मोरङ, १७ कात्तिक । माेरङ विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाका सुनका तयारी गरगहना १५३ ग्राम ८ मिलिग्राम, चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम ५ मिलिग्रामसहित पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय मोरङ बिराटनगरबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले उक्त ज्वेलर्समा बिल बिनाको सुनचाँदीको तयारी गहना फेला पारी उनलाई पक्राउ गरेको हो ।उनलाई बरामद गहनासहित भन्सार कार्यालय रानी लगि आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।























































































































































