस्था, हिउँको मात्रा तथा तापक्रम परिवर्तनसम्बन्धी तथ्याङ्कका आधारमा नेपाल सरकारले पनि अध्ययन र निगरानी बढाउनुपर्ने नेपाल पर्वतारोहण सङ्घका महासचिव राजेन्द्र लामा बताउनुहुन्छ । यस्ता अध्ययनले भविष्यका जोखिम मूल्याङ्कन र नीतिगत योजना बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनको प्रभाव कम गर्न विश्वव्यापीस्तरमा हरितगृह ग्यास उत्सर्जन घटाउने प्रयाससँगै स्थानीयस्तरमा पनि हिमाली वातावरण संरक्षण, फोहर व्यवस्थापन तथा दिगो पर्यटनलाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा लामाको जोड छ ।
सगरमाथामा आरोहण गर्न आउने अधिकांश विदेशी पर्वतारोहीले हिउँको कमीलाई प्रत्यक्ष देखेको अनुभव सुनाउने गरेका छन् । कतिपयले आधार शिविरदेखि माथिल्ला क्याम्पसम्म पुग्ने क्रममा अपेक्षाभन्दा कम हिउँ देखिएको भन्दै कतिपय आरोहीहरुले आफूसँग चासो देखाएको फुर्वा बताउनुहुन्छ । केही स्थानमा दशकअघिको तुलनामा उल्लेखनीय परिवर्तन देखिएको उहाँको आफ्नै अनुभव पनि छ । सगरमाथाको भू–दृश्य नै बदलिँदै जाने गरी आएको परिवर्तनलाई सामान्य रुपमा लिन नहुने उहाँको भनाइ छ । सगरमाथालगायत नेपालमा रहेका हिमालमा आउने परिवर्तनले पर्वतारोहीको आगमनमा कमी ल्याउने मात्र होइन, यसले आर्थिक पक्षलाई नराम्ररी प्रभावित गर्दछ । नेपालको महत्वपूर्ण आयस्रोतका रुपमा रहेको हिमालमा पर्यटकमा आउने ह्रासले स्थानीयवासीको रोजीरोटीमा असर पार्नुका साथै मुलुककै अर्थतन्त्रमा समस्या आउनसक्छ ।यसैवर्ष नेपालले सगरमाथाबाट रोयल्टीबापत रु एक अर्ब आठ करोड १० लाख ७२५ समेत गरी कुल ३१ हिमालबाट रु रु एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ प्राप्त गरेको थियो । यस वर्ष छ हजार ५०० मिटरभन्दा अग्ला हिमालको आरोहणका लागि ७९ देशका एक हजार १९५ आरोहीले अनुमति लिएका थिए ।
परिवार नै सगरमाथा शिखरमा

छिरिङ नोर्बु शेर्पा र किमजुङ शेर्पाका छोरा फुर्वा तेञ्जिङका छ दाजुभाई तथा दुई दिदीबहीनीले सगरमाथाको आरोहण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाउनुभएको छ । तेञ्जिङका जेठो दाजु पेम्बा ग्याल्जेन शेर्पा, माहिलो दाजु फुर्वा थुन्डु शेर्पा, साइँलो दाजु पेम्बा दोर्जी शेर्पा, काइँलोे दाजु निमा ग्याल्जेन शेर्पा, कान्छो भाई फुर्वा खिले शेर्पा, दिदी दावा दिकी शेर्पा र बहिनी निमा ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ । एउटै सिजनमा उहाँका परिवारका चार सदस्यले सगरमाथा आरोहण गरेर अर्को विश्व रेकर्डसमेत बनाउनुभएको छ । हिमाल आरोहणकै क्रममा उहाँको माइलो दाजु फुर्वा थुन्डु शेर्पाको मृत्यु भयो ।

सन् २००७ देखि अनवरत रुपमा हिमाल चढ्दै आउनुभएका फुर्वा तेञ्जिङले सन् २००८ र सन् २०१७ मा वर्षको दुईपटक सगरमाथा आरोहण गर्नुभएको छ ।आरोहणसँगै फुर्वाले सामाजिक क्षेत्रमा पनि सक्रिय योगदान पु¥याउँदै आउनुभएको छ । गोरखा भूकम्पपछि उहाँकै नेतृत्वमा सञ्चालित ‘वी विल राइज फाउन्डेसन’ले नेपालको पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदान महत्वपूर्ण छ । सन् २०१५ को भूकम्पपछि स्थापना भएको यस फाउन्डेसनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगितामार्फत स्थानीय पर्यटनलाई उजागर गर्दै आएको छ । साथै हङ्कङ र बेलायतमा ‘हाइक फर नेपाल’जस्ता कार्यक्रम आयोजना गरी विश्वभर नेपालको पर्यटनको सन्देश फैलाएको छ ।कृष्ण अधिकारी र अच्युत रेग्मी/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९