बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय

टीकापुर (कैलाली),  कैलाली जिल्लामा बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय रहेको पाइएको छ । स्थानीय टीकापुर नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकावासी विपद् व्यवस्थापन समितिमा रहेर बाढीजन्य विपद्को सामना गर्न क्षमता बढाउन सक्रिय छन् ।

 

 

 

बाढीपहिरो, डुबानलगायतका विपद्का बेला खोज तथा उद्धारका लागि सहयोग माग्नुभन्दा आफैँ जुट्नुपर्छ भनी हरेक नागरिकको भूमिका र जिम्मेवारी तोकिएको छ । टीकापुर नगरपालिका–७ का नागरिकलाई बर्खा लागेपछि बाढीजन्य विपद्को त्रासले सताउने गरेको छ ।

 

 

बाढीजन्य विपद्बाट जोगिन समुदायमा रहेको विपद् व्यवस्थापन समितिमा खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल, महिला कार्यदल, पूर्वसूचना कार्यदल बनाएर सक्रियता बढाइएको छ ।विपद्का बेला ती कार्यदल आफैँ सक्रिय हुने र आफ्नो भूमिका निभाउने गरेका सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रेग्मी बताउनुहुन्छ । “समुदायले आफ्नो क्षमता विकास गर्दै गएको छ । त्यसका लागि स्थानीय सरकार र सङ्घसंस्थाले तालिम, आवश्यक सामग्री सघाएका छन्”, उहाँले भन्नुभयो, “दुई वर्षअघिसम्म बाढी आउँदा पालिका आएर नागरिक उद्धार गर्नुपथ्र्याे । अहिले समुदायकै सक्रियतामा अत्यावश्यक सामग्रीसहित नागरिक, खाद्यान्न, वस्तुभाउ सबै उच्च घरमा सारिसक्छौँ ।”

 

 

बर्खामा अत्यधिक गर्मी तथा जाडोमा शीतलहरले सताउने हुँदा त्यहाँका नागरिक बहुप्रकोपको जोखिमको सामना गर्न बाध्य छन् । विगतका वर्षमा वर्षातमा कटान र डुबानको समस्या रहेकामा स्थानीयको पहलमा नदीमा तटबन्ध बनेपछि कटान रोकिए तापनि डुबानको समस्याले भने उस्तै सताउने रहेको अध्यक्ष रेग्मीको भनाइ छ । समुदायको क्षमता विकासका लागि पालिकासँगको सहकार्यमा प्राक्टिकल एक्सन र बी गु्रपलगायतका सङ्घसंस्थाले सघाइरहेका छन् ।

 

 

 

सामुदायिक विपद् व्यवस्थापन समिति वैदीका सचिव भोजराज ढुङ्गानाका अनुसार वर्षात्का समयमा स्थानीय मोहना, पथरैया, काढा, कन्द्रा र कर्णाली नदी कयौँ गाउँबस्तीमा पसेर डुबान गर्दै आएको छ ।पछिल्लो समय बाढीजन्य विपद्बाट जोगिन समुदायको सक्रियता बढ्दै गएपछि त्यसबाट जोगिन पूर्वसूचनाले सहज भएको छ । “मौसमसम्बन्धी सूचना नियमित सुन्ने र हेर्ने गरेका छौँ, सूचनाका आधारमा समुदाय सचेत हुन्छ”, उहाँ भन्नुहुन्छ, “समुदायमा सूचना संयन्त्र बनाइएको छ । माइकिङ गर्ने, साइरन बजाउने, झण्डा देखाउने र मोबाइलमा म्यासेज गर्दा एकैपटक जोखिममा रहेका सबैका घरमा सूचना पुग्छ ।”

 

 

 

सामुदायिक विपद् व्यवस्थापन समिति वैदीका कोषाध्यक्ष वासुदेव कोइराला समुदायसँग विपद्बाट जोगिन आवश्यक सामग्री रहेकाले सहज भएको बताउनुहुन्छ । “समुदायमा मासिक रूपमा बैठक हुन्छ, मौसमअनुसारका विपद्बारे छलफल हुन्छ । विपद्का सम्बन्धमा खडा गरिएको कोषमा रकमसमेत जम्मा गरिएको छ”, उहाँ भन्नुहुन्छ, “विपद्मा परी समस्यामा रहेका परिवारलाई त्यही कोषबाट राहत दिन्छौँ । सकेसम्म पालिकालाई गुहार्दैनौँ । सानोतिनो समस्या समुदायमै समाधान गरिन्छ ।”

 

 

समुदायस्तरीय पूर्वसूचना कार्यदलका संयोजक सुशीला बस्नेतका अनुसार बर्खा लाग्नुअघि समुदायकै सक्रियतामा जेठ २२ गते विपद् सम्बन्धमा कृत्रिम घटना अभ्यास गरियो । “हामी बर्खाभरि स्वयंसेवकका रूपमा खटेका हुन्छौँ, विपद्का बेला सूचना र तथ्याङ्क महֿत्त्वपूर्ण हुन्छ”, उहाँ भन्नुहुन्छ, “हामीले समुदाय जोगाउन सूचनामा बढी ध्यान दिन्छौँ । जोखिममा रहेका गर्भवती, सुत्केरी, अपाङ्गता र ज्येष्ठ नागरिकको परिवारको तथ्याङ्कका आधारमा उद्धार गरिन्छ ।”

 

 

टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बाढीजन्य विपद्का बेला महामारी फैलन नदिन महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिएर स्वास्थ्यकर्मीले सेवा दिने गरेको बताउनुभयो । “यसपटक त हामीले पालिकाका सबै स्वास्थ्यकर्मीलाई समेत विपद्मा महामारी फैलनसक्ने जोखिम हुने भएकाले विपद् व्यवस्थापनसम्बन्धी तालिम दिएका छौँ”, उहाँ भन्नुहुन्छ, “जोखिमका बेला आफ्नो सुरक्षा र समुदायको सुरक्षामा कसरी ध्यान दिने भनी सिकाइएको छ ।”

 

 

टीकापुर–७ मा वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेका अनुसार विपद्मा बस्नका लागि बनाइएका चारवटा भवन छन् । पूर्वसूचना प्रणालीलाई सक्रिय बनाएकाले बाढीजन्य विपदको जोखिम कम गर्न सहयोग पुगेको बताउनुहुन्छ । “समुदाय सचेत बन्दै गएकाले पालिकालाई धेरै सहज भएको छ”, उहाँ भन्नुहुन्छ, “हामीले विगतमा राहतमा धेरै खर्च गर्नुपर्ने समस्या थियो । समुदायमा क्षमता विकास तालिम, उद्धारका लागि जनशक्ति र आवश्यक सामग्री जुटाएपछि खर्च पनि न्यून हुँदै गएको छ ।”पालिकाले पूर्वतयारी र पूर्वअभ्यासमा लगानी बढाएपछि बाढीजन्य विपद्का कारण हुने धनजनको क्षति कम हुँदै गएको छ ।दुर्गा देवकोटा/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९